ललित बोहरा/भदौ ५, डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको क्यामब्रिज पब्लिक स्कुलको बस ठिक दिउँसो ४ बजे अमरगढी किल्ला निर रोकिएको हुन्छ र घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/भदौ ५, डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको क्यामब्रिज पब्लिक स्कुलको बस ठिक दिउँसो ४ बजे अमरगढी किल्ला निर रोकिएको हुन्छ र घ"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

क्यामब्रिज पब्लिक स्कुल: ३२ सिटको स्कुल बसमा ७० भन्दा बढी विद्यार्थी

५ भाद्र २०७४, सोमबार ०६:४७


ललित बोहरा/भदौ ५, डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको क्यामब्रिज पब्लिक स्कुलको बस ठिक दिउँसो ४ बजे अमरगढी किल्ला निर रोकिएको हुन्छ र घन्टी बजेपछि विद्यार्थीहरुको हुल बसतिर दौडिन्छन् ।

 स–साना विद्यार्थी पहिला चढ्छन, ठूला कक्षाका विद्यार्थी पालो पर्खिन्छन् । दुईजनाको सिटमा ४ जनासम्म साना विद्यार्थी बस्छन् । ठूला विद्यार्थी कोचिँएर ढोकैसम्म आइपुग्छन् । संगै बसेका शिक्षक अलि मिलेर पछाडी बस् भन्दै हप्काउने गरेको बिद्यार्थिले गुनासो गरेका छन् ।

 क्यामब्रिज पब्लिक स्कुलका विद्यार्थी यसरी नै विद्यालय आवतजावत गर्छन् । साना विद्यार्थी कोचिएर बस्न बाध्य छन् । क्यमब्रिज पब्लिकले दुईसिटमा चार–पाँच जनासम्म विद्यार्थीहरु राख्ने गरेको छ । कुल ३२ सिट भएको उक्त बसका ७० जना भन्दा बढी विद्यार्थी कोचिएर घर सम्म पुग्ने गरेका छन् ।

 त्यसरी साना बालबालिकालाई कोचाएर राख्नाले आफ्ना बच्चाहरु माथि शारिरिक रुपमा असर पर्न सक्ने अभिभावकहरुले बताउनु भएको छ । तर विद्यालयका प्रिन्सीपल मोहन श्रेष्ठलाई त्यस बारे सोध्दा आफू त्यस बारे अनविज्ञ रहेको बताउनु भयो । विद्यार्थीहरु आफै बस्ने गरेको हुन सक्ने उहाले बताउनु भयो ।

 जिल्ला शिक्षा कार्यालय भएर गुड्ने उक्त स्कुल बसलाई देख्दा देख्दै पनि कार्यालय मौन रहेको छ । यसरी कोचिएर बस्दा बालबालिकाहरुलाई चोटपटक लाग्ने सम्भावना रहेकोले बरु दुई ‘ट्रिप’ गर्नु पर्ने आवश्यक रहेको विद्यार्थीका अभिभावकले बताउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु