मकरराज धामी/असार ५, बझाङ । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण खप्तड क्षेत्र जहाँ पुगेपछि नौलो संसारमा पुगेको महसुस हुन्छ । 

सायद त्यसैले होला खप्तड "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मकरराज धामी/असार ५, बझाङ । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण खप्तड क्षेत्र जहाँ पुगेपछि नौलो संसारमा पुगेको महसुस हुन्छ । 

सायद त्यसैले होला खप्तड "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिव्वतको मानासरोवर र भारतको बद्रि केदार भन्दा कम छैन खप्तड

५ असार २०७४, सोमबार १०:५४


मकरराज धामी/असार ५, बझाङ । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण खप्तड क्षेत्र जहाँ पुगेपछि नौलो संसारमा पुगेको महसुस हुन्छ । 

सायद त्यसैले होला खप्तड क्षेत्रलाई अर्को स्वर्गको नाम दिइएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सिमानामा रहेको खप्तडमा २२ वटा पाटन रहेका छन् । बझाङको तमैल र डोटीको झिंग्रान भन्ने ठाँउ बाट खप्तड जान सकिन्छ । चार पाँच घण्टाको उकालो पैदल यात्रा बाट थकान महसुस भए पनि सुन्दर पाटनमा पुग्ने वित्तिकै चारैतिरको मनमोहक सुन्दरताले थकान मेटिन्छ । 

समुन्द्र सतहदेखि ३ हजार २ सय मिटर उचाईमा रहेको यो क्षेत्रमा खप्तड पाटन, त्रिवेणी, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, सहस्श्रलिंग र चैत बैशाखमा फुल्ने लालीगुराँस यस क्षेत्रका मुख्य आकर्षणका रुपमा रहेका छन् । खप्तडको सबै भन्दा आकर्षक पक्ष हो धार्मीक तथा ऐतिहासिक गंगा दशहरा मेला । 

यो मेला हरेक वर्ष जेष्ठ शुक्ल नवमीका दिन लाग्ने गर्छ । 


पुराणमा  उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोवन भूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो । त्रिवेणी, सहस्र लिङ्ग, खापरदह, खडुली, दुदुली लगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाइन्छ भन्ने धामिर्क विश्वास समेत रहेको छ । 

प्रदेश नं ७ का ९ वटै जिल्ला सहित देशभरका विभिन्न जिल्लाहरु र भारतको उत्तरखण्डबाट पनि यो मेला हेर्नेहरुको घुईचो लाग्ने गर्दछ । झण्डै ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, भक्तजन तथा पर्यटकहरुका लागी पनि उपयुक्त गन्तव्य बन्दै गएको छ । धार्मीक तथा पर्यटकियस्थलका रुपमा  प्रशिद्ध स्थल खप्तड बैशाख देखि मंसिर सम्म घुम्नका लागी उपयुक्त समय मानिन्छ ।  

पहाडको चुच्चोमा अग्ला अग्ला लेकाली सल्लाका रूख त्यसको फेदीमा सुन्दर हराभरा ठुला ठुला पाटन, मैदानमा छाडिएका घोडाहरू र चौरमा फुलेका रंगीबिरंगी ेफूलहरुले पर्यटकहरुको मनलाई लोभ्याउने गर्छ । खप्तड साँच्चैनै स्वर्ग रहेछ खप्तड बाट फर्कदै गरेको १० जनाको टोली भेटीयो ।

बाटोमा भेटिएका चितवन खैरेनिका यज्ञराज डल्लाकोटीले भने आफुले कितावमा पढेको खप्तड भन्दा भ्रमण गरेको खप्तड ले मलाई स्वर्ग पुगेझै अनुभव भयो । नजिकको तिर्थ हेला हुन्छ भन्थे हो रैछ धर्मकर्म गर्न लाखौँ खर्चेर देशविदेश पुग्ने तर आफ्नै ठाँउमा त्यो भन्दा स्वर्ग ठाँउमा नजाने कहाँ सम्मका रहेछौँ । देश तथा विदेशका विभिन्न धार्मीक तथा पर्यटकिय स्थलको भ्रमण गरि सकेको बताउने डल्लाकोटी खप्तड क्षेत्र भारतको बद्रि केदार र तिव्वतको मानासरोवर भन्दा कम नभएको बताउछन् । 

कसरी पुग्न सकिन्छ खप्तड ?


खप्तड भ्रमणका लागी सबै भन्दा छोटो बाटो बझाङको खप्तड छान्ना गाँउपालिकाको दारुगाँऊ भएर जाने बाटो हो । धनगढी बाट बझाङको तमैल सम्म ९÷१० घण्टा बसको यात्रा गर्नु पर्छ । तमैल बाट खप्तडछान्ना गाँउपालिकाको दारुगाँऊ सम्म साना सवारी साधन जीप पाइन्छ, ।

जिपमा १ घण्टाको यात्रा पछि दारुगाँऊ पुगिन्छ । बसोबासका क्रममा यस क्षेत्रका बासिन्दाहरुले पाहुनालाई गर्ने सत्कारले झनै लोभ्याउने गर्दछ । दारुगाँउबाट ३ घण्टाको उकालो काटे पछि (खप्तड बेस क्याम्प) लोखाडा पुगिन्छ । बेस क्याम्प बाट डेढ घण्टाको उकालो पैदल यात्रा पछि खप्तड पुगिन्छ । 

बर्षेनि बढदै छन आन्तरिक पर्यटकहरु ।


खप्तड छान्ना गाँउपालिकाको दारु गाऊ सम्म सडक संजाल जोडिए पछि बझाङको बाटो भएर खप्तड जानेको संख्या बढदै गएको छ । दारुगाँउ सम्म गाडि पुगे पछि यसै बाटो भएर खप्तड भम्रणमा जानेको संख्या बर्षेनि बढदै गएको खप्तड छान्ना गाउपालिकाका कलक खत्रिले बताउनु भयो ।

पहिले गाउ सुनसान हुन्थ्यो अहिले गाँउमा साना सवारी जिप चल्न थाले पछि खप्तड जानेको लर्को लाग्ने गरेको उनको भनाई छ । पहिले पहिले गंगादशहरा मेलामा मात्र मानिसहरु आउने गरेका थिय तर पोहोर साल देखि नयाँ बर्ष दशै र अन्य बेला पनि देशका विभिन्न ठाँउ बाट मानिसहरु आउने गरेको उनको भनाइृ छ ।

पहिले दशहराजातका बेला मात्र कमाई हुन्थ्यो छुटफुट रुपमा गोठालाहरु हुन्थ्थे पोहोर सालको नयाँ बर्ष देखि खप्तड आउनेको संख्यामा बृद्धि भएको ८ बर्ष देखि खप्तडमा होटल व्यवसायि गर्दै आउनु भएका बाजुराका लोकबहादुर रावलले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली