साउन ५, काठमाडौँ । भारत र चीनबीच बढ्दो तनावबीच कैयौँ यस्ता प्रश्न छन्, जसले भारतलाई चिन्तित बनाइरहेका छन् । चीनको सामना गर्न भारतको तयारी कस्तो छ ? यसैबीच ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ५, काठमाडौँ । भारत र चीनबीच बढ्दो तनावबीच कैयौँ यस्ता प्रश्न छन्, जसले भारतलाई चिन्तित बनाइरहेका छन् । चीनको सामना गर्न भारतको तयारी कस्तो छ ? यसैबीच ल"/>

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत–चीनबीच भिडन्त भए नतिजा कति खतरनाक ? यस्तो छ बिबिसीको टिप्पणी

२०७४, ५ श्रावण बिहीबार ०२:५२


साउन ५, काठमाडौँ । भारत र चीनबीच बढ्दो तनावबीच कैयौँ यस्ता प्रश्न छन्, जसले भारतलाई चिन्तित बनाइरहेका छन् । चीनको सामना गर्न भारतको तयारी कस्तो छ ? यसैबीच लोकसभामा मुलायमसिंहले भने कि चीनले भारतमाथि आक्रमणको तयारी गरेको छ । बिबिसी हिन्दीको समाचार टिप्पणी आजको नयाँ पत्रिकामा छ ।

यदि चीन र भारतबीच युद्ध भयो भने अमेरिका र जापानले कुन हदसम्म भारतलाई सहयोग गर्लान् ? यदि अमेरिकाले भारतको साथ दियो भने के दुवै देशबीच युद्धको सम्भावित परिणाम केही भिन्न होला ? यी सम्पूर्ण प्रश्नमाथि भारतले होइन, अपितु चिनियाँ मिडियामा पर्याप्त बहस चलिरहेको छ । साउथ चाइना मर्निङ पोस्टले लेखेको छ कि भारतले यथार्थ स्विकारोस् ।

चीनको चौतर्फी विस्तार भइरहेको छ । यस विस्तारलाई कैयौँ मोर्चामा चीनले सार्थक पनि साबित गरिसकेको छ । चीन आफ्नो विस्तार रोड, रेल, आर्थिक शक्ति तथा प्रविधि विकासको माध्यमबाट गरिरहेको छ । यसका साथै भारतीय उपमहाद्वीपमा चीन निकै ठूलो र शक्तिशाली नौसैनिक शक्तिका रूपमा अघि आएको छ ।

साउथ चाइना मर्निङ पोस्टले लेखेको छ— यसबाट युरेसियाको भूराजनीतिक अवस्थामा परिवर्तनको प्रस्ट महसुस गर्न सकिन्छ । ट्रम्पको आगमनपछि पनि अमेरिका एक चीन नीतिविरुद्ध जाने स्थितिमा छैन । उसले अगाडि लेखेको छ— २००८ पछि हिन्द महासागरमा चिनियाँ नौसैनिकको प्रभाव लगातार बढिरहेको छ । हिन्द महासागरमा पिपल्स लिबरेसन आर्मीको उपस्थिति बढेको छ । भूगोलको राजनीतिक महत्व जहिल्यै प्राविधिक शक्तिका आधारमा निर्धारित हुन्छ । रेल र राजमार्गको माध्यमबाट संसारको दूरी निकै कम भएको छ । सम्पर्कका यी साधनको माध्यमबाट पूर्वी एसिया र दक्षिण एसियाको दूरी कम गर्ने कोसिस भइरहेको छ । र, यो काम केवल चीनले गरिरहेको छ ।

रिपोर्टमा अगाडि भनिएको छ— एक समय यस्तो पनि थियो, जतिखेर शक्ति रोम, बर्लिन, मस्को तथा सिकागोमा मात्र केन्द्रित थियो । अब आजको मितिमा चीन रेल लाइन र प्रविधिको माध्यमबाट आफ्नो पाइला फैलाइरहेको छ । चीनको तीव्र गतिको रेल र राजमार्गलाई अ‍ेमेरिकी ट्रंक रुटको तुलनामा निकै विशाल मानिँदै छ । यस्तो आशा गरिँदै छ कि छिटै मानिस र सामानको आवतजावत म्यानमार हुँदै बंगालको खाडीसम्म र पाकिस्तानको कराँचीबाट ग्रिस तथा टर्कीको इस्तानबुलसम्म सुरु हुनेछ ।

एससिएमपीले लेखेको छ— तिब्बतमा पहिलोपटक सुरु भएको रेल सेवा चीनको उत्तर–पूर्वी सिनिङदेखि ल्हासाका लागि २००६ मा खुला गरिएको छ । छिटै यो रेल सेवालाई काठमाडौंसित जोड्ने योजना छ । यदि भारत तयार भयो भने यस लाइनलाई उत्तर भारतसम्म पनि ल्याइनेछ । बताइँदै छ कि बंगलादेशमा ढाका, इरानमा बन्दर अब्बास र पूर्वोत्तर भारत पनि छिटै यस आधुनिक रेल र रोड सेवामा सामेल हुनेछन् ।

चीनको म्यारिटाइम सिल्क रोड परियोजनाबाट सामुद्रिक व्यापारमा क्रान्तिकारी परिवर्तन आउनेवाला छ । यद्यपि यसको सुरुवात १९६० को दशकमा भएको थियो । अब यसमा चिनियाँ कम्पनी नयाँ बन्दरगाह निर्माण गरिरहेका छन् । सिल्क रोडमा नयाँ परियोजना र राजमार्ग सामेल छन् । व्यापार, लगानी, उद्योग र अन्य कैयौँ सेवा नयाँ रेल, रोड तथा बन्दरगाहसँगै आउनेछन् । यसबाट दक्षिण एसिया तथा हिन्द महासागरमा चीनको आर्थिक शक्ति प्रस्ट देखिनेछ ।

एससिएमपीले अगाडि लेखेको छ— चीन कैयाैँ नयाँ परियोजनाका माध्यमबाट आफ्नो विस्तार गरिरहेको छ । चाइना–हिन्द महासागर–आफ्रिका–भूमध्यसागर ब्लु इकोनोमिक करिडोर पनि पार गरिरहेको छ । 

यसबाट चाइना–इन्डोचाइना प्रायद्वीपलाई आर्थिक करिडोरसित जोड्न तयारी भइरहेको छ । यो पश्चिमदेखि दक्षिण चीन सागर हुँदै हिन्द महासागरतिर बढिरहेको छ । अगाडि गएर यसलाई चीन–पाकिस्तान करिडोर तथा बंगलादेश–चीन–भारत–मान्मार इकोनोमिक करिडोरसित जोड्ने योजना छ । अर्को शब्दमा भन्न सकिन्छ कि स्वेज तथा मलक्काबाट अरबको खाडी तथा इस्ट कोस्ट अफ अफ्रिका एक हुनेछन् ।

रिपोर्टका अनुसार चीनको नजर यहीँसम्म सीमित छैन । मलक्का, ग्वादर, क्याउकप्यु, कोलम्बो तथा श्रीलंकामा हमम्बान्तोतालाई पनि अंकित गरिएको छ । यसका अतिरिक्त इथियोपियाका साथै जिबुटी तथा मोम्बास्का हुँदै नैरोबीलाई जोड्ने तयारी छ । 

हिन्द महासागरमा वान बेल्ट वान रोडलाई लिएर चिनियाँ नौसैनिकको उपस्थिति बढिरहेको छ । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार हिन्द महासागरमा १९८५ मा पहिलोपटक चिनियाँ युद्धपोतहरूले यस क्षेत्रको ढोका ढकढकाएका थिए । यसपछि चिनियाँ नौसैनिकको गतिविधि बढ्दै गएको छ । रिपोर्टअनुसार चीनको चौतर्फी विस्तारबाट भारत आफू चारैतिरबाट घेरिँदै गएको महसुस गरिरहेको छ । भारतले यसलाई आफ्नो प्राचीन सभ्यताको प्रभावमाथि चीनको अतिक्रमणका रूपमा हेरिरहेको छ ।


सन् १९४७ मा स्वतन्त्रतापछि भारत रणनीतिक रूपले रुसको निकट रह्यो । यद्यपि २१औँ शताब्दीमा भारत अमेरिकाको निकट आयो । तर, चीनसँग भने उसको निकटता कहिल्यै रहेन । चीन र पाकिस्तानबीचको सामरिक सहयोग कसैबाट लुकेको छैन । चीन–पाकिस्तान आर्थिक करिडोरबाट पाकिस्तान आफ्नो अर्थ व्यवस्थालाई आमूल परिवर्तन गर्न चाहन्छ । 

प्रस्ट छ, सिपिइसी चीन तथा पाकिस्तानको महत्वाकांक्षी परियोजना हो । चीनले अरुणाचल प्रदेशलाई तिब्बतको हिस्सा बताउँदै आएको छ । यसका साथै, चीनले भुटानमा भारतको हस्तक्षेपको आरोप लगाउने गरेको छ । नेपाल र चीनबीच बढ्दो सम्बन्धका कारण पनि भारतको चिन्ता बढेको छ । एक रिपोर्टमा लेखिएको छ– चीनको बढ्दो प्रभावबीच भारतको जापान र अमेरिकासितको सम्बन्ध थप सुमधुर बनिरहेको छ ।

साउथ चाइना मर्निङ पोस्टले लेखेको छ– भारत अहिले कमजोर स्थितिमा छ । जापानजस्तो भारत अमेरिकाबाट संरक्षित छैन । भारतले सामरिक स्वायत्ततामाथि जोड दिइरहेको छ । र, यो पनि साँचो हो कि ऊ अमेरिकाबाट संरक्षित हुन चाहँदैन । यो प्रस्ट छ कि यदि चीन र भारतबीच युद्ध भयो भने यसको अर्थ यो अमेरिकासितको युद्ध हुनेछैन । किनकि, भारत जापान होइन । 

यस रिपोर्टअनुसार भारतविरुद्ध चिनियाँ कारबाहीमा अमेरिका सायद आपत्ति जनाउन सक्छ । तर, मौलिक रूपमा यसको नतिजा बदल्नेछैन । भारतीय सेनाको आधुनिकीकरणको गति निकै सुस्त छ । सैन्य शक्तिको मामिलामा चीन भारतको तुलनामा निकै अघि छ । भारत आफ्नो सैनिकको आधुनिकीकरण अमेरिका तथा जापानको सहयोगबाट गरिरहेको छ । यस्तोमा चीन आफ्नो श्रेष्ठता कम हुनुभन्दा पहिल्यै भारतलाई पाठ सिकाउन चाहन्छ भन्ने पनि अनुमान गरिँदै छ ।

ग्लोबल टाइम्सले लेखेको छ– भारतले यसपटक चिनियाँ सम्प्रभुताको जोडदार उल्लंघन गरेको छ । चीनलाई यस मामिलामा पूर्णतः तयार रहनु आवश्यक छ । नयाँदिल्ली चीनको बढ्दो प्रगतिबाट चिन्तित छ । सिमानामा भारतको उक्साहटपूर्ण कदमबाटै प्रस्ट छ कि ऊ चीनको ध्यान विकासबाट कहीँ अन्यत्रै भड्काउन चाहन्छ । 

-बिबिसी हिन्दी डट कमबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा