१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरो क्यामेरामा हुम्लाको चुनाव: भोजभतेर देखी विद्यालयका शिक्षक चुनावी प्रचारसम्म (फोटोफिचर)

१३ मंसिर २०७४, बुधबार ०५:०७

रेशमराज रोकाया/मङ्सिर १३, हुम्ला । हुम्लामा गएको मंसिर महिनाको १० गते भएको प्रदेश सभा र प्रतिनिधी सभाको चुनावको क्रममा विभिन्न दृश्य देख्न पाईएको थियो । 

जिल्लाका विभिन्न भागमा चुनाव सदरमुकाम भन्दा ग्रामिण बस्तीमा अचम्मको दृश्य देख्न पाईएको थियो । गाउँ गाउँमा आफ्नो पक्षमा पार्नको लागि खसी काटेर भोज भतेर गर्न देखी लिएर प्रशस्त मात्रामा बालबालिकाके समेत प्रयोग भएको पाईएको छ । ग्रामिण स्तरका देउडा गायक देखी लिएर नृत्य पनि प्रदशन गरेको पाईएको छ ।

निर्वाचन आयोगले प्रतिबन्ध लगाएको रंगिन पोष्टर पम्फलेट र टिसर्ट टोपीको प्रयोग अत्यन्त देखिएको थियो । निर्वाचनमा खटिएका टोलीमा नेपाल प्रहरीको हतियार म्यादी प्रहरीले नै बोकेको पाइएको थियो भने अतियारसँगै सेल्फी लिँदै गरेको दृश्य पनि हेर्न लायकको थियो ।

त्यसै गरी सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरु खुल्ला रुपमा चुनावी प्रचारमा लागेको पाईयो । त्यसै गरी हुम्लामा मंसिरको महिनामा अत्याधिक जाडोको कारण माईनस तापक्रममा चुनावी तापक्रम १ सय डिग्री बढेको थियो । चिसोको कारण आगोको साहारा समेत लिएको दृश्य देखियो । उत्तरी गाउँपालिका नाम्खा जहाँ अत्याधिक हिउँ अनि जाडो हुने स्थान हुन्, मतदानमा खटिएका कर्मचारीलाई पुर्याउन र ल्याउनको लागि हेलिकोप्टरको प्रयोग गरिएको थियो ।

१. चुनावमा भोट हाल्नको लागि सिमिकोटबाट ७ किलोमिटरको बाटोमा ३ सय ५० रुपैयाँ तिरेर सिमिकोट देखी खार्पुनाथ सम्मको यात्रा गर्दै मतदाताहरु ।


२. चुनावमा निर्वाचन आचार संहिता विपरित खार्पुनाथ गाउँपालिकाको याँचुमा टाँसिएका प्रचार सामाग्री ।


३. गाउँमा कुन पार्टीको उम्मेद्वारलाई भोट हाल्ने भन्ने बारेमा स्थानियविच भईरहेको छलफल, गोप्का गाउँमा ।


४. संघिय समाजवादी फोरमका संघ तर्फका उम्ेद्वार काली बहादुर वि.क. चुनावी सभामा सम्बोधन गर्दै ।


५. स्थानियवासी चुनावी सभामा नेताको भाषण सुन्दै, जहाँ बालबालिकादेखी वृद्ध सम्मको सहभागिता रहेको पाईयो ।


६. प्रदेश सभाका नेपाली काँग्रेसको तर्फबाटको उम्मेद्वार ठान बहादुर रोकायालाई स्थानियले स्वागत गर्दै ।


७. सामुदायिक विद्यालय श्री कोट माध्यमिक विद्यालय रोडिकोटमा कार्यरत शिक्षक ज्ञान बहादुर रोकाया नेपाली काँग्रेसको चुनावी प्रचारमा ।


८.अर्को सामुदायिक विद्यालय श्री हिमज्योती माध्यमिक विद्यालय सर्केगाडमा कार्यरत शिक्षक गोवधन ऐडी नेपाली काँग्रेसको चुनावी प्रचारमा ।


९. बालबालिकाको प्रयोग चुनावी प्रचार प्रसारमा प्रशस्तै मात्रामा भएको पाईएको छ ।


१०. चुनावको क्रममा देवताको मन्दिरमा ध्वजा लगाई उम्मेद्वारले आफुलाई जिताउनको लागि प्राथना स्वरुप ध्वजा चढाएको पनि दृश्य गाउँघरमा देख्न पाईएको थियो ।


११. चुनावमा स्थानिय कलाकारले नृत्य प्रस्तुत गर्दै ।


१२. नेकपा एमालेका प्रदेश तर्फका उम्मेद्वार दल रावल मन्तव्य राख्दै ।


१३. खसीको कलेजोलाई भविश्यवाण्ी स्वरुप जोस हेर्दै, कलजोको विभिन्न भगको अवलोकन पछि सम्भावित विभिन्न परिघटनालाई देखाउने विश्वास गरिन्छ ।


१४. गाउँ गाउँमा उम्मेद्वारले भोज भतेरको लागि काटिएको खसी । जिल्लाका विभिन्न गाउँमा मतदाता रिझाउनको लागि यस्तो भोज भतेर गरेको पनि पाईयो ।


१५. जिल्लाका विभिन्न मतदान स्थलमा मतदान कार्य  सकिए पछि मतपेटिका शिल गरिँदै ।


१६. जिल्लाको अंशुबर्मा आधारभूत विद्यालय, राहदेव केन्द्रमा सर्केगाड गाउँपालिकाका प्रमूख कृष्ण रोकाया मतदानको उद्घाटन गर्दै । 


१७. निर्वाचनमा खटिएका म्यादी प्रहरीले नै नेपाल प्रहरीको हतियार बोकिरहेको दृश्य ।


१८. महाबौद्ध मा.वि., याल्वाङ् केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारी अत्याधिक चिसोको कारणले आगोको सहारा लिँदै, हुम्लाका उत्तरी गाउँपालिका नाम्खामा माईनस तापक्रम र हिउँसँगै मतदान भएको थियो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण