४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

उम्मेद्वारहरुको एउटै प्रस्तावः धनकुटालाई एक नम्बर प्रदेशको राजधानी बनाऔं

१६ मंसिर २०७४, शनिबार १३:४१

मङ्सिर १६, धनकुटा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउने बिषयलाई विशेष प्राथमिकतामा राखेका छन् ।  

विगतमा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको तथा पूर्वी पहाडी जिल्लामध्ये तुलनात्मक रुपमा विकास पथमा लम्केको धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउने बिषयलाई उम्मेदवारले प्राथमिकतामा राखिएको हो । 

मंसिर २१ गते हुने उक्त निर्वाचनका लागि यहाँका प्रमुख राजनीतिक दल र उम्मेदवार धनकुटा बजारका साथै गाउँगाउँमा चुनावी प्रचारप्रचारमा व्यस्त रहेका छन् । 

चुनावी प्रचारप्रसारका क्रममा धनकुटामा भेटिएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा उद्योगमन्त्री सुनिलबहादुर थापालाई धनकुटाका मुख्य समस्या के हुन् भनी प्रश्न गर्दा उनले यहाँको मुख्य समस्या भनेको नै सडक तथा बिजुली हो भन्दै यहाँका जनताको चाहनाअनुसार बेलहरामा निर्माणाधीन विमानस्थल पूरा गर्नु र पाख्रीबासमा कृषि विश्वविद्यालय स्थापना गर्नु आवश्यक रहेको बताए । 

उनले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउने आफ्नो मुख्य एजेण्डा रहेको बताउँदै पहिलेदेखि नै क्षेत्रीय सदरमुकाम रहेकाले यहाँ पूर्वाधार भएको, वातावरणीय दृष्टिले तथा मध्यपहाडी लोकमार्गले छोएकाले समेत यहाँ राजधानी बनाउन उपयुक्त हुने धारणा व्यक्त गरे । 

विपक्षीले हालसम्म केही काम गर्न नसकेका र पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापा तथा आफूले गरेका विकास निर्माणको लोकप्रिय कामका आधारमा जनताले आफूलाई नै मतदान गरेर विजयी गराउने बताउँदै मन्त्री थापाले विपक्षीले पनि आफूहरुकै एजेण्डा बोकेका र उनीहरुको आफ्नो एजेण्डा नभएको बताए । 

मन्त्री थापाले विपक्षी दलले आफ्ना पक्षका कार्यकर्ता तथा मतदातालाई धम्क्याउनेलगायत आचारसंहिता उल्लंघनका घटना गराएको आरोप लगाउँदै उनले भने, “स्थानीय तह निर्वाचनको मतले यस निर्वाचनमा फरक नपर्ने भएकाले आफ्नो जित सुनिश्चित रहेको छ ।” 


वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राईले जिल्लाका ६० वटा वडामा सडक पुगेको तर कच्ची मात्र भएकाले स्तरोन्नति गर्नुपर्ने, ६० वटै वडामा खेलमैदान निर्माण, पाख्रीबासमा कृषि क्याम्पस स्थापना तथा छवटा स्थानीय तहमा १४ श्ययाका र एकमा ५० श्ययाको अस्पताल स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले जिल्लाको बेलहरामा विमानस्थल निर्माण तथा पर्यटन विकास आदिलाई आफूले प्राथमिकता दिने बताए । 

उनले  आफ्ना मुद्दा ठीक भएको, आफ्नो दलले विकास निर्माणका काम गरेको, स्थानीय तहमा आफ्नो पक्षमा धेरै मत भएको र विपक्षीले विकासका नक्कली कुरा मात्र गर्ने गरेकाले समग्ररुपमा आफ्नो जित सुनिश्चित रहेको बताए । 

नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्य (क) का उम्मेदवार एंव पूर्वसांसद मनोहरनारायण श्रेष्ठले धनकुटालाई प्रदेशको राजधानी बनाउने र बेलहरामा विमानस्थल बनाउनेजस्ता विकास निर्माणका योजनालाई आफूले प्राथमिकतामा राखेको उल्लेख गर्दै लोकतन्त्रविरुद्ध वामशक्ति लागेको, कम्युनिष्टबाट केही काम नभएको, केवल कोरा नारामात्र दिएकाले जनताले आफूलाई मत दिने बताए । 

विपक्षीले ढाँट छल गर्नुका साथै विभिन्न स्थानमा आफ्ना कार्यकर्ता तथा मतदातालाई दुःख दिने गरेको उनले आरोप लगाए ।  वाम गठबन्धनबाट प्रदेशसभा सदस्य (क) का उम्मेदवार नीरन राईले जिल्लामा विकास निर्माण, सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा समस्या रहेको तथा पर्यटनको विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । 

आफूहरुले स्थानीय तह जितेर धेरै काम गरेको, विभिन्न सडक टेण्डर प्रक्रियामा रहेको तर पनि आफूहरुको कामको प्रचारप्रसार नभएको बताउँदै उनले विगतमा आफ्नो दलको सरकारले गरेका लोकप्रिय तथा राम्रा कामको आधारमा तथा हाल वाम गठबन्धनले जनतामा उत्साह तथा लहर आएकाले आफू जित्ने दाबी गरे । 

लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा सदस्य (ख) का उम्मेदवार एंव संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अर्जुन थापाले जिल्लामा सडक सञ्जाल भए पनि धुले सडक भएकाले स्तरोन्नति गर्नुपर्ने आवश्यकता भएको, विद्युतीकरण भरपर्दो नभएको, जोखिमपूर्ण रुपमा विद्युत् वितरण गरिएको र शुद्ध खानेपानीको अभाव भएको बताए । 

उनले धनकुटालाई रासायनिक मलमुक्त अर्गानिक जिल्ला बनाउने आफ्नो लक्ष्य रहेको तथा धनकुटालाई प्रादेशिक राजधानी बनाउने पनि आफ्नो एजेण्डा रहेको बताए । आफ्नो दलले गरिबी हटाउ अभियान तथा भूमिहीनका लागि लघुवित्त योजना लागू गर्ने र पानीको समुचित व्यवस्थापनतर्फ कार्य गर्ने बताउँदै थापाले आफूले जित्ने दाबी गरे । 

वाम गठबन्धनबाट प्रदेशसभा सदस्य (ख) का उम्मेदवार एंव नेकपा एमालेका पूर्वजिल्ला सचिव इन्द्रमणि पराजुलीले आजसम्म जनताको सरकार आउन नसकेको, कम्युनिष्ट सधैँ अल्पमतमा परेकाले अस्थिरता बढेको, अरु दलका सरकारले केही नगरेको तर अहिले भने वाम एक ढिक्का भएको र स्पष्ट कार्ययोजना तथा घोषणापत्र आएकाले यसले रुपान्तरण गर्नसक्ने बताए ।  आफूहरुले धनकुटालाई प्रादेशिक राजधानी बनाएरै छाड्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । तीर्थ भट्टराई/खगेन्द्रप्रसाद घिमिरे/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनए एकताको प्रयासमा पूर्व अध्यक्ष शेष घले नेतृत्वमा बैठक सम्पन्न (भिडियो) बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेता छलफलमा, मन्त्रिपरिषद् बैठक स्थगित प्रसाईंलाई साइबर ब्यूरो पठाइयो, आज म्याद थप नहुने रवि लामिछानेले हुण्डीबाट अमेरिकामा पैसा पठाएको पनि खुल्न आएको छः एमाले नेता बस्नेत जापान प्रकरण: एमालेका सांसद अधिकारीसहित ९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति एमाले नेता बस्नेतले भने: पपुलरिटीको आवरणमा पपुलिस्टहरुले भ्रष्टाचार गरिरहेका छन्, बालेनदेखि कुलमानसम्म कसलाई के आरोप? ट्यालेन्ट हन्टबाट कर्णाली याक्सले छान्यो पाँच उदयीमान खेलाडी घलेको ‘इन्ट्री’पछि एनआरएनएमा अर्को ‘लफडा’, कार्यालय बन्द गराएर रिसोर्टमा केसी नसोचेको भयो – संयोजक शेष घले मीनबहादुरले एमालेलाई दान दिएको जग्गा प्रकरणको पेसी आज पनि हेर्न नभ्याइनेमा महिला कैदीलाई बलात्कार आरोपमा राजविराज कारागारका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु तीन महिनामा ४ खर्ब ७ अर्ब रुपैयाँ भित्रियो रेमिट्यान्स दुर्गा प्रसाईँविरुद्ध लाग्न सक्छ यी अभियोग दुर्गा प्रसाईँलाई पुर्‍याइयो वीर अस्पताल आफू पक्राउ अगावै दुर्गा प्रसाईंले दिएका थिए पक्राउको जानकारी चिर्पटले हिर्काएर श्रीमतिद्वारा श्रीमानको हत्या आज पनि एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ? दु्र्गा प्रसाईँमाथि ७ वर्षसम्म हुनसक्छ कैद : अभिवक्ता विनिता तामाङ सरकार पहिलो चौमासिकमा राजश्व संकलन गर्न कमजोर भक्तपुरस्थित निवासबाट पक्राउ परे दुर्गा प्रसाईं