४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रारा जाउँ, मुर्माटप नछुटाऊँ (फोटो फिचर)

२१ माघ २०७४, आईतवार ०८:१६

नन्द बहादुर रोकाया | माघ २१, मुगु | नेपालकै सबैभन्दा ठुलो तालका रुपमा परिचित रारा ताल प्रदेश नम्बर ६ को प्रमुख पर्यटकिय केन्दका रुपमा हेरिन्छ । अन्य प्रदेशका हिसावमा प्रदेश नम्बर ६ प्राकृतिक स्रोत साधनले पनि धनी छ । 

हरेकको नजरमा रारा छ, रारा हेर्न देश तथा बिदेशका आन्तरिक तथा बाहिय पर्यटक रारा पुग्छन ।  रारा पुग्दैमा सबै मनोरमदृश्य देख्न पाईदैन त्यसका लागी ४५ मिनेटको उकालो चढी मुर्माटपमा जाउँ , राराको मनोरमदृश्य संगै कान्जिरोवा हिमाल,सिस्ने सैपाल हिमाल लगायत प्रदेश नम्बर ६ र ७ का मनोरमदृश्य मज्जालेनै नियाल्न पाईन्छ । 

समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा देखिन्छ । 

काठमाण्डौंबाट पहिलो चोटी रारा ताल घुम्न आएका बिशाल हमालले पनि यस्तै अनुभव गर्नु भयो । मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा हेर्ने पर्यटकहरु बढेका छन् अचेल । २०६९ साल पौष १ गते सडक उद्घाटन भई सदरमुकाम गमगडीसँग जोडिएको रारामा  यसको एकवर्ष पछि नियमित रुपमा गाडी चल्न थाल्यो । त्यस यता रारा आउनेलाई सजिलो भयो ।

 रारा आउने प्रर्यटक रारासम्मको लक्ष्य लिईएर मात्र आउने गर्दछन । रारा आईसकेका पर्यटकले एक पटक रारासंग रमाउन मुमाटर्प जानैपर्ने र राराको चित्रण गर्न सकिन्छ ।

तश्विर: नन्दबहादुर रोकाया / साझासबाल मुगु 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट