२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरो क्यामेरामा हुम्लाको चुनाव: भोजभतेर देखी विद्यालयका शिक्षक चुनावी प्रचारसम्म (फोटोफिचर)

२०७४, १३ मंसिर बुधबार ०५:०७

रेशमराज रोकाया/मङ्सिर १३, हुम्ला । हुम्लामा गएको मंसिर महिनाको १० गते भएको प्रदेश सभा र प्रतिनिधी सभाको चुनावको क्रममा विभिन्न दृश्य देख्न पाईएको थियो । 

जिल्लाका विभिन्न भागमा चुनाव सदरमुकाम भन्दा ग्रामिण बस्तीमा अचम्मको दृश्य देख्न पाईएको थियो । गाउँ गाउँमा आफ्नो पक्षमा पार्नको लागि खसी काटेर भोज भतेर गर्न देखी लिएर प्रशस्त मात्रामा बालबालिकाके समेत प्रयोग भएको पाईएको छ । ग्रामिण स्तरका देउडा गायक देखी लिएर नृत्य पनि प्रदशन गरेको पाईएको छ ।

निर्वाचन आयोगले प्रतिबन्ध लगाएको रंगिन पोष्टर पम्फलेट र टिसर्ट टोपीको प्रयोग अत्यन्त देखिएको थियो । निर्वाचनमा खटिएका टोलीमा नेपाल प्रहरीको हतियार म्यादी प्रहरीले नै बोकेको पाइएको थियो भने अतियारसँगै सेल्फी लिँदै गरेको दृश्य पनि हेर्न लायकको थियो ।

त्यसै गरी सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरु खुल्ला रुपमा चुनावी प्रचारमा लागेको पाईयो । त्यसै गरी हुम्लामा मंसिरको महिनामा अत्याधिक जाडोको कारण माईनस तापक्रममा चुनावी तापक्रम १ सय डिग्री बढेको थियो । चिसोको कारण आगोको साहारा समेत लिएको दृश्य देखियो । उत्तरी गाउँपालिका नाम्खा जहाँ अत्याधिक हिउँ अनि जाडो हुने स्थान हुन्, मतदानमा खटिएका कर्मचारीलाई पुर्याउन र ल्याउनको लागि हेलिकोप्टरको प्रयोग गरिएको थियो ।

१. चुनावमा भोट हाल्नको लागि सिमिकोटबाट ७ किलोमिटरको बाटोमा ३ सय ५० रुपैयाँ तिरेर सिमिकोट देखी खार्पुनाथ सम्मको यात्रा गर्दै मतदाताहरु ।


२. चुनावमा निर्वाचन आचार संहिता विपरित खार्पुनाथ गाउँपालिकाको याँचुमा टाँसिएका प्रचार सामाग्री ।


३. गाउँमा कुन पार्टीको उम्मेद्वारलाई भोट हाल्ने भन्ने बारेमा स्थानियविच भईरहेको छलफल, गोप्का गाउँमा ।


४. संघिय समाजवादी फोरमका संघ तर्फका उम्ेद्वार काली बहादुर वि.क. चुनावी सभामा सम्बोधन गर्दै ।


५. स्थानियवासी चुनावी सभामा नेताको भाषण सुन्दै, जहाँ बालबालिकादेखी वृद्ध सम्मको सहभागिता रहेको पाईयो ।


६. प्रदेश सभाका नेपाली काँग्रेसको तर्फबाटको उम्मेद्वार ठान बहादुर रोकायालाई स्थानियले स्वागत गर्दै ।


७. सामुदायिक विद्यालय श्री कोट माध्यमिक विद्यालय रोडिकोटमा कार्यरत शिक्षक ज्ञान बहादुर रोकाया नेपाली काँग्रेसको चुनावी प्रचारमा ।


८.अर्को सामुदायिक विद्यालय श्री हिमज्योती माध्यमिक विद्यालय सर्केगाडमा कार्यरत शिक्षक गोवधन ऐडी नेपाली काँग्रेसको चुनावी प्रचारमा ।


९. बालबालिकाको प्रयोग चुनावी प्रचार प्रसारमा प्रशस्तै मात्रामा भएको पाईएको छ ।


१०. चुनावको क्रममा देवताको मन्दिरमा ध्वजा लगाई उम्मेद्वारले आफुलाई जिताउनको लागि प्राथना स्वरुप ध्वजा चढाएको पनि दृश्य गाउँघरमा देख्न पाईएको थियो ।


११. चुनावमा स्थानिय कलाकारले नृत्य प्रस्तुत गर्दै ।


१२. नेकपा एमालेका प्रदेश तर्फका उम्मेद्वार दल रावल मन्तव्य राख्दै ।


१३. खसीको कलेजोलाई भविश्यवाण्ी स्वरुप जोस हेर्दै, कलजोको विभिन्न भगको अवलोकन पछि सम्भावित विभिन्न परिघटनालाई देखाउने विश्वास गरिन्छ ।


१४. गाउँ गाउँमा उम्मेद्वारले भोज भतेरको लागि काटिएको खसी । जिल्लाका विभिन्न गाउँमा मतदाता रिझाउनको लागि यस्तो भोज भतेर गरेको पनि पाईयो ।


१५. जिल्लाका विभिन्न मतदान स्थलमा मतदान कार्य  सकिए पछि मतपेटिका शिल गरिँदै ।


१६. जिल्लाको अंशुबर्मा आधारभूत विद्यालय, राहदेव केन्द्रमा सर्केगाड गाउँपालिकाका प्रमूख कृष्ण रोकाया मतदानको उद्घाटन गर्दै । 


१७. निर्वाचनमा खटिएका म्यादी प्रहरीले नै नेपाल प्रहरीको हतियार बोकिरहेको दृश्य ।


१८. महाबौद्ध मा.वि., याल्वाङ् केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारी अत्याधिक चिसोको कारणले आगोको सहारा लिँदै, हुम्लाका उत्तरी गाउँपालिका नाम्खामा माईनस तापक्रम र हिउँसँगै मतदान भएको थियो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण