धिराज आर. सी./चैत ७, जाजरकोट । अमर टमटा अहिले १७ वर्षका छन, उनि बोल्न, सुन्न र हिडँडुल गर्न सक्दैनन् । त्यसैले जन्मेदेखि नै उनी ओछयानमा  छन् । उनका ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धिराज आर. सी./चैत ७, जाजरकोट । अमर टमटा अहिले १७ वर्षका छन, उनि बोल्न, सुन्न र हिडँडुल गर्न सक्दैनन् । त्यसैले जन्मेदेखि नै उनी ओछयानमा  छन् । उनका ला"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँच्नका लागि ओछानमा संघर्ष गर्दै अमर, आर्थिक अभावले उपचारमा समस्या

२०७३, ७ चैत्र सोमबार १२:२४


धिराज आर. सी./चैत ७, जाजरकोट । अमर टमटा अहिले १७ वर्षका छन, उनि बोल्न, सुन्न र हिडँडुल गर्न सक्दैनन् । त्यसैले जन्मेदेखि नै उनी ओछयानमा  छन् । उनका लागि एक जना दैनिक हेरालो बस्नुपर्ने बाध्यता परिवारको छ । जाजरकोट ढिमेको घरङगाका अमर बहादुर टमटा जन्मेदेखि नै यस्तै जीवन बाँचिरहेका छन् । 

अमरलाई खाना र दिसा पिसा समेत गराउनुपर्ने भएकाले परिवारमा समस्या छ । आमाको मृत्युपछि समस्या अझै बढेको छ । सानै उमेरमा अमरमा समस्या देखिएको थियो। तर उनलाई उपचारका लागि अस्पताल लगिएन । आर्थिकरुपमा विपन्न उनको परिवारले धामी र झाँक्री बोलायो तर धामी र झाँक्रीले दिएको मन्त्रले काम गरेन । 


अमरको हेरचाह गर्दागर्दै आमा बितिन् । आमाको मृत्युपछि परिवारमा समस्या थपिएको बाबु जने  टमटा बताए । श्रीमतीको मृत्युपछि छोराको हेरचाह गर्नुपर्ने भएकोले उनी नियमित काममा जान पाएका छैनन् । उनलाई छोराको उपचार गराउने इच्छा छ, तर पैसा छैन् । उनि यस गाउका एक सुकम्बासी हुन् । 

छोराको उपचारमा सहयोग पाउने आशामा गाविसदेखि सदरमुकामसम्म धाए । तर रित्तै हात फर्कनुपरेको बाध्यता सुनाउछन,‘कतैबाट सहयोग हुन्छ कि भनेर धेरै ठाउँ धाएँ,  तर उपचार लागि अहिलेसम्म कसैले सहयोग गरेको छैन । 


जनेका ४ छोरा र ५ छोरी छन् । जेठी छोरीको विवाह भइसकेको छ । जेठो छेरा भारत गएको छ फर्किएको छैन । उनको बसोबासका लागि गाउँलेहरुले सार्वजनिक जग्गामा खरले छाएको सानो टहरा बनाइदिएको स्थानीय धन बहादुर सिंहले बताए । 

‘उसको परिवार ठुलो भएको र काम गरि खाने अवस्थाका कोही नहुँदा गाँउको सामुदायिक वनको हेरालु बनाएदिएका छौ । गाँउका १३८ घरधुरीले धान मकै गहुँ, जौ उठाएर दिने गरेको धन बहादुर सिंहको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा