२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आन्तरिक मूल्यांकनमा दलहरू: चार दलले यस्तो निकाले चुनावी हिसाब

१७ मंसिर २०७४, आईतवार ०३:३३

मङ्सिर १७, काठमाडौँ । नेकपा एमाले–नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेस तथा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दुवैले संघीय नेपालको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् । 

चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका साथै राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धन निर्वाचन प्रचारको समयावधि सकिनै लाग्दा आ–आफ्नै जोडघटाउ र दाबीमा रहेका हुन् ।

अाजको राजधानीमा खबर छ-केन्द्रीय सरकारसँगै प्रदेश सरकार पनि आफ्नै नेतृत्वमा रहने दाबी लोकतान्त्रिक एवं वाम गठबन्धन दुवैले गरेका छन् । मधेसवादी गठबन्धनले भने केन्द्रीय सरकार निर्माणमा महŒवपूर्ण भूमिका रहने र प्रदेश २ मा आफ्नै नेतृत्वमा प्रदेश सरकार बनाउने दाबी गरेको छ ।

कांग्रेस नेता गोपालमान श्रेष्ठले देशैभरि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनप्रति जनलहर राम्रो भएकाले केन्द्रीय सरकारका साथै सातवटै प्रदेशमा लोकतान्त्रिक गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् ।

उनले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभातर्फको १ सय ६५ सिट र प्रदेशसभातर्फको ३ सय २० सिटमा ५५ प्रतिशत सिटसहित स्पष्ट बहुमत ल्याउने र आफ्नै नेतृत्वमा केन्द्रीय सरकारसहित सातवटै प्रदेशमा प्रदेश सरकार गठन गर्ने दाबी गरे ।

‘कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनप्रति जनलहर राम्रो छ, आक्रमणकारीले समेत कांग्रेसलाई नै टार्गेट गरिरहेका छन् तर कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनभन्दा बलियो छ,’ श्रेष्ठले भने, ‘लोकतान्त्रिक गठबन्धनले स्पष्ट बहुमतसहित ५५ प्रतिशतभन्दा बढी सिट जितेर आफ्नै नेतृत्वमा सरकार बनाउँछ ।’

प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको स्पष्ट बहुमत आउने निश्चित भइसकेको दाबी गर्दै उनले केन्द्रका साथै सातवटै प्रदेशमा प्रदेश सरकार पनि गठन हुने बताए । केन्द्र एवं प्रदेशमा मधेसवादी दलको समेत सहयोगमा कांग्रेस नेतृत्वमै सरकार गठन हुने विश्लेषण श्रेष्ठको छ ।

कांग्रेसले स्पष्ट बहुमतसहित आफ्नै नेतृत्वमा केन्द्र एवं प्रदेश सरकार गठन गर्ने दाबी गर्दैगर्दा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका नेताहरूले दुई तिहाइभन्दा बढी सिट जितेर केन्द्र र सातवटै प्रदेशमा वाम गठबन्धनको सरकार निर्माण हुने दाबी गरेका छन् ।

कांग्रेस नेता रामहरि खतिवडा भने कांग्रेस एक्लैले प्रतिनिधिसभातर्फ ६५ सिट जित्ने दाबी गर्छन् । उनले गठबन्धन गरेका अन्य दलका नेतासमेतको जित जोड्दा कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा ७० सिटभन्दा बढी आउने आन्तरिक आँकलन रहेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार ललितपुरमा आयोजित चुनावी सभामा वाम गठबन्धनले दुई तिहाइ सिट जित्ने दाबी गरे । ‘केपी ओलीजी र म बसेर पहिलो चरण निर्वाचन भएका ३२ जिल्लाको समीक्षा गर्दा दुई तिहाइ बढी सिट जित्ने आँकलन भएको छ, दोस्रो चरणमा पनि यो क्रम जारी रहने विश्लेषण छ,’ उनले भने ।

एमाले महासचिव ईश्वर पोखरेलले स्थिर सरकार एवं समृद्धिको चाहना राख्ने नेपाली जनता वाम गठबन्धनका पक्षमा रहेको बताए । राष्ट्रिय राजनीतिको नेतृत्व, देश र जनताको समृद्धिको चाहना वाम गठबन्धनले नै पूरा गर्ने भएकाले दुई तिहाइभन्दा बढी सिट जित्ने दाबी उनले गरेका छन् । पोखरेलले प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभाको ३ सय २० सिटमा वाम गठबन्धनले ८० देखि ८५ प्रतिशत सिट जित्ने दाबी गरे ।

यस्तो छ आँकलन

वाम गठबन्धन :  दुई तिहाइ

लोकतान्त्रिक गठबन्धन :  स्पष्ट बहुमत

मधेसवादी दल : केन्द्रमा बलियो उपस्थिति

एमाले र माओवादीको चुनावी तालमेल, साझा घोषणापत्रको घोषणासँगै निर्वाचनपश्चात् पार्टी नै एकीकरण हुने भएकाले वाम गठबन्धनले दुई तिहाइभन्दा बढी सिट संख्या जित्नेमा कुनै शंका नभएको दाबी उनले गरेका छन् ।

‘नेपाली जनताले स्थिर सरकार र समृद्धिको चाहना राखेका छन्, जनताको यो चाहना एमाले र माओवादीको वाम गठबन्धनले मात्रै पूरा गर्न सक्छ,’ पोखरेलले भने, ‘हामीले दुई तिहाइभन्दा बढी सिट संख्या जितेर केन्द्रीय सरकारका साथै सातवटै प्रदेशमा वाम गठबन्धनको प्रदेश सरकार पनि गठन गर्छौं ।’

संविधानको निर्माणसँगै घोषणाको महŒवपूर्ण जिम्मेवारी हाम्रै नेतृत्व एवं पहलकदमीमा भएको बताउँदै उनले संविधानको कार्यान्वयनसँगै जनताको स्थिर सरकार निर्माण तथा समृद्ध देश निर्माणको चाहना वाम गठबन्धनल नै पूरा गर्ने बताए ।

माओवादी केन्द्रका नेता भरत साहले देशैभरि वाम गठबन्धनको पक्षमा जनता रहेको बताउँदै दुई तिहाइभन्दा बढी सिट जित्नेमा कुनै शंका नरहेको बताए ।

उता, राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धनका नेताहरूले केन्द्रीय सरकार गठनका लागि मधेसवादी दलको सहयोग आवश्यक पर्ने र त्यो शक्तिसहितको सिट संख्या आफूहरूले जित्ने दाबी गरेका छन् ।

फोरम नेपालका महासचिव रामसहाय यादवले मधेसवादी गठबन्धनसँग संविधान संशोधन एवं केन्द्रीय सरकार गठनका लागि हस्तक्षेपकारी भूमिका हुनेगरी प्रतिनिधिसभामा सिट जित्ने दाबी गरे ।

यसका साथै प्रदेश २ मा दुई तिहाइभन्दा बढी सिट जितेर प्रदेश सरकार गठन गर्ने निश्चित भएको उनले बताए ।

‘संविधान संशोधन एवं केन्द्रीय सरकार गठनका लागि मधेसवादी गठबन्धनसँग हस्तक्षेपकारी भूमिका हुनेगरी प्रतिनिधिसभामा सिटको संख्या आउँछ,’ यादवले भने, ‘प्रदेश २ मा मधेसवादीको प्रदेश सरकार गठन हुने निश्चित नै भइसकेको छ ।’

राजपा नेपालका महासचिव अजय गुप्ताले मधेसवादी गठबन्धनले प्रतिनिधिसभातर्फ ५० भन्दा बढी सिट जित्ने दाबी गरेका छन् । प्रदेश २ मा दुई तिहाइभन्दा बढी सिट ल्याएर प्रदेश सरकार गठन गरिने उनले बताए । यसैगरी आफ्नो गठबन्धनको अन्य प्रदेशमा पनि सम्मानजनक सिट संख्या आउने गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?