2026-09-19 08:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ: थन्कियो नगरपालिकाको दमकल, आगलागी भए हेर्न शिवाय उपाय छैन

चिसाङ शेर्पा/माघ २२, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिकाको एकमात्र अग्नि नियन्त्रक दमकल महिनादिनयता बिग्रिएर थन्केको छ । 

गत पुस १८ गते हलेसीबजारमा भएको आगोलागी नियन्त्रण गर्न सदरमुकाम दिक्तेलबाट हलेसी हिडेको दमकल ईन्जिनमा समस्या आएपछि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा थन्केर बसेको हो ।

महादेबस्थान–७ हलेसीबजारमा खाना पकाउने ग्यास सिलिण्डर पड्केर शुरु भएको आगो निभाउन राती दिक्तेलबाट हलेसी हिडेको दमकल अर्खौलेस्थित भञ्ज्याङ भनिने सडकविचमा महिना दिन एकतर्फी बाटो छेकेर बसेको छ । हिउँद तथा सुख्खायाम शुरु हुंदै गर्दा आगोलागीका घट्ना बढ्ने सम्भावना हुंदासमेत नगरपालिकाले दमकल मर्मत गरेर चुस्त राख्न सकेको छैन ।

पुस १८ गते रातीनै मुढेपुग्दा दमकलको ईन्जिनमा सामान्य समस्या देखिएको थियो । आपतकालिन अवस्था रहेकाले हलेसी पुग्नलाई दमकल अगाडी बढाईदा अर्खौले पुग्दा पुरै ईन्जिन बिग्रिएको दमकल चालकलाई उदृत गर्दै रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

भारतबाट गाडीको ईन्जिन बिराटनगर आईपुगेको छ । रिजाले भने, ड्राईभर १५ दिन सोही काममा खटेका छन् । बढीमा १÷२ दिनमा दमकल बन्नेछ । जिल्लाका सडक सञ्जाल पुगेको ठाउँमा नै आगलागी भए हेर्न शिवाय उपाय नभएको स्थानियहरु बताउँछन् । 

नगरपालिकाको लापारबाहीकै कारण यसअघि पनि दमकल खाशै प्रभावकारी नभएको भुक्तभोगीहरुको भनाई छ । 

तस्बिरमा अर्खौलेमा थन्केर बसेको नगरपालिकाको दमकल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई