२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानाध्यापकद्वारा आफ्नै छात्रासँग जबरजस्ती अनैतिक कार्य, १७ वर्षीय बालिकाको रहस्यमय मृत्यु

२०७४, २ फाल्गुन बुधबार १५:३३

माघ २, काठमाडौ । हुम्ला नाम्खा गाउँपालिकाकी छात्रा सिचुडोमा लामाको रहस्यमय हत्या प्रकरणको छानवीन गरी पीडितलाई न्याय दिलाई दिन सरोकारवालाहरुले अनुरोध गरेका छन् । 

उनीहरुले काठमाडौको संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै सोही अनुरोध गरेका हुन् । पत्रकार सम्मेलनमा हुम्लाबाट प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामाले घटना रहस्यमय भएको बताउँदै छानविन गरी दोषिलाई कारवाहीको माग गरेका छन् । 


लामाले घटनाको सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरे । त्यसैगरी पत्रकार सम्मेलनमा टुक्चुलु्ङ समाज बौद्धका अध्यक्ष सुनाम लामा, आमा समूह काठमाडौँका अध्यक्ष सुना याङ्जेन लामा, हिमाली बाल समाज हुम्लाका अध्यक्ष कुमार लामा, कैलाश मानसरोबर चिल्ड्रेन अफ हुम्लाका अध्यक्ष छेम्बल लामा, नेपाली हिमाल लामा विद्यार्थी एकता मञ्चका अध्यक्ष जंडुप लामा, कैलाल वाल प्रतिस्ठानका अध्यक्ष पेमा तोप्चेन लामाले संयुक्त विज्ञप्ति जारी गरी दोषिलाई कारवाहीको माग गरेका थिए । 

पत्रकार सम्मेलनमा हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ५ को तुम्कोट निवासी लेण्डोमिन्गुर लामा तामाङको १७ वर्षीय छोरी सिचुडोमा लामा कक्षा १० मा श्री महाबौद्ध माद्यमिक विद्यालय याल्बाङबाट उतीर्ण भई एसईईको तयारी गरिरहेको जानकारी दिइएको थियो । 

सोही विद्यालयका प्रधानाध्यापक धनलाल रोकाया बस्ने घरमा बसी पढिरहेकी सिचुडोमालाई अनैतिक कार्य गरी गर्भ पतन गराउन खोज्दा बालिकाको मृत्यु भएको सरोकारवालाका आरोप छ । 

“घटनाको उजुरी बाबु लेण्डोमिन्गुर लामा तामाङले जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दर्ता गर्न खोज्दा जिप्रका हुम्लाले आफ्नो क्षेत्राधिकार नपरेको र उक्त उजुरी पोखरामा दिनु भनी आलटाल गरेको अवस्थामा माघ १४ गतेका दिन जिल्ला वाल कल्याण समिति हुम्ला र लामा साँस्कृतिक मञ्च हुम्लाको दवावमा माघ २६ गते आएर मात्र जिल्ला प्रहरी कार्यालय हुम्लाले उजुरी दर्ता गर्न मानेको थियो ।


यसरी सर्वसाधरणले न्याय पाउन नसकेका बेला पीडित बाबुले हाम्रो समाजलाई पनि न्याय माग्दै अनुरोध गर्नुभयो ।  यसरी हामीलाई विद्यालय प्रधानाध्यापक धनलाल रोकायाको गैर जिम्मेवार ब्यवहारमा यौन उन्मादीका कारण एउटी चेलीको दुःखद मृत्यु भएको खवर सु्न्न परिरहेको छ । हामी यस घटनाको घोर भत्र्सना गर्दै गहिरो गरी न्यायिक रुपमा छानवीन होस् र पीडितले न्याय पाओस् भनी सरकारसँग माग गर्दछौ” पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ । 

छात्रा लामा विरामी हुँदा शिक्षक रोकायाले सिधै पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए । सोही क्रममा छात्राका मृत्यु भएको थियो । जबकी आपत्तकालिन अवस्थामा सुर्खेत वा नेपालगंज ल्याउनु पर्नेमा पोखरा पुर्याएको भन्दै सरोकारवालाहरुले षड्यन्त्र गरिएको बताएका छन् । 

छात्रा लामाको पोस्टमार्टमको क्रममा बालिकालाई मानसिक विरामी भएको भन्दै प्रहरीमा मामाको नाममा दरखास्त दिन लगाइएको छ । घर परिवारलाई जनकारी नगराएरै पोखरामै छात्राको अन्त्यष्टी गरिएको थियो । 


जारी विज्ञप्ति 


प्रेस वक्तब्य

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ५ को तुम्कोट निवासी लेण्डोमिन्गुर लामा तामाङको १७ वर्षीय छोरी सिचुडोमा लामा कक्षा १० मा श्री महाबौद्ध माद्यमिक विद्यालय याल्बाङबाट उतीर्ण भई एसईईको तयारी गरिरहेकी थिइन् । 

त्यही क्रममा उनी महाबौद्ध माद्यमिक विद्यालय याल्बाङमा ट्युसन पढ्न गएकी थिइन् । उनी त्यस विद्यालयका प्रधानाध्यापक धनलाल रोकाया बस्ने घरमा बसी पढिरहेकी थिइन् । हामीलाई जानकारी भएअनुसार, सिचुडोमा २०७४ पुस २३ गते राति एकाएक भागेर घर पुगेको, घटनाक्रम बुझ्दा प्रअले जबरजस्ती करणी गर्न खोज्दा भागेर आएको, एसइइको तयारी गर्नपर्ने बाध्यताका कारण फेरि पढ्न गएको केही दिनमै एकाएक विरामी भनी घरपरिवारलाई समेत कुनै जानकारी नदिई माघ ७ गते असाधरण रुपमा पाएक नपर्ने ठाउँ पोखरामा हेलिकोप्टर मगाई पु¥याएको र त्यही क्रममा पोखराको मणिपाल अस्पतालमा माघ ८ गते विहान ३ बजे मृत्यु भएको भन्ने सुनियो ।  

यो घटनाको उजुरी बाबु लेण्डोमिन्गुर लामा तामाङले जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दर्ता गर्न खोज्दा जिप्रका हुम्लाले आफ्नो क्षेत्राधिकार नपरेको र उक्त उजुरी पोखरामा दिनु भनी आलटाल गरेको अवस्थामा माघ १४ गतेका दिन जिल्ला वाल कल्याण समिति हुम्ला र लामा साँस्कृतिक मञ्च हुम्लाको दवावमा माघ २६ गते आएर मात्र जिल्ला प्रहरी कार्यालय हुम्लाले उजुरी दर्ता गर्न मानेको थियो । 

यसरी सर्वसाधरणले न्याय पाउन नसकेका बेला पीडित बाबुले हाम्रो समाजलाई पनि न्याय माग्दै अनुरोध गर्नुभयो ।  यसरी हामीलाई विद्यालय प्रधानाध्यापक धनलाल रोकायाको गैर जिम्मेवार ब्यवहारमा यौन उन्मादीका कारण एउटी चेलीको दुःखद मृत्यु भएको खवर सु्न्न परिरहेको छ । हामी यस घटनाको घोर भत्र्सना गर्दै गहिरो गरी न्यायिक रुपमा छानवीन होस् र पीडितले न्याय पाओस् भनी सरकारसँग माग गर्दछौ । 

यस घटनालाई सामान्य अर्थमा नलिई दिन समाज ब्युझाउने तपाई पत्रकार तथा नागरिक समाजले न्यायिक आवाज उठाई सत्य, तथ्यको छानवीन गराई दोषीमाथि कारवाही गराई दिने वातावरण निर्माण गरि दिन पनि हार्दिक अनुरोध गर्दछौ । 


१. सुनाम लामा, अध्यक्ष, टुक्चुलुङ समाज बौद्ध, काठमाडौ 

२. सुना याङ्जेन लामा, अध्यक्ष, आमा समुह काठमाडौ

३. कुमार लामा, अध्यक्ष हिमाली वाल समाज हुम्ला

४. छेम्बल लामा, अध्यक्ष, कैलाश मानसरोवर चिल्ड्रेन अफ हुम्ला

५. जंडुप लामा, अध्यक्ष, नेपाल हिमाली लामा विद्यार्थी एकता मञ्च, काठमाडौ

६. पेमा तोप्चेन लामा, अध्यक्ष कैलाश वाल प्रतिष्ठान हुम्ला 

मितिः २०७४ फागुन २ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै