१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा थालियो यस्तो नयाँ अभियान, तपाई साथ दिने कि नदिने ?

२४ आश्विन २०७४, मंगलवार ०९:४६

असोज २४, नवलपरासी । भगवान् गौतमबुद्धको अस्थी रहेको नवलपरासीस्थित रामग्राम स्तूप क्षेत्रको चौतर्फी विकासका लागि छुट्टै रामग्राम विकास कोष खडा गर्न यहाँ हस्ताक्षर अभियान शुरु गरिएको छ । 

लुम्बिनी विकास कोषको अधीनमा रहेको सो स्तूप क्षेत्रको सर्वाङ्गीण विकासमा लागि छुट्टै कोष खडा गर्नुपर्ने माग गर्दै रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाले हस्ताक्षर अभियान शुरु गरेको हो । 

भगवान् गौतम बुद्धको आठवटा धातु रहेको स्थान रामग्राम स्तूप र बुद्धको मावली प्राचीन कोलीय गणराज्यको राजधानी पण्डितपुरको विकास, संरक्षण तथा प्रवद्र्धनमा लुम्बिनी विकास कोषले ध्यान नदिएको भन्दै जिल्लामा अहिले सो कोष खडा गर्न आन्दोलन चलिरहेको छ ।अहिले हस्ताक्षर अभियान चलउनुका साथै दोस्रो चरणमा विभिन्न विरोधका कार्यक्रम गरिने भएको छ । 

इतिहासअनुसार यो स्तूप आजभन्दा दुई हजार ५०० वर्ष पहिला कोलीय राजाद्वारा शान्तिका अग्रदूत भगवान् बुद्धको अन्त्येष्टि पछि बाँकी अस्थी (अवशेष) कलशमा राखेर यो स्तूप बनाइएको थियो । 

बौद्ध स्तूप अन्य स्थानमा रहे पनि रामग्राम स्तूप बुद्धको परिनिर्वाणपश्चात् बनाइएका आठवटा अस्थीमध्ये सिंगो अस्थी रहेको स्तूप हो । 

तत्कालीन मगध सम्राट अशोक मौर्यले सातवटा स्तूपको अस्थी उत्खनन गराएर विभिन्न देशमा पु¥याए पनि नागजातिको आग्रहमा रामग्राम स्तूपको उत्खनन नगरिएकाले सिंगो भाग बचेको हो । 

सरकारले स्तूपको विकासका लागि पनि कराडौँको रकम विनियोजन गरी लुम्बिनी विकास कोषलाई जिम्मा लगाउँदै आएपनि सो कोषले यस स्तूपको संरक्षणमा ध्यान नदिएको यहाँका बासिन्दाको आरोप छ । 

यस्तै रामग्राम–१८ मा रहेको पण्डितपुर कोलीय गणराज्यको राजधानीसमेत रहेको पुरातत्वविद्बाट प्रमाणित भइसकेको हुँदा सो स्थानको औपचारिक घोषणा गर्न र संरक्षण तथा प्रवद्र्धनको माग गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन