चैत २६, सल्यान । कैदीबन्दीले जिल्ला कारागारभित्रै विभिन्न उद्यम गरी मासिक रु २५ हजार बढी आम्दानी गर्न थालेका छन् । 

कैदीबन्दीले मुढा, टोकरी आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २६, सल्यान । कैदीबन्दीले जिल्ला कारागारभित्रै विभिन्न उद्यम गरी मासिक रु २५ हजार बढी आम्दानी गर्न थालेका छन् । 

कैदीबन्दीले मुढा, टोकरी आ"/>

2026-09-08 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

सल्यान कारागारका कैदीबन्दीले मासिक २५ हजार यसरि कमाउछन


चैत २६, सल्यान । कैदीबन्दीले जिल्ला कारागारभित्रै विभिन्न उद्यम गरी मासिक रु २५ हजार बढी आम्दानी गर्न थालेका छन् । 

कैदीबन्दीले मुढा, टोकरी आदि बाँसजन्य सामग्री उत्पादन गरिरहेका छन् । कैदीबन्दीले दिनभरि बाँसबाट बन्ने मुढा, टोकरी, डालो, ढाँकाको टोपीलगायत सामग्री तयार गर्ने गरेको जिल्ला कारागार सल्यानका प्रमुख विक्रम केसीले बताउनुभयो । कैदीले मासिक रु २५ हजारभन्दा बढी उनीहरुले उत्पादन गरेका वस्तु बिक्री गरेर नै कमाउने गरेका छन् । 

सामग्री उत्पादन गर्नका लागि आवश्यक पर्ने बाँसलगायत कच्चा पदार्थ जिल्ला कारागार सल्यानको पहलमा ल्याउने गरिएको छ । “कारागाभित्र दिनभर यसै बस्नुभन्दा उत्पादनका काम गरे उनीहरुलाई पनि फाइदा हन्छ जेलजीवन सकिएपछि पनि व्यवसाय सञ्चालन गर्न सक्छन्”, केसीले भन्नुभयो । 

कारागारमा धेरै कैदी रहेको र आफूले जानेको सीप नयाँ आएका कैदीलाई पनि सिकाउने गरेको २४ वर्षीय कैदी महेन्द्र थापाले भने । आफूहरुले कमाएको पैसाले आफूहरुलाई चाहिने खर्च टार्ने गरेको र कतिपयले घरमा समेत पठाउने गरेका छन् । कैदी थापाले आफूहरुलाई कसैले अझ यसबारेमा तालिम लिने हो भने धेरै कमाउन सक्ने जिकिर गरेका छन् । 

कैदीले उत्पादन गरेका वस्तुको बजारको समस्या भने नरहेको केसीले बताउनुभयो । कैदीका उत्पादन खलङ्गा, श्रीनगरलगायत बजारमा जाने गरेको र कतिपयले कारागारमै पुगेर किनेर लैजाने गरेका छन् । हाल जिल्ला कारागार सल्यानमा ६५ कैदी र २२ बन्दी छन् । 

यसैबीच जिल्ला कारागारका कैदीले जिल्ला कारागारमा पुस्तकालयको स्थापना गरिदिन विभिन्न निकायलाई आग्रह गरेका छन् । कारागारभित्र आफूहरुलाई दिन काट्नै मुस्किल हुने हुँदा कसैले पुस्तक कारागारमा उपलब्ध गराएमा आफूहरुलाई सजिलो हुने कैदीले बताएका छन् । केसीले कारागारमा पुस्तकालय स्थापनाका लागि पहल गरिदिन सबैमा आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल