२२ कार्तिक २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘खोटाङ आईडल: पहिलो चरणको अडिसन सकियो, १ सय ६८ जना छनौट

१८ पुष २०७४, मंगलवार १५:१८

चिसाङ शेर्पा/पुस १८, खोटाङ । पुर्बी पहाडी जिल्ला खोटाङमा भईरहेको जिल्ला स्तरिय सांगितिक रियालिटी शो ‘खोटाङ आईडलको पहिलो चरणको अडिसन समापन भएको छ । 

‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने योजनाका साथमा सञ्चालित ‘खोटाङ आईडलले रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट ७७ जना प्रर्तिष्पर्धीमध्ये ४५ जना प्रतिभालाई दोश्रो चरणको लागि छनौट गर्दै पहिलो चरणको अडिसन सम्पन्न गरेको हो ।


छनौट हुनेमा, राजेश राई, रोशन लिङदेन, प्रदिप राई, अनुका राई, समिता राई, संजिब राई, आयुष राई, सुमन थुलुङ, पुष्कल राई, अमित राई, दिपक कोइ राई, बिनय राई, अजय राई, रोहित चाम्लिङ, परिधि राई, राईसर चाम्लिङ, तेज राई, केदार अनुरागी, प्रबेश राई, मिलन गुरुङ, मुक्ति राई, पर्शुराम गजमेर, अजय गदाल, सुनिल विष्ट, बिरेन गुरुङ, देबेन्द्र रोक्का, नवराज ढकाल, निशा राई, संग्राम राई, सन्तोष राई, विरमनि राई, यादव श्रेष्ठ, सिर्जना राई, युकेश राई, शम्भु राई, दिलसाङ राई, साजन राई, आयन राई, जेशन गुरुङ, उमेश राई, सरोज राई, ललिता तामाङ, रत्नराज राई, नितेन्द्र राई र रमेश राई छनौट भएका छन् ।  

दुई नगरपालिका, आठ गाउँपालिका रहेको खोटाङमा पहिलो चरणको लागि ११ स्थानमा अडिसन राखिएको थियो । त्यहाँबाट बालबालिकादेखी युवायुवती र बयष्कसम्म दोश्रो अडिसनका लागि छनौटमा परेका छन् । 

गत मंसिर २३ गतेबाट शुरु भएको सांगितिक रियालिटी शोमा साकेला गाउँपालिका रतन्छाबाट १०, दिप्रुङ गाउँपालिका ११, खोटेहाङ गाउँपालिका १६, जन्तेढुंगा गाउँपालिका ८, बराहपोखरी गाउँपालिका ९, केपिलासगढी गाउँपालिका १६, ऐसेलुखर्क गाउँपालिका १०, लामिडाडाँ गाउँपालिकाबाट ७, हलेसी तुवाचुङ नगरपालिका १५, रुपाकोट मझुवागढी नगरपालिका बुईपा २१ र सोही नगरपालिकाको दिक्तेलबाट ४५ जना खोटाङ आईडलको दोश्रो चरण अडिसनका लागि छानिएका छन् ।


आयोजक परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिकाका अनुसार गाउँपालिका र नगरपालिकाको पहिलो चरण अडिसनबाट १ सय ६८ जना दोश्रो चरणमा भाग लिन सफल भएका छन् । 

छनौटमा परेका प्रर्तिष्पर्धीहरु छिटफुट बाहेक प्राय: साना उमेरका छन् । उमेरमा साना भएता पनि कला र गलामा निखारता भएका प्रतिभाहरु छन् । “उनीहरुले जिल्लालाई गायनको क्षेत्रबाट योगदान पु¥र्याउछन् भन्ने उद्देश्यले दोश्रो अडिसनका लागि हामीले छनौट गरेका हौ । कार्यक्रम संयोजक जिबन कुमार राईले भने, छनौट भएका १६८ जनामा अधिकांसको उमेर २० वर्षभन्दा तल रहेको छ ।” 

गाउँपालिका र नगरपालिमा रहेका सहआयोजकसँगको सहकार्य तथा प्रवासमा रहेका खोटाङगेहरुको आर्थिक सहयोगमा करीब १४ लाखको लागतमा सञ्चालन भएको सांगितिक रियालिटी शोमा लामिडाडाँ गाउँपालिका खार्पा २ बाट १० वर्षिय बालिका ईशारा चेली राई र केपिलासगढी गाउँपालिका बाकाचोलदेखी १२ बर्षिय कञ्चन राई खोटाङ आईडलको दोश्रो अडिसनमा परेकी छन् ।

संगीतकार, गायक तथा पुर्वेली सरगम संगीत विद्धालयका सदस्य भक्त बिक, राजन पुर्बेली, गायक पृती जिम्बा, अटल राई र पुर्वाञ्चल आईडल टप थ्री दिपेशपायल राईको निर्णयबाट उनीहरु दोश्रो चरण अडिसनका लागि छानिएका हुन् । 

रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्टले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।


खोटाङ आईडलको दिक्तेल अडिसनमा गीत गाउँदै १२ बर्षिय सञ्जय गदाल। तस्बिर: चिसाङ शेर्पा

दोश्रो अडिसन पुस अन्तिममा 

खोटाङमा जिल्लाब्यापी रुपमा सञ्चालन भईरहेको सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ अहिले बहुत चर्चामा रहेको छ । जिल्लामा रहेका कला र गलालाई बिश्वसामु पु¥र्याउन कुनाकन्दरामा लुकेर रहेका प्रतिभाको खोजिको पहिलो चरण सकिएको छ ।

परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका र गाउँपालिकामा भएको सहआयोजकको सहकार्यमा भईरहेको खोटाङ आईडलले कला र गलालाई एकसाथ बाहिर ल्याउने प्रयत्न गर्दैछ । एघारौं स्थानबाट सांगितिक रियालिटी शोमा १ सय ६८ जना छनौटमा परेका छन् । गत मंसिर २३ गते साकेला गाउँपालिकाको रतन्छाबाट शुरु खोटाङ आईडलको सम्बन्धमा कार्यक्रम संयोजक जिबन कुमार राईलाई सोधिएको प्रश्नको संपादित अंश ।

खोटाङ आईडल गराउने योजना कहाँबाट आयो ?


म आफै संगित क्षेत्रमा रुचि भएको मान्छे हुं, पुर्वाञ्चल आईडलको टप २०, नेपाल आईडलको पहिलो राउण्ड र ईटहरीस्थित नमस्ते एफएफले आयोजना गरेको नमस्ते आईडलको टप पाँचवाट बाहिरीएको थिए । यस्तै, हाम्रा कार्यक्रम ब्यवस्थापक तथा पुर्वाञ्चल आईडल टप थ्री दिपेश पायल राई सांगितकक्षेत्रका ब्यक्ति हुनुहुन्छ । समग्रमा हामी संगित क्षेत्रमा भएकाले टिमनै लागेर खोटाङ आईडलको योजना गरेका हौ । मुलत ः सिक्ने सिकाउने उद्देश्यले गरेका हौ ।  

कती रकमको आयोजनामा खोटाङ आईडल गर्दै हुनुहुन्छ । अनि आय स्रोत के हो ?

कार्यक्रमको रुपरेखा अनुसार अनुमानित १४ लाखको हो । आयस्रोत भनेको प्राय बाहिरी मुलुकमा रहेका संगितप्रेमीहरुबाट नै हो । अहिलेसम्म हामीलाई सहयोग गर्नेमा धेरै प्रवास र कार्यक्रमका लागि वितरित फर्म शुल्क, सहयोग रसिद रहेको छ । थप सहयोगको लागि गाउँपालिका, नगरपालिका, निर्माण व्यावसायी संघ, खोटाङ उधोग बाणिज्यसंघलाई प्रस्ताव पेश गरेका छौ । भावि दिनमा भोटिङ सिष्टम पनि हो ।   

पहिलो चरणको अडिसन सकिएको छ । कस्तो रह्यो १ सय ६८ जना प्रतिभा छनौट गर्दाको यात्रा ?

कार्यक्रम स्थलसम्म पुग्न सकस त भयो नै त्यसमा पनि हाम्रो एकजना निर्णयक भक्त बिक दृष्टिविहिन हुनुहुन्छ । जो संगीतकार, गायक तथा पुर्वेली सरगम संगीत विद्धालयका सदस्य हुनुहुन्छ । तर, पनि गाउँपालिका र नगरपालिकामा रहेको सहआयोजकको व्यवस्थापन सौहार्दपुर्ण थियो । अहिलेसम्मको अडिसनले बालकदेखी बयष्कसम्मलाई स्थान दिएको छ । 

दोश्रो अडिसन कहिले हुन्छ ?

मंगलबार दिक्तेलमा पहिलो चरणको अडिसन सकिएको छ । पुसको अन्तिमबाट दोश्रो अडिसन शुरु हुन्छ । त्यसका लागि आयोजक आजैबाट गृहकार्यमा जुट्ने छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली राष्ट्रपति पौडेल स्वदेश फिर्ता मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले नेप्सेमा ११ अंकको गिरावट मारमा मौरीपालक किसान एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय अनौठो ‘स्काई केभ’ राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’ पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल