2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बिदेशमा भोगेका दुखलाई स्वदेशमा पुन्यको काम गरेर बिर्सदैछु: एम्वुलेन्स चालक सुयल

चिसाङ शेर्पा/मंसिर १४, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका बिजयखर्क १५ का स्थानिय नारायण सुयलले चम्पावती मावि बिजयखर्कमा दश कक्षा पढ्दा पढ्दै २०५९ सालमा पढाईलाई पुर्ण विराम लगाए । 

पढाईलाई पुर्ण विराम लगाउदै उनले आफ्नो जिवनलाई अर्को मोडमा लगेर राखे । लामिडाडाँ गाउँपालिका ३ का कुमारी सुयलसंग २०६० साल बैशाख ७ गते विवाह बन्धनमा बाधिएका सुयल घरजम गरेर रोजगारीका लागि मलेसिया हानिए ।

१७ वर्षिय ठिटो मलेसियाको हावापानी खादै सामान्य कमाई लिएर २०६५ साल भदौ ५ गते स्वदेश फर्किए । मलेसियामा दैनिक काममा खट्ने वानी परेका सुयललाई नेपाल आएपछि आठ महिना आराम मिल्यो । मलेसियामा ड्युटी गर्दै थोरबहुत सिकेको ड्राईभिङ ज्ञानलाई पुनः नेपालमा आएर काठमाण्डौमा आठ महिनाकै अवधिमा ड्राईभिङ कक्षा लिएर बसे, कमाएर ल्याएको थोरबहुत पैसा खर्च गरे ।

फेरी मलाई बिदेश जाने भुत मष्तिष्कमा चढ्न थाल्यो, विजयखर्क, राजापानी, बुईपा, अर्खौले, नुनथला रुटका एम्बुलेन्स चालक सुयलले काठमाण्डौबाट आफ्नो बिगत सुनाए । एक हिसाबले उनले ३२ वर्षको जीवन भोगाईका तितामिठा पलहरु सुनाउन भ्याए । मलेसियाबाट नेपाल आएको ७ वर्षपछि रोजगारीका निम्ति फेरी उनी साउदी अरबतिर लागे । १३ महिनापश्चात डेढ महिनाका लागि छुट्टीमा घर आई २०७१ मंसिरमा सदाका लागि नेपाल फर्किए । 

लगभग पाँच महिना पारिवारिक समस्यालाई हल गरेर २०७२ बाट उनी फेरी कोरिया जाने चक्करमा कोरियन भाषा पढेर भाषा परिक्षा दिए बिडम्बना अनुतिर्ण भए । भाषा परिक्षा अनुतिर्ण हुनु कोरियाका लागि बाटो बन्द हुनु हो । 

परिक्षामा फेल भएपछि फेरी गाउँमा आईपुगे, एक हिसाबले बिदेश जाने योजना दिमागमा कम हुंदै गयो । बिकल्पमा बिजयखर्कमा व्रोईलर फर्म, किराना पसल र पञ्चदोबाटो बुईपामा मासु पसल खोेलेर ब्यापार थालनी गरे बिरामी लिएर राजधानी पुगेर थकाई मारिरहेका उनले भाबुक मुद्रामा फोनबाट आफ्नो बेलिविस्तार लगाए ।

मलेसिया र नेपालमा थोरबहुत सिकेको ड्राईभिङ ज्ञानलाई २०७४ साल जेठ पहिलो साताबाट उनले बैधानिक बनाए । ड्राईभिङ लाईसेन्स निकाले । लाईसेन्स पाएसंगै रोजगारीको झिनो आशा पलायो । नभन्दै गत भदौ १६ गतेबाट खोटाङ सेवा समाज युकेले जिल्लामा वितरण गरको स १ झ ४९५ एम्वुलेन्स चलाउन थाले । बिशेषगरी विजयखर्क, राजापानी, बुईपा, अर्खौले, नुनथला रुटमा एम्वुलेन्स चलाउने गरेको छु । प्रायः सडक पुगेका सबै ठाउमा एम्वुलेन्स लिएर पुगेको छु निश्चित रुट हुन्न थकाई कम भएको महशुष गर्दै नजिक भए ।  

भनेको बेला खाना, सुत्न, नुहाईधुहाई गर्न पाईन्न आफन्त भेटघाट, श्रीमती, छोराछोरीको हेरचाह गर्न समय हुन्न । अरु बेला त यस्तै त्यस्तै हो एम्वुलेन्स चलाउन थालेपछि दशै, तिहार नभनि खटेको छु । गएको दशैको फुलपातीका दिनमा समेत परिवारसंग बस्न पाईन बिरामी लिएर अस्पताल जानु प¥यो तर, बिरामीको जिवन बचाउन पाउदा त्यो पल भन्दा मेरो लागि ठूलो केही हुन्न । यात्राभरी रोईरहेको विरामी, बिरामीका आफन्तको ओठमा हासो देख्दा स्वर्गीय आनन्द महशुष हुन्छ । कतीले त फोन गरेर धन्यवाद दिन्छन् । कतीले भगवानको उपमा दिन्छन् । यसैले पनि यो पेशामा सन्तुष्ट छु सुयलले खुलेर आफ्नो अनुभव सुनाए ।

हलेसी तुवाचुङ नगपालिका ११ राजापानीमा आगलागीमा जलेका २ जनालाई राती १२ वजे दिक्तेल पु¥र्याए । काठमाण्डौ लानुपर्छ भन्दाभन्दै विरामीका आफन्तले यहि उपचार हुन्छ भनेपछि सदरमुकाम लगे । 

रातको १ वजे जिल्ला अस्पतालले बाहिर रेफर गरिदियो । थकाईले नसक्ने भएपछि अर्को एम्वुलेन्समा २ वजे काठमाण्डौ पठाईदिए । गत मंसिर ९ गते रुपाकोट मझुवागढी नगरपालिका १४ बुईपाकी शर्मिला राईलाई रातारात दिक्तेल लगे । 

डेलिबेरी गर्न नसकेका उनीलाई पनि अस्पतालले रेफर गरिदियो । १० गते लिएर काठमाण्डौ लागे, घुर्मीमा पुगेपछि क्लिनिकमा प्रसुती गराईयो बिडम्बना बच्चा रहेन । आमाको समेत ज्यान खतरामा थियो । मिशन अस्पताल ओखलढुंगा पु¥र्याइदिए । उनी अहिले सकुशल रहेकी छन् उनले आफ्नो कर्तब्य सुनाए ।

महिनामा २५ हजार तलव पाउछु लामो दुरीमा ३ हजार छोटोदुरीमा १ हजार खर्च हुन्छ । बाकी पैसा घर चलाउनका लागि श्रीमतीलाई दिने गरेको छु । उनी एक छोरी, एक छोरा पढाउदै घर गृहस्ती चलाउछन् । म उनीहरुको भविष्य सफल बनाउन हरेक विरामीको सेवा गर्दैछु । बिदेशमा भोगेका दुखलाई स्वदेशमा पुन्यको काम गरेर बिर्सदैछु । 

   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई