२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुशीको खबर ! मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गर्नुस, पैसा लिएर जानुस

२३ मंसिर २०७४, शनिबार १०:०४

मङ्सिर २३, काठमाडौँ । मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । 

उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए रु ५० र सुर्ती एवं गुट्खाका खोल ५०० वटा ल्याए रु १०० दिने घोषणा गरिएको छ । 

आज मोबाइल रिचार्जका खोल र सुर्ती एवं गुट्खाका खोल ल्याउनेलाई रु १५० पुरस्कार दिइएको चक्रपथ सफाइ अभियानका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो । 

चक्रपथ सफाइको ३७ औँ हप्तामा आज ग्रिनसिटी अस्पताल–वसुन्धरा चोक हुँदै पुनः ग्रिनसिटी अस्पतालसम्म सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा १०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति रहेको अभियन्ता टण्डनले बताउनुभयो । 

उपत्यकामा आज नदी र चक्रपथ सफाइ गरी ३९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २३९ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघिको वाग्मती नदी किनारमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, मुक्तिनाथ विकास बैंक, हाम्रो पाइला, तिलगंगा महिला समूहलगायत संस्थाका ४५० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी नारायण श्रेष्ठले जानकारी दिनुभयो । 

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, अभियन्ता डा राजु अधिकारी, टंक आचार्य, राजकुमार भट्टराईलगायत अभियन्ताको सक्रियता थियो । 

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २०० औँ हप्तामा आज हनुमान घाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सफाइ २०० हप्तामा प्रवेश गरेको अवसरमा बगैँचा गोडमेल र सफाइका विषयमा छलफल कार्यक्रम आयोजना गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिनुभयो । 

रुद्रमती सफाइको १९६ औँ हप्तामा आज बत्तीसपुतली राममन्दिर क्षेत्रमा सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापनभयो । सफाइमा समाज, वातावरण संरक्षण अभियान र प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो । सफाइमा महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । 

विष्णुमती सफाइको १६७ औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं ११ स्थित तारकेश्वर गुम्बामा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३५० जना भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिनुभयो । 

यसैगरी मीनभवन आलोकनगर सफाइको ३७ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताउनुभयो । सफाइमा ५० भन्दा बढी महिलाको सहभागिता थियो । 

विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ । फलस्वरुप अहिलेसम्म ४२ स्थानमा सफाइ भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ । पूर्णप्रसाद मिश्र/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य