2026-08-24 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

पर्यटनमार्फत समृद्धि खोजिरहेको लोपोन्मुख आठपहरिया समुदाय

काठमाडौँ | धनकुटा बजारबाट करिब पाँच किलोमिटर उकालो चढेपछि पुगिन्छ, सिप्तिङ गाउँ । धनकुटा नगरपालिका–३ मा पर्ने यो स्याउले सिप्तिङ गाउँमा आठपहरिया समुदायको बाहुल्य छ ।

सङ्ख्याका हिसाबले सानो तर साँस्कृतिक सम्पदामा समृद्ध आठपहरिया समुदायले सञ्चालन गरेको होमस्टे अहिले स्थानीय पर्यटनको नयाँ पहिचान बनेको छ । अरुण र तमोर नदीको बीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको यो सीमान्तकृत आदिवासी जनजाति ‘आठपहरिया’ यतिबेला पर्यटनमार्फत समृद्धि खोजिरहेको छ ।

स्याले सिप्तिङ गाउँ पुग्ने पर्यटकहरु पाहुना होइन परिवारका सदस्य बन्छन् । हरियाली डाँडामाथि, चिसो र निश्चल हावाको वेगसँगै सुनौला घामका किरणले यो गाउँको सुन्दरता अझ बढाउँछ ।

नेपालको जनगणना, २०७८ अनुसार आठपहरिया समुदायको सङ्ख्या पाँच हजार ८७८ जना छ । यो समुदायलाई होमस्टेमार्फत समृद्धिको यात्रामा हिँडाउने अग्रसरता भने अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र कम्युनिटी होमस्टे नेटवर्कले गरेका थिए ।

साथै आतिथ्य सत्कार र क्षमता अभिवृद्धिका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)ले संस्कृति प्रबद्र्धन गर्न धनकुटा नगरपालिकासँग सहकार्य गरेका थिए ।

यहाँ आउने पर्यटकको स्वागतमा होटलको औपचारिकता जस्तो नभइ मौलिक संस्कृति झल्किन्छ । पाहुनालाई आमा तथा दिदीबहिनीहरुले रातो टीका, फूलको माला र मीठो मुस्कानले स्वागत गर्छन् ।

स्वागतमा स्थानीय मौरीको मह मिसाइएको पानी अनिवार्य जस्तै छ । एकैछिन थमाइ मारेपछि पाहुनालाई होमस्टे र समुदायको इतिहास, संस्कार र संस्कृतिसँग साक्षात्कार गराइन्छ । आठपहरिया समुदायले कसरी आफ्नो पहिचान र परम्परा जोगाउँदै पर्यटनलाई आत्मसात गरेका छन् भन्ने जानकारी दिइन्छ ।

स्याउले सिप्तिङ पुग्ने अधिकांशको ध्यान सुन्तला बगैँचाले तान्छ । पाहुनाहरू बगैँचामा रमाउँदै किसानसँग संवाद गर्छन् । सुन्तलाखेती, मह उत्पादन र स्थानीय बीउ संरक्षणबारे जानकारी लिन्छन् । यहाँको होमस्टेले पाहुनालाई केवल बास मात्र होइन, जीवनशैलीको अध्ययन र अनुभव पनि दिन्छ ।

गत वर्ष यस होमस्टेमा ७२ जना पर्यटकलाई स्वागत गरिएको होमस्टेका अध्यक्ष हिराबहादुर राईले बताउनुभयो । जसमा २४ जना विदेशी पाहुना थिए । यस वर्ष भने हालसम्म ८२ जना पर्यटक यहाँ आइपुगेको उहाँले बताउनुभयो ।

एक रातमा १७ जनासम्म पाहुनालाई बास दिनसक्ने गरी विकास गरिएको यस होमस्टेमा मनोरञ्जन, संस्कृतीको जगेर्ना र नयाँ पुस्तालाई आफ्नो संस्कृतीबारे जानकारी गराउने उद्देश्यले हरेक बेलुका स्थानीय सांस्कृतीक नृत्यहरु प्रस्तुत गरिन्छ ।

यहाँको अर्को आकर्षण हो, साततले झरना र गुफा । सामुदायिक होमस्टेबाट १५ मिनेटको सवारी यात्रा र करिब डेढ घण्टा पैदल यात्रा गरेपछि झरना देख्न पाइन्छ । झरना पुग्नुभन्दा एक किलोमिटर अगाडि नै साततले गुफा छ । यस क्षेत्रलाई पहुँचयोग्य बनाउन एसटीएलआरपीले पदमार्ग निर्माण गरिदिएको छ ।

आठपहरिया समुदाय नेपालको लोपोन्मुख जातिमा पर्छ । उनीहरुको आफ्नै भाषा, गीत, नृत्य र परम्परा छ । पछिल्लो समय आधुनिकतासँगै संस्कृति हराउने चिन्ता समुदायका हिराबहादुरलाई छ । उहाँ भन्नुहुन्छ, “हामीले त पुर्खाहरुबाट सिक्यौं । तर, नयाँ पुस्ताले आधुनिकतामा रमाएर आफ्नो संस्कृती छोड्दै जाँदा इतिहास नै मेटिन्छ कि जस्तो लाग्छ । त्यसपछि अहिले हामीले संस्कृती हस्तान्तरण र सिकाइका लागि हरेक साँझ सांस्कृतिक कार्यक्रमहरु गर्ने गरेका छौं ।”

उहाँले पर्यटनलाई संस्कृति संरक्षणको माध्यम बनाइरहेको पनि बताउनुभयो । होमस्टे यहाँ केवल व्यवसाय मात्र नभएर संस्कृति जीवित राख्ने माध्यम भएको उहाँको भनाइ छ । पाहुनाले यहाँ बास गर्दा केवल प्रकृति मात्र हेर्दैनन्, उनीहरू जीवनको एक पुरानो अध्यायसँग भेट गर्छन्, जहाँ सम्बन्ध, श्रम र माटोको गन्ध मिसिएको छ ।

यस परियोजनामा स्थानीय युवा सक्रिय छन् । उनीहरू पर्यटन व्यवस्थापन, पाहुना सेवा र गाइडिङमा दक्ष बन्दै गइरहेका छन् । तर, अझै सहज पहुँचका लागि होमस्टेसम्म जोड्ने बाटो बनाउन सहयोगका लागि सरकारसँग स्थानीय समुदायले आग्रह गरेका छन् ।

दीगो पर्यटन परियोजनाका अधिकृत खगेन्द्र खड्काले भन्नुभयो, “स्याउले सिप्तिङ सामुदायिक होमस्टेले नेपालमा सांस्कृतिक पर्यटनको नयाँ परिभाषा दिइरहेको छ । स्याउले सिप्तिङको साँझमा जब ढोल बज्छ र आठपहरियाहरू परम्परागत नृत्यमा रमाउँछन्, पाहुना पनि सँगसँगै नाच्छन् । त्यो क्षणमा संस्कृति, प्रकृति र मानवीय आत्मीयता एकै ठाउँमा मिसिएको अनुभव हुन्छ । यसले ग्रामीण अर्थतन्त्रमा सशक्त प्रभाव पार्ने मात्र नभएर संस्कृती जगेर्नामा पनि कोशेढुंगा सावित हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन