२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रोल्पामा ‘नमुना बिद्यालय निर्माण अभियान’ सफलताको खुशी यसरि साटीयो

२०७४, १० कार्तिक शुक्रबार ०७:४८

रोल्पा । गाउँमा पहिलो पटक आएको हेलिकप्टरलाई यहाँका स्थानीय तथा बिद्यार्थीहरुले हात हलाउदै बिदाई गरिरहेका थिए । कार्यक्रम सकिएपछि पाहुनाहरु आकाशमा उड्दै थिए । 

धुलो न धोलो थियो तर पनि नागरिकले धुलो पचाउदै न्यानो माया दिएकै थिए । सल्यान जिल्लाको सिमाना संग जोडिएको, रोल्पा सुकिदह गाउँपालिका ३ घोप्टेओढारको यो दृष्यले धेरैलाई अचम्म पारेको थियो । गाउँमा हेलिकप्टर आउने हल्ला एक दिन पहिले चले पनि, धेरैलाई बिस्वास लागेकै थिएन । अझ भनौ कि राजनीतिक पार्टी र यीनीका नेता प्रधान मानिने यहाँका गाउँहरुमा, राजनीतिक दलका नेतालाई थाहा नै रहेन छ ।


हेलिकप्टरबाट घोप्टेओढार आउने मान्छे नेता थिएनन् उनीहरु गैरआवासीय नेपाली संघका (बिभिन्न देशबाट) प्रतिनिधिहरु थिए । आफुहरुले नमुना बिद्यालय बनाउन सहयोग गरेको सिद्धार्थ मा.बिको २ कोठे भवनको उद्घाटन तथा हस्तान्तरण गर्न र सहयोगी हातहरु बढाउन राजधानीबाट झण्डै डेढ घण्टाको समय लगाएर यहाँ आएका हुन ।

काठमाण्डौँबाट हेलिकप्टर उडेको थाहा पाएपछि मानिसहरुको भिड हेलिप्याड तिर लाग्दै थियो । सुखाओढारको माथीबाट सानो सानो आवाज आउदै गर्दा दर्सकहरुले होहल्ला मच्चाउदै थिए । हेलिकप्टर आउदै कि भन्दै यहाँ नआएकाहरु आकाश तिर एकतर्फी हेदै थिए । हेलिप्याड नजिकै पुगेकाहरुलाई धुलोले तहस नहस बनायो । भागा भाग मच्चीयो ।

बाजा गाजाले अथितिहरुको भब्य स्वागत भयो । बिद्यार्थीले उनीहरुलाई हातमा फुल दिएर कार्यक्रम स्थल तर्फ बढाएका थिए । यहाँ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्बय परिषद उपाध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्बय परिषद सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएनए आइसीसी सदस्य प्रवेश कुमार कुवर, एनआरएनए आइसीसी अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की, एनआरएनए एनसीसी स्विडेन अध्यक्ष अर्जुन श्रेष्ठ र पर्बत समाज युके अध्यक्ष दधि आचार्य लगायतको सहभागिता थियो ।


उनीहरुले सहयोग गरेको २ कोठे भवनको उद्घाटन तथा निरिक्षण गरे । समाज रुपान्तरणका लागि लागिपरेका जो कोहिलाई पनि आफुहरुले सहयोग गरेको उनीहरुले बताए । शिक्षा क्षेत्रमा सहयोग गर्न पाउदा आफुहरु निकै हर्सित भएको उनीहरुको भनाई छ ।

आबस्यक परे जुनसुकै बेलापनि बिद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । युग सुहाउदो शिक्षा प्रप्तीका लागि समाज जाग्नु पर्ने उनीहरुले बताए । सिद्धार्थ मा.बि सुकिदह रोल्पाको बिद्यालय नमुना बिद्यालय बनाउने अभियानमा यहाँका सरोकारवाला दिन राँत खटिरहेका छन । प्रबिधियुक्त बिद्यालय बनाउन रोजगारको लागि बिदेशमा गएका नेपाली र शिक्षामा सरोकार राख्नेहरुले बिद्यालयलाई सहयोग गरिरहेको बिद्यालयका प्रधानध्यापक गोरख बहादुर वलीले जानकारी दिए ।


बिद्यालयको अगाडी सानो प्रङगन थियो । अहिले मेसिन लगाएर मैदानको आकार चौडा भएको छ । चौर फराकिलो हुदा आफुहरुलाई खेल्न तथा अन्य शैक्षिक क्रृयाकलाप गर्न सहज भएको बिद्यार्थीको भनाई छ । 

नमुना बिद्यालय सुरुवात गर्न निकै कठिनाई भएपनि, अहिले अभियानमा सहयोगी मनहरुको संख्या बढ्दै गएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिलकराम वलीले बताए । रोल्पाका मात्रै होईन, हामी राप्तीकै बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिने अभियानमा लागेका छौ – नमुना बिद्यालय अभियानका संयोजक प्रेम बहादुर वलीले भने । शैक्षिक जागरणका निम्ती सबै सरोकारवाला पक्षमा सहयोग गर्न समेत उनले आग्रह गरे ।


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्बय परिषद स्वडेनले टुहुरा, द्धण्द्ध पिडित तथा असहाय २० जना बालबालिकाहरुको लागि २ बर्ष सम्म चाईल्ड टु चाईल्ड अभियानको सहयोग समेत गरेको छ । आर्थिक स्तिथी कमजोर र टुहुरा बिद्यार्थीहरुलाई यो सहयोग दिईएको बिद्यालयले बताएको छ ।

अभियानको निरणतरताको लागि पुर्ब सासंद तथा एमाले नेता गोकुलप्रसाद घर्तीले बिद्यालयलाई संसद बिकास कोषबाट करिब १ लाख बढि सहयोग गर्ने जनाएको, नमुना बिद्यालय अभियानका प्रबक्क्त के.बी गुरुङले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा