Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
खोटाङ्ग - KTG

कैलाश राईको यात्रा: मिष्टर नेपालदेखी माछा पालन सम्म

k By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा/पुस ११, खोटाङ । लामिडाडाँ गाउँपालिका कुभिण्डे दुईका कैलाश राईको सपना लाहुरे हुने थियो । लाहुरे हुने, शरहमा घर बनाउने अनि, विवाह गरेर श्रीमतीलाई सुखसयलमा राख्ने । तर, उनको त्यो सपना कहिल्यै पुरा भएन ।

फलत: उनी लाहुरे हैन ब्यवसायिक माछा पालक बने । आफ्ना बाउबाजे लाहुरे भन्दै आएको परम्पराको बिडो थाम्नबाट चुके ।

खोटाङ कुभिण्डे गाउँको रत्नराज्य लक्ष्मी उच्च माविबाट प्रारम्भिक शिक्षा शुरु गरेका राईले सोही गाउँपालिकाको वडा नं. ६ हांैचुरबाट २०५९ सालमा प्रबेशिका परिक्षा पास गरेका हुन् । धरानस्थित महेन्द्रदय उच्च माविमा उच्च शिक्षा अध्ययन गर्दागर्दै लाहुरे भिड्नका लागि कैलाशले कलेजको पढाईलाई समेत पुर्णबिराम लगाए ।

राजधानीस्थित महाराजगंञ्जमा रहेको बुल्स ट्रेनिङ सेन्टरमा दुईवर्ष होस्टेल बसे, भरपुर लाहुरेको ट्रेनिङ गरे ननस्टप तीन पटक पोखरा पनि पुगे यद्यपी, आँखाको परिक्षणमा फेल भए । उनले भने, ‘शिक्षामा त पास भए तर, आई टेष्टमा सधै फालिए लाहुेर बन्ने सपना अधुरो रह्यो, लाहुरेप्रती बितृष्णा पैदा हुदै गयो ।’

लाहुरेको सपनाले कहिले छोडेन, संगैका साथीहरु लाहुरे बनेर जाँदा उहाँको मनमा चिसो पसिरहेको हुन्थ्यो । ४ वर्षको अवधिमा लाहुरे लाग्न उनले १२ लाख खर्च गरे तर, लाहुरे हुन सकेनन् । ठुलो धनराशी जानु अनि उद्धेश्य पुरा नहुनुले उहाँको मन थिरमा रहेन । के गर्ने, कसो गर्ने भनेर उनी बिरक्तिएर काठमाण्डौमा बरालिदै बसे ।

लाहुरेको चक्करमा हण्डर खाएका राईले २०६९ सालमा सगरमाथा अञ्चलबाट मिष्टर नेपाल ट्यालेन्ट शोमा भाग लिए । आफ्नो सौन्दर्यता प्रस्तुत गर्दै गए । त्यसमा पनि उनले फाईनलिष्टमा चित्त बुझाउनुप¥र्यो । मिष्टर नेपाल ट्यालेन्ट शोमा भाग लिएको वर्षदिनपछी उनले पुनः फेशन डिजाईन कोर्ष शुरु गरे ।

काठमाण्डौस्थित आईएस्सी कलेजमा भर्नागरी अध्ययन गरिरहेका राई फेशन डिजाईनरको सपना बोकेर हाल आफ्नै गाउ फर्केर व्यावसायिक रुपमा ७ किसिमका हाईब्रिड माछा पालन गरिहरेका छन् ।

लाहुरे, मिष्टर नेपाल, फेशन डिजाईनर पछि उनले, लामिडाडाँ गाउँपालिका २ कुभिण्डेमा ब्यवसायिक रुपमा ८ रोपनी जग्गामा कैलाश भिजन माछा फर्म शुरु गरेको हो । जिल्लाको हकमा ब्यवसायिक माछा पालक उनी पहिलो हो ।

मच्छेबिकास निर्देशनालय बालुजा माछापोखरीबाट प्राविधिक झिकाई जग्गा पहिचान तथा भौगोलिक बनावट अनुसार ४ वर्ष अगाडीबाट माछा पालन गरेका राईले हालसम्म तीन क्वीन्टल माछा ब्यापार गरिसकेका छन् । करीब १८ लाखको लगानाीमा थालनी गरिएको माछा फर्ममा ७ थरीका माछा रहेको छ ।

फर्ममा ग्रासकाफ, सिल्भर, ब्रिगेट, कमनक्राफ, जर्मन क्राफ, नइनी र रहुं नाम गरेका माछा रहेको छ । फर्मबाट उत्पादित माछा स्थानिय ऐसेलुखर्क बजार, दिक्तेल, जालपा, नुनथला लगायतमा विक्री हुने गर्दछ । कती त फर्ममै माछा खरीद गर्न आउने गरेका छन् ।

उनले भने, ‘पानीका मुहान, माछाका खानेकुराहरु बाह्य स्थानबाट सप्लाई गर्न नपर्ने स्थानिय स्तरका अर्गानिक खाने कुरा भएका र जयरामघाटमा पक्की पुल सञ्चालन भए पश्चात बजारको माग बढ्दै गएको छ ।’

जिन्दगीमा धेरै कुरामा धोका खाएका उनले माछा व्यवसायबाट जिल्लामा संमृद्ध बन्ने बताएका छन् । बजार माग बढ्दै गएकाले गत फागुनबाट १ लाख माछाको भुर्रा लगाएको राईले बताउनुभयो ।