लोकेन्द्र प्रशाद जोशी/भदौ १०, दार्चुला । सुदूरपश्चिमको महान चाड गौरा विधिवत रुपमा सनिबारबाट सुरु भएको छ । 

भाद्र कृष्ण पञ्चमीदेखी आरम्भ हुने गौरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/भदौ १०, दार्चुला । सुदूरपश्चिमको महान चाड गौरा विधिवत रुपमा सनिबारबाट सुरु भएको छ । 

भाद्र कृष्ण पञ्चमीदेखी आरम्भ हुने गौरा"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला लगायत सुदुरपश्चिमका जिल्लामा गौरा पर्बको माहोल, शनिबार घरघरमा पञ्चबिरोडी राखीयो

१० भाद्र २०७४, शनिबार १२:२०


लोकेन्द्र प्रशाद जोशी/भदौ १०, दार्चुला । सुदूरपश्चिमको महान चाड गौरा विधिवत रुपमा सनिबारबाट सुरु भएको छ । 

भाद्र कृष्ण पञ्चमीदेखी आरम्भ हुने गौरा पर्वको पहिलो दिन महिला हरुले घर–घरमा तामाका भाडामा विरुडा (पञ्चअन्न) भिजाएर पर्वको थालनी गरेका छन् ।

भाद्र पञ्चमीका दिन महिलाहरुले व्रत वसी गहु, केराऊ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा पञ्चअन्नलाई धोएर भिजाउने गर्दछन । यिनै पांचअन्नको मिश्रणलाई विरुडा भन्ने गरिन्छ भने यस दिनलाई विरुडा पञ्चमीका नामले चिन्ने गरिन्छ । 

आज दार्चुला जिल्लामापनि घरघरमा बिरोडा तामाको भाडामा भिजाएर  राखीएको छ । शनीबार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन रही आएको छ । धोएको बिरोडाले सप्तमि र अष्टमीका दिन गौरालाइ पुज्ने गरीन्छ । 

सप्तमिको दिन भित्र गौरा भनिन्छ, अर्थात सानो गौरा महिलाहरुले गौरा तयार गर्ने साथै रातभरी गौरालाइ पहरा दिने पुज्ने बत्ती बाल्ने र अष्टमी पर्बको बिहानै नुहाइ धुवाइ गौरालाइ मन्दीर लैजानुपुर्ब पुजा गर्ने गरीन्छ । महिलाहरुले गौरा पुजनपछि नचाउँने झाक्रिहरु काम्ने र गौरा खेलाउँदै मन्दीर पुगाइन्छ । आजकै दिनबाट गाउँघरमा गौराको माहोल सुरु भएको लेकम गाउँपालीका ५ का हरुली जोशीले बताउँनुभयो ।

सप्तमीका दिन गौरा देवीलाई नजिकैका मठमन्दिरमा भित्र्याएर पुजा अर्चना गरी विवाहित महिलाहरुले दुव धागो चढाउने गर्दछन भने अठवाली अर्थात गौराअष्टमीका दिन निराहार व्रत वसेर गौरापर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पुजा अर्चना गर्दछन । यसरी चढाएको धागोलाइ दुबधागो र सप्तमी भनीन्छ । गौरा पर्वको प्रमुख आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ ।

त्यतिमात्रै नभएर सामाजिक कुरीति, विकृति–विसंगती विरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाहरुले यस अवसरमा आ–आफ्ना सुख दुःख देउडाका माध्यमवाट व्यक्त गर्दछन ।

गौरा विसर्जन नगरिएसम्म गोरा घर, विभिन्न चौतारा तथा सार्वजनिक स्थलहरुमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलवद्ध भई स्थानीय लोक भाकामा देउडा, चैतली, धुमरी, ढुस्कोलगायतका भाकामा देउडा खेल खेलेर मनोरञ्जन गर्ने गर्दछन । गौरा पर्वमा देउडा गीतका माध्यमवाट एक अर्कालाई दुख सुख बाड्नुका साथै सामाजिक सदभाव कायम गर्ने गरिन्छ ।

गौरापर्वमा काम विशेषले घर वाहिर गएकाहरुपनि घर फर्कने गर्दछन । हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन निराहार वर्त वसेको आधारमा गौरा पर्व मनाउने धार्मिक मान्यता रहंदै आएको छ । 

अनुकुल तिथि हेरी विसर्जन गरिने गौरा पर्वले समाजमा धार्मिक आस्था, आपसी सद्भाव वढाउन मद्धत पु¥याउने मात्र नभई यस पर्वमा व्रत वसि पुजा–अर्चना गर्नाले शुख शान्ती प्राप्त हुने, ईष्टकुल देवता प्रशन्न हुने जनविश्वास रही आएको छ ।

गौरा पर्व भाद्र पञ्चमीका दिन सुरु हुने भएपनि समापन भने फरक–फरक दिन गर्ने गरिन्छ । दार्चुला र बैतडि जिल्लामा भने एक हप्ताबढी समेत गौरापर्बको माहोल रहने गर्दछ । दार्चुलाको लेकम गाउँपालीकामा गौराको दिनपछि खेडि, धोडि, लमधोडिका नामले फरकफरक देबस्थान एब. मन्दीरहरुमा मेला लाग्ने गर्दछ ।

दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुरलगायतका सुदुरपश्चिमका जिल्लामा आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुरुप फरक–फरक दिन पारेर गौरा वर्प मनाईने र समापन गर्नै गरिन्छ । 

सुदुरपश्चिमको मौलिक धार्मिक संस्कृतिलाई समेट्ने गरी मनाईने गौरा पर्व सुदुरपश्चिम संगै भारतको कुमाउ गढ्वालमा समेत मनाउने गरिन्छ । यस्तै हिजोआज काठमान्डौ लगायत प्रदेश नम्बर ७ बाहिर समेत गौरापर्ब मनाउँने डेउँडा प्रतियोगिताको आयोजन गर्ने गरीन्छ ।

गौरा पर्वमा खेलिने देउडा प्रति पछिल्लो समय सवै समुदायको आर्कषण वढ्दै गएको पाईन्छ त्यसैले पनि मौलिक धार्मिक संस्कृतीको जगेर्ना गर्न यस्ता खाले परम्परागत पर्वहरुलाई नयां पुस्तामा हस्तान्तरण गर्नु जरुरी छ ।

दार्चुलाको बिभिन्न स्थानमा गौरापर्बकै अबसरमा बिभिन्न कार्यक्रम एब. प्रतियोगिताहरुको समेत आयोजना हुने गरेको छ । गौरापर्बमा दमाहा लगायत बाजागाजाहरुको समेत बिशेष महत्त रहेको छ । 

गौराकै लागी भनेर जिल्ला बाहिर र कामको सिलसिलामा भारत लगायत बिदेश गएकाहरु समेत घर फर्कीरहेका छन । सिमानाकाहरुमा चाडपर्बकैलागी घर फर्कीनेहरुको संख्यामा बृद्धि भएको छ । बजारमा समेत चहलपहल बढेको ब्यपारीहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला