४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

गाउँपालिका प्रमुखलाई शहिद परिवारको चिट्ठी: जन चाहानाअनुरुप चल्नुपर्छ कि आफुखुसि चल्नुपर्छ ?

९ पुष २०७४, आईतवार १४:१४

आदरणीय प्रमुख बिर बहादुर केसी ज्यु नमस्कार !

तपाई सहिद परिवार हुनुहुन्छ । म पनि एक सहिद परिवारको सदस्य हु । मेरो दाइँ कुल बहादुर घर्ति ‘क. प्रज्वल’ ले अर्घाखाँचीको सन्धिखर्क लडाइको मोर्चा सम्हाल्दै गर्दा ज्यान गुमाउनु भएको थियो । दाइले आफ्नो जीवन केवल म र मेरो परिवारका लागि गुमाउनु भएको होइन, देश र जन्ताको लागि गुमाउनु भएको थियो ।

तपाईकि श्रीमतीले पनि देश र जनताको लागि जीवन अर्पण गर्नु भयो । प्रमुख ज्यु, हामी सहिद परिवारहरुले, तिनै मरेकाहरुको नाममा अघाउन्जेल ब्याज भुलेर पनि खान खोज्ने होइन ।

शहिदको सम्मान घर भित्रको एउटा परिवारले खोज्ने पनि होइन, सिंगो समाजले आफै प्रदान गर्ने हो । आफ्नो सहिद श्रीमतीको सम्मान, तपाई आफैले खोज्ने होइन, यो समाजले बुझ्ने कुरा हो । मैले मेरो दाइको शहिद भएको सम्मान मैले खोज्ने होइन, त्यो समाजले आफै बुझ्ने छ ।

मेरो मतलब हाल रोल्पा जिल्लाको सुकिदह गाउँपालिका केन्द्रको स्थान र नाम फेर्ने कुराले कचिङ्गल उत्पन्न भईरहेको छ । त्यसमा पनि तपाइले आफ्नो शहिद श्रीमतीको नाममा गाउँपालिकाको नाम फेर्ने कुराले धेरैलाई न्यास्रो बनाएको छ । 

शहिदको सम्मान स्वरूप सहिदको नाममा गाउँपालिकाको नाम फेर्ने कुरा जायज होला तर उक्त कुराको छिनोफानो जनताले गर्न पाउनु पर्छ, जनताले नै अनुमोदन गर्न पाउनु पर्छ भन्ने मेरो तर्क हो ।

हो…हजारौ सहिदको बलिदानीले तपाईको भाषामा सिंहदरबारको अधिकार गाउँगाउमा आयो तर तपाई जनप्रतिनिधिहरुको एकलौटी शैलीले छोटे राजाहरुको नियति पनि गाउँगाउमा घुस्यो कि भन्ने आवास हुन्छ, प्रमुख ज्यु । सहिदको सम्मान समाज परिवर्तनले दिने हो, भूगोलको नाम परिवर्तनले दिने होइन । बिकाशले दिने हो तर गाउँपालिकाको नाम शहिदको नाम झुराउदैमा सम्मान हुनेहोइन । 

खासगरि आज स्थानीय सत्ता तपाई हाम्रो हातमा आएको यो बेला बिकाशका कुरा हुनुपर्ने हो । योजनाका बिषयमा बहस हुनुपर्ने हो तर रोल्पाको सुकिदह गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गराउने बिषयले किन कचिङ्गल मचाई रहनु भएको छ ? प्रमुख ज्यु ।


जनताले चुनेका जनप्रतिनिधिहरु जन चाहाना अनुरुप चल्नु पर्छ कि आफु खुसि चल्नु पर्छ, त्यो नयाँ संबिधानले बोलिरहेको छ तर राणाकालको जस्तो जंग बहादुर शैलीमा रातारात निर्णय हुने जमाना हराए प्रमुख ज्यु ।

यदि गाउँपालिकाको केन्द्र र नाम फेर्नु नै थियो भने उक्त सुकिदह गाउँपालिकाका जनताहरु संग अन्तर्क्रिया गरेर निर्णयमा पुगेको भए के हुन्थ्यो तर आफु खुसि निर्णय गर्ने अधिकार कसले दियो ? कि तपाईहरु सिहदरबारले खटाएका छोटे राजाहरु हो ?

आर्को ठुलो गम्भीर आरोप लाग्ने गरेको छ । जनताले चुनेर पठाएका जनप्रतिनिधिहरु जग्गा धन्दामा लागे भनेर, यो अत्यन्त दुखद कुरा छ । २ नम्बर वडाका अध्यक्ष भुपाल दमाइ ज्युले सानडाँडाको ४४६ कित्ता नम्बरको मोहोन सिङ घर्तीकि बिधुवा बुहारीको जग्गा रातारात ७० हजारमा किनेर ८ लाखको मासा हालेर आफ्नो नाउमा बनाउने, अनि त्यहि जग्गा गाउँपालिकामा बिक्रि गर्ने नियति राम्रो हुँदै होइन । ८ लाख मासा हालेर भुपालले आफ्नो नाममा पास गराएको जग्गा आज पचासौ लाखमा बिक्रि हुनेभयो ।

त्यसो भए, राज्यका योजनाहरु तिम्रा हातमा छन् र आज ७० हजार परेको जग्गा ५०औ लाखमा बिक्रि हुने भए तर आखिर ति बिधुवा महिला केवल ७० हजारमा खुम्चिन बाध्य भइन नि हैन र प्रमुख ज्यु ? के यो अत्याचार होइन ? तिनै बिधुवा सामु मुख देखाएर बस्नु पर्दैन ? बिधुवा महिलाको घर जग्गा सस्तोमा खरिद गरेर शहिदको नाम बेच्न मिल्ला र ? आखिर तिनले पनि त श्रीमान गुमाएकी छन् नि होइन ?

ठिक छ यदि उक्त ठाउमा गाउँपालिका बनाउनु नै थियो भने जग्गा धनिबाटै सिधै जग्गा खरिद गरि गाउँपालिका बनाउन किन सकिन्थ्यो ? बिचारी बिधुवालाई दुई पैसा भए उनका चिचिलाहरू पढन लेख्न पाउथे । यस्तो धन्दा सुनियोजित ढंगबाट तपाई केहि व्यक्तिहरुको मिलेमतोमा बनाइएको कुरा कहिँ कतै लुक्दैन प्रमुख ज्यु । यो शहिदको नाममा ठुलो गद्दारी र बदनामी हो ।

राज्यका योजनाहरुलाई अंकुश लगाएर योजनाहरुलाई आफुखुसि डाइभर्ट गर्दै कमाउ धन्दामा लाग्नु अपराधिक कार्य हो । यो सरासर गलत छ । यदि त्यहि ठाउमा केन्द्र बनाउने हौ भने वडा अध्यक्ष भुपाल दमाईले लिएको जग्गा तुरुन्त फिर्ता गर अनि ति बिधुवा महिलाबाट गाउँपालिकाले चल्तीको मूल्य अनुसार जग्गा खरिदगरि केन्द्र बनाउ नत्र तिमीहरु महा लुटेरा हौ ।

सहिदको सम्मान गर्नुनै छ भने सुकिदह गाउँपालिका भित्र एउटा सहिद पार्क बनाउ । त्यसमा जनताले साथ् दिनेछन । सुकिदह नाम आफैमा धार्मिक र सांस्कृतिक महत्व बोकेको ठाउ हो यसलाई पर्यटन क्षेत्रका रुपमा केवलकार हालेर बिकाश गरौ र पर्यटन क्षेत्र बनाइ दुनियालाई आकर्षणको केन्द्र बनाउ ।

नत्र लुटको धन्दा सुरु गरिसकेउ, अब सुकिदहलाई धुलोमा मिलाउ । तपाई जनप्रतिनिधिहरुका हरेक योजनाहरु हामीले नजिक बाट हेरिरहेका छौ । राज्यबाट आउने हरेक योजनाहरुलाई कमिसन मुखी बनाएर पैसा असुली तिर लगाउदै हुनुहुन्छ । यसको लेखाजोखा आर्को पत्रमा बिस्तार गरौला ।

उही शहिद प्रज्वलको भाई ‘जय प्रकाश घर्ति’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता