ललित बोहरा/भदौ ११, डडेल्धुरा । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका स्थित ८ सय वर्ष पुरानो ईतिहासी  जयमेरुकोटका लागी त्यस क्षेत्रका जनप्रतिनीधी बरदान "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/भदौ ११, डडेल्धुरा । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका स्थित ८ सय वर्ष पुरानो ईतिहासी  जयमेरुकोटका लागी त्यस क्षेत्रका जनप्रतिनीधी बरदान "/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

आठ सय वर्ष पुरानो ईतिहास बोकेको अजयमेरुकोटका लागी जनप्रतिनीधी बरदान बन्दै (तस्बिरसहित )

२०७४, ११ भाद्र आईतवार ०९:५७


ललित बोहरा/भदौ ११, डडेल्धुरा । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका स्थित ८ सय वर्ष पुरानो ईतिहासी  जयमेरुकोटका लागी त्यस क्षेत्रका जनप्रतिनीधी बरदान नै हुने भएका छन् । 

अतिक्रमणको चपेटामा परेको अजमेरुकोट क्षेत्रमा देवल, दरवार रहेको क्षेत्रमा स्थानीय बासिन्दा खेतीगर्न थालेपछि ऐतिहासिक क्षेत्रका बिभीन्न संरचनाहरु हराउन थालेका छन् । 

कोटको देवल भएको क्षेत्रको जमिन अतिक्रमण गर्दा सो क्षेत्रमा अवलोकन गर्न आउने पर्यटकलाई शास्ती हुने गरेको छ । 

दरवार क्षेत्रको जमिन अतिक्रमणका कारण राजा नागी मल्लले डोटी राज्यको संचालनका लागि ८ सय वर्ष पहिले  निर्माण गरेको कोटको मर्मत सम्भार गर्नका लागि समेत समस्या सृजना भएको छ,  भने देवलमा रहेका वहुमुल्य ढुंगाको चोरी हुन थालेको छ । 


यसैगरी कोट क्षेत्रमा रहेका ऐतिहासिक नौँला समेत जिर्ण भईसकेका छन् । पछिल्लो समयमा कोट क्षेत्र अतिक्रमणको चपेटामा पर्दा सयौ वर्ष पुरानो ईतिहास मेटिने  अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ  ।  कोटमा रहेका वहुमुल्य  ढुंगा चोरेर स्थानिय बासिन्दा निजि घर निर्माणदेखि अन्य स्थानमा प्रयोजन गर्न थालेका छन् । यसैगरी अजयमेरुकोटमा रहेका सिलालेख समेत चोरी भईसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

यसैगरी अजयमेरुकोटको दरवार क्षेत्रको विकासका लागि गुरुयोजना बनाईने भएको छ । वर्षेनि लाखौ रकम खर्च हुँदा पनि अजयमेरु कोटको मर्मत संभार हुनुको साटो भग्नावशेषमा परिणत हुने अवस्थामा पुगेकाले गुरुयोजना बनाईन थालिएको हो । 

अजयमेरुकोट रहेको क्षेत्र अतिक्रमण हुँदा सयौँ वर्षको ईतिहास मेटिने अवस्थामा पुगेकाले गुरुयोजना बनाएर विकास गर्ने अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए । 

राष्ट्रिय सम्पदा सुचिमा राख्नका लागि प्रयाप्त आधार हुँदाहुँदै पनि यो क्षेत्रको उचित प्रचारप्रसार र मर्मत सम्भार नहुँदा सयौं वर्ष ईतिहास बोकेको अजयमेरुकोट ईतिहासमा सीमित हुने भएको छ । 

त्यसैले यस्को गुरुयोजना बनाएर मर्मत सम्भार गर्न सके यो क्षेत्रमा पर्यटक भित्र्याई यहाँका स्थानीय बासिन्दाको आर्थिक स्तरमा वृद्धि हुने थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण