धिराज आर. सी./चैत ७, जाजरकोट । अमर टमटा अहिले १७ वर्षका छन, उनि बोल्न, सुन्न र हिडँडुल गर्न सक्दैनन् । त्यसैले जन्मेदेखि नै उनी ओछयानमा  छन् । उनका ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धिराज आर. सी./चैत ७, जाजरकोट । अमर टमटा अहिले १७ वर्षका छन, उनि बोल्न, सुन्न र हिडँडुल गर्न सक्दैनन् । त्यसैले जन्मेदेखि नै उनी ओछयानमा  छन् । उनका ला"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँच्नका लागि ओछानमा संघर्ष गर्दै अमर, आर्थिक अभावले उपचारमा समस्या

७ चैत्र २०७३, सोमबार १२:२४


धिराज आर. सी./चैत ७, जाजरकोट । अमर टमटा अहिले १७ वर्षका छन, उनि बोल्न, सुन्न र हिडँडुल गर्न सक्दैनन् । त्यसैले जन्मेदेखि नै उनी ओछयानमा  छन् । उनका लागि एक जना दैनिक हेरालो बस्नुपर्ने बाध्यता परिवारको छ । जाजरकोट ढिमेको घरङगाका अमर बहादुर टमटा जन्मेदेखि नै यस्तै जीवन बाँचिरहेका छन् । 

अमरलाई खाना र दिसा पिसा समेत गराउनुपर्ने भएकाले परिवारमा समस्या छ । आमाको मृत्युपछि समस्या अझै बढेको छ । सानै उमेरमा अमरमा समस्या देखिएको थियो। तर उनलाई उपचारका लागि अस्पताल लगिएन । आर्थिकरुपमा विपन्न उनको परिवारले धामी र झाँक्री बोलायो तर धामी र झाँक्रीले दिएको मन्त्रले काम गरेन । 


अमरको हेरचाह गर्दागर्दै आमा बितिन् । आमाको मृत्युपछि परिवारमा समस्या थपिएको बाबु जने  टमटा बताए । श्रीमतीको मृत्युपछि छोराको हेरचाह गर्नुपर्ने भएकोले उनी नियमित काममा जान पाएका छैनन् । उनलाई छोराको उपचार गराउने इच्छा छ, तर पैसा छैन् । उनि यस गाउका एक सुकम्बासी हुन् । 

छोराको उपचारमा सहयोग पाउने आशामा गाविसदेखि सदरमुकामसम्म धाए । तर रित्तै हात फर्कनुपरेको बाध्यता सुनाउछन,‘कतैबाट सहयोग हुन्छ कि भनेर धेरै ठाउँ धाएँ,  तर उपचार लागि अहिलेसम्म कसैले सहयोग गरेको छैन । 


जनेका ४ छोरा र ५ छोरी छन् । जेठी छोरीको विवाह भइसकेको छ । जेठो छेरा भारत गएको छ फर्किएको छैन । उनको बसोबासका लागि गाउँलेहरुले सार्वजनिक जग्गामा खरले छाएको सानो टहरा बनाइदिएको स्थानीय धन बहादुर सिंहले बताए । 

‘उसको परिवार ठुलो भएको र काम गरि खाने अवस्थाका कोही नहुँदा गाँउको सामुदायिक वनको हेरालु बनाएदिएका छौ । गाँउका १३८ घरधुरीले धान मकै गहुँ, जौ उठाएर दिने गरेको धन बहादुर सिंहको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…