ललित बोहरा/भदौ ५, डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको क्यामब्रिज पब्लिक स्कुलको बस ठिक दिउँसो ४ बजे अमरगढी किल्ला निर रोकिएको हुन्छ र घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/भदौ ५, डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको क्यामब्रिज पब्लिक स्कुलको बस ठिक दिउँसो ४ बजे अमरगढी किल्ला निर रोकिएको हुन्छ र घ"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

क्यामब्रिज पब्लिक स्कुल: ३२ सिटको स्कुल बसमा ७० भन्दा बढी विद्यार्थी

२०७४, ५ भाद्र सोमबार ०६:४७


ललित बोहरा/भदौ ५, डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको क्यामब्रिज पब्लिक स्कुलको बस ठिक दिउँसो ४ बजे अमरगढी किल्ला निर रोकिएको हुन्छ र घन्टी बजेपछि विद्यार्थीहरुको हुल बसतिर दौडिन्छन् ।

 स–साना विद्यार्थी पहिला चढ्छन, ठूला कक्षाका विद्यार्थी पालो पर्खिन्छन् । दुईजनाको सिटमा ४ जनासम्म साना विद्यार्थी बस्छन् । ठूला विद्यार्थी कोचिँएर ढोकैसम्म आइपुग्छन् । संगै बसेका शिक्षक अलि मिलेर पछाडी बस् भन्दै हप्काउने गरेको बिद्यार्थिले गुनासो गरेका छन् ।

 क्यामब्रिज पब्लिक स्कुलका विद्यार्थी यसरी नै विद्यालय आवतजावत गर्छन् । साना विद्यार्थी कोचिएर बस्न बाध्य छन् । क्यमब्रिज पब्लिकले दुईसिटमा चार–पाँच जनासम्म विद्यार्थीहरु राख्ने गरेको छ । कुल ३२ सिट भएको उक्त बसका ७० जना भन्दा बढी विद्यार्थी कोचिएर घर सम्म पुग्ने गरेका छन् ।

 त्यसरी साना बालबालिकालाई कोचाएर राख्नाले आफ्ना बच्चाहरु माथि शारिरिक रुपमा असर पर्न सक्ने अभिभावकहरुले बताउनु भएको छ । तर विद्यालयका प्रिन्सीपल मोहन श्रेष्ठलाई त्यस बारे सोध्दा आफू त्यस बारे अनविज्ञ रहेको बताउनु भयो । विद्यार्थीहरु आफै बस्ने गरेको हुन सक्ने उहाले बताउनु भयो ।

 जिल्ला शिक्षा कार्यालय भएर गुड्ने उक्त स्कुल बसलाई देख्दा देख्दै पनि कार्यालय मौन रहेको छ । यसरी कोचिएर बस्दा बालबालिकाहरुलाई चोटपटक लाग्ने सम्भावना रहेकोले बरु दुई ‘ट्रिप’ गर्नु पर्ने आवश्यक रहेको विद्यार्थीका अभिभावकले बताउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला