२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

ठेकेदारको लापरबाहीले साप्सु खोला मोटरेबल पुल निर्माणकार्य सुस्त

२७ माघ २०७४, शनिबार ०३:४०

चिसाङ शेर्पा/माघ २७, खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ गाउँपालिका–४ बतासे जोड्ने साप्सु खोलाको मोटरेबल पुल निर्माणको काम सुस्त देखिएको छ । 

छोटो दुरीमा तराई झर्ने दिक्तेल–गाईघाट सडकखण्ड अन्र्तगतको साप्सु खोलाको मोटरेबल पुल निर्माणको काममा ढिलापन देखिएको हो ।

कान्छाराम कन्ट्रक्सन÷देव एण्ड सायर जभीले ७ करोड ४० लाखको लागतमा २०७० साल बैशाखमा सम्झौता भएर ०७३ साल बैशाखमा सक्ने सम्झौता भएतापनि हालसम्म  पुलको फर्माका काम सकाएर बिम ढलानका लागी डण्डी बाँध्ने काम मात्र भइरहेको छ । 


सम्झौता अवधिमा साप्सु पुल निर्माण नभएपछि  पुनः एकबर्षका लागि दोश्रोपल्ट थप भएको म्याद पनि गत बैशाख महिनामै गुज्रिएको छ । म्याद थपेको समय सकिएर आठ महिना बितिसक्दा समेत पुल निर्माणले गति लिन नसकेको स्थानीयवासीको गुनासो छ । 

पुल निर्माणको काममा ठेकेदार कान्छाराम कन्ट्रक्सन÷देव एण्ड सायर जभीको चरम ढिलासुस्ती र लापारबाही देखिएको स्थानीयको गुनासो छ । समयमा पुल निर्माण नहुँदा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

हिउँदमा उक्त सडक सञ्चालन भए पनि पुलकै कारण गाडी नदीभित्रैबाट र मोटरबाईक झोलुङगे पुलबाट तार्नुपर्ने बाध्यता छ ।

हाल पुलको फर्माको काम सकेर बिम ढलानका लागि डण्डी बाँध्ने काम भइरहेको कान्छाराम कन्ट्रक्सन/देव एण्ड सायर जेभीका प्रतिनिधि कर्ण खत्रीले बताए । 

पुल निर्माणमा ढिलासुस्ती गरेकामा गतवर्ष १४ लाख पेनाल्टी तिरेको ठेकेदारले यसपल्ट पनि लाखौं पेनाल्टी तिर्दैछ । 

पहिलो पटक थपेको म्याद सकिसक्दा समेत पुल निर्माणको कामले गति नलिदा दोस्रो पटक म्याद थप्नुपर्ने देखिएको छ । तोकिएको मितिमा पुल निर्माणको काम नहुँदा जिल्लामा ठेकेदारको चर्को आलोचना भइरहेको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य