२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानाध्यापकद्वारा आफ्नै छात्रासँग जबरजस्ती अनैतिक कार्य, १७ वर्षीय बालिकाको रहस्यमय मृत्यु

२ फाल्गुन २०७४, बुधबार १५:३३

माघ २, काठमाडौ । हुम्ला नाम्खा गाउँपालिकाकी छात्रा सिचुडोमा लामाको रहस्यमय हत्या प्रकरणको छानवीन गरी पीडितलाई न्याय दिलाई दिन सरोकारवालाहरुले अनुरोध गरेका छन् । 

उनीहरुले काठमाडौको संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै सोही अनुरोध गरेका हुन् । पत्रकार सम्मेलनमा हुम्लाबाट प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामाले घटना रहस्यमय भएको बताउँदै छानविन गरी दोषिलाई कारवाहीको माग गरेका छन् । 


लामाले घटनाको सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरे । त्यसैगरी पत्रकार सम्मेलनमा टुक्चुलु्ङ समाज बौद्धका अध्यक्ष सुनाम लामा, आमा समूह काठमाडौँका अध्यक्ष सुना याङ्जेन लामा, हिमाली बाल समाज हुम्लाका अध्यक्ष कुमार लामा, कैलाश मानसरोबर चिल्ड्रेन अफ हुम्लाका अध्यक्ष छेम्बल लामा, नेपाली हिमाल लामा विद्यार्थी एकता मञ्चका अध्यक्ष जंडुप लामा, कैलाल वाल प्रतिस्ठानका अध्यक्ष पेमा तोप्चेन लामाले संयुक्त विज्ञप्ति जारी गरी दोषिलाई कारवाहीको माग गरेका थिए । 

पत्रकार सम्मेलनमा हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ५ को तुम्कोट निवासी लेण्डोमिन्गुर लामा तामाङको १७ वर्षीय छोरी सिचुडोमा लामा कक्षा १० मा श्री महाबौद्ध माद्यमिक विद्यालय याल्बाङबाट उतीर्ण भई एसईईको तयारी गरिरहेको जानकारी दिइएको थियो । 

सोही विद्यालयका प्रधानाध्यापक धनलाल रोकाया बस्ने घरमा बसी पढिरहेकी सिचुडोमालाई अनैतिक कार्य गरी गर्भ पतन गराउन खोज्दा बालिकाको मृत्यु भएको सरोकारवालाका आरोप छ । 

“घटनाको उजुरी बाबु लेण्डोमिन्गुर लामा तामाङले जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दर्ता गर्न खोज्दा जिप्रका हुम्लाले आफ्नो क्षेत्राधिकार नपरेको र उक्त उजुरी पोखरामा दिनु भनी आलटाल गरेको अवस्थामा माघ १४ गतेका दिन जिल्ला वाल कल्याण समिति हुम्ला र लामा साँस्कृतिक मञ्च हुम्लाको दवावमा माघ २६ गते आएर मात्र जिल्ला प्रहरी कार्यालय हुम्लाले उजुरी दर्ता गर्न मानेको थियो ।


यसरी सर्वसाधरणले न्याय पाउन नसकेका बेला पीडित बाबुले हाम्रो समाजलाई पनि न्याय माग्दै अनुरोध गर्नुभयो ।  यसरी हामीलाई विद्यालय प्रधानाध्यापक धनलाल रोकायाको गैर जिम्मेवार ब्यवहारमा यौन उन्मादीका कारण एउटी चेलीको दुःखद मृत्यु भएको खवर सु्न्न परिरहेको छ । हामी यस घटनाको घोर भत्र्सना गर्दै गहिरो गरी न्यायिक रुपमा छानवीन होस् र पीडितले न्याय पाओस् भनी सरकारसँग माग गर्दछौ” पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ । 

छात्रा लामा विरामी हुँदा शिक्षक रोकायाले सिधै पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए । सोही क्रममा छात्राका मृत्यु भएको थियो । जबकी आपत्तकालिन अवस्थामा सुर्खेत वा नेपालगंज ल्याउनु पर्नेमा पोखरा पुर्याएको भन्दै सरोकारवालाहरुले षड्यन्त्र गरिएको बताएका छन् । 

छात्रा लामाको पोस्टमार्टमको क्रममा बालिकालाई मानसिक विरामी भएको भन्दै प्रहरीमा मामाको नाममा दरखास्त दिन लगाइएको छ । घर परिवारलाई जनकारी नगराएरै पोखरामै छात्राको अन्त्यष्टी गरिएको थियो । 


जारी विज्ञप्ति 


प्रेस वक्तब्य

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ५ को तुम्कोट निवासी लेण्डोमिन्गुर लामा तामाङको १७ वर्षीय छोरी सिचुडोमा लामा कक्षा १० मा श्री महाबौद्ध माद्यमिक विद्यालय याल्बाङबाट उतीर्ण भई एसईईको तयारी गरिरहेकी थिइन् । 

त्यही क्रममा उनी महाबौद्ध माद्यमिक विद्यालय याल्बाङमा ट्युसन पढ्न गएकी थिइन् । उनी त्यस विद्यालयका प्रधानाध्यापक धनलाल रोकाया बस्ने घरमा बसी पढिरहेकी थिइन् । हामीलाई जानकारी भएअनुसार, सिचुडोमा २०७४ पुस २३ गते राति एकाएक भागेर घर पुगेको, घटनाक्रम बुझ्दा प्रअले जबरजस्ती करणी गर्न खोज्दा भागेर आएको, एसइइको तयारी गर्नपर्ने बाध्यताका कारण फेरि पढ्न गएको केही दिनमै एकाएक विरामी भनी घरपरिवारलाई समेत कुनै जानकारी नदिई माघ ७ गते असाधरण रुपमा पाएक नपर्ने ठाउँ पोखरामा हेलिकोप्टर मगाई पु¥याएको र त्यही क्रममा पोखराको मणिपाल अस्पतालमा माघ ८ गते विहान ३ बजे मृत्यु भएको भन्ने सुनियो ।  

यो घटनाको उजुरी बाबु लेण्डोमिन्गुर लामा तामाङले जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दर्ता गर्न खोज्दा जिप्रका हुम्लाले आफ्नो क्षेत्राधिकार नपरेको र उक्त उजुरी पोखरामा दिनु भनी आलटाल गरेको अवस्थामा माघ १४ गतेका दिन जिल्ला वाल कल्याण समिति हुम्ला र लामा साँस्कृतिक मञ्च हुम्लाको दवावमा माघ २६ गते आएर मात्र जिल्ला प्रहरी कार्यालय हुम्लाले उजुरी दर्ता गर्न मानेको थियो । 

यसरी सर्वसाधरणले न्याय पाउन नसकेका बेला पीडित बाबुले हाम्रो समाजलाई पनि न्याय माग्दै अनुरोध गर्नुभयो ।  यसरी हामीलाई विद्यालय प्रधानाध्यापक धनलाल रोकायाको गैर जिम्मेवार ब्यवहारमा यौन उन्मादीका कारण एउटी चेलीको दुःखद मृत्यु भएको खवर सु्न्न परिरहेको छ । हामी यस घटनाको घोर भत्र्सना गर्दै गहिरो गरी न्यायिक रुपमा छानवीन होस् र पीडितले न्याय पाओस् भनी सरकारसँग माग गर्दछौ । 

यस घटनालाई सामान्य अर्थमा नलिई दिन समाज ब्युझाउने तपाई पत्रकार तथा नागरिक समाजले न्यायिक आवाज उठाई सत्य, तथ्यको छानवीन गराई दोषीमाथि कारवाही गराई दिने वातावरण निर्माण गरि दिन पनि हार्दिक अनुरोध गर्दछौ । 


१. सुनाम लामा, अध्यक्ष, टुक्चुलुङ समाज बौद्ध, काठमाडौ 

२. सुना याङ्जेन लामा, अध्यक्ष, आमा समुह काठमाडौ

३. कुमार लामा, अध्यक्ष हिमाली वाल समाज हुम्ला

४. छेम्बल लामा, अध्यक्ष, कैलाश मानसरोवर चिल्ड्रेन अफ हुम्ला

५. जंडुप लामा, अध्यक्ष, नेपाल हिमाली लामा विद्यार्थी एकता मञ्च, काठमाडौ

६. पेमा तोप्चेन लामा, अध्यक्ष कैलाश वाल प्रतिष्ठान हुम्ला 

मितिः २०७४ फागुन २ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य