२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा थालियो यस्तो नयाँ अभियान, तपाई साथ दिने कि नदिने ?

२०७४, २४ आश्विन मंगलवार ०९:४६

असोज २४, नवलपरासी । भगवान् गौतमबुद्धको अस्थी रहेको नवलपरासीस्थित रामग्राम स्तूप क्षेत्रको चौतर्फी विकासका लागि छुट्टै रामग्राम विकास कोष खडा गर्न यहाँ हस्ताक्षर अभियान शुरु गरिएको छ । 

लुम्बिनी विकास कोषको अधीनमा रहेको सो स्तूप क्षेत्रको सर्वाङ्गीण विकासमा लागि छुट्टै कोष खडा गर्नुपर्ने माग गर्दै रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाले हस्ताक्षर अभियान शुरु गरेको हो । 

भगवान् गौतम बुद्धको आठवटा धातु रहेको स्थान रामग्राम स्तूप र बुद्धको मावली प्राचीन कोलीय गणराज्यको राजधानी पण्डितपुरको विकास, संरक्षण तथा प्रवद्र्धनमा लुम्बिनी विकास कोषले ध्यान नदिएको भन्दै जिल्लामा अहिले सो कोष खडा गर्न आन्दोलन चलिरहेको छ ।अहिले हस्ताक्षर अभियान चलउनुका साथै दोस्रो चरणमा विभिन्न विरोधका कार्यक्रम गरिने भएको छ । 

इतिहासअनुसार यो स्तूप आजभन्दा दुई हजार ५०० वर्ष पहिला कोलीय राजाद्वारा शान्तिका अग्रदूत भगवान् बुद्धको अन्त्येष्टि पछि बाँकी अस्थी (अवशेष) कलशमा राखेर यो स्तूप बनाइएको थियो । 

बौद्ध स्तूप अन्य स्थानमा रहे पनि रामग्राम स्तूप बुद्धको परिनिर्वाणपश्चात् बनाइएका आठवटा अस्थीमध्ये सिंगो अस्थी रहेको स्तूप हो । 

तत्कालीन मगध सम्राट अशोक मौर्यले सातवटा स्तूपको अस्थी उत्खनन गराएर विभिन्न देशमा पु¥याए पनि नागजातिको आग्रहमा रामग्राम स्तूपको उत्खनन नगरिएकाले सिंगो भाग बचेको हो । 

सरकारले स्तूपको विकासका लागि पनि कराडौँको रकम विनियोजन गरी लुम्बिनी विकास कोषलाई जिम्मा लगाउँदै आएपनि सो कोषले यस स्तूपको संरक्षणमा ध्यान नदिएको यहाँका बासिन्दाको आरोप छ । 

यस्तै रामग्राम–१८ मा रहेको पण्डितपुर कोलीय गणराज्यको राजधानीसमेत रहेको पुरातत्वविद्बाट प्रमाणित भइसकेको हुँदा सो स्थानको औपचारिक घोषणा गर्न र संरक्षण तथा प्रवद्र्धनको माग गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै