2026-09-19 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

समिक्षालय हल बाहिर फोहोरको डंगुर, आईतबार कार्यालय समयभित्र ब्यवस्थापन गरिने

चिसाङ शेर्पा/फागुन ५, खोटाङ । जिल्ला समन्वय समितिको समिक्षालय हलको पछाडी फोहोरको डंङगुर थुप्रेको छ । 

रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा रहेको एकमात्र समिक्षालय हलको पछाडी फोहोरको थुप्रो देखिएको हो । रुपाकोट मझुवागढी नगरपालिकाले गत पुस ५ गतेबाट ‘स्वच्छ, सफा र संमृद्ध नगर सम्पुर्ण रुपाकोट मझुवागढीवासीको रहर’ भन्ने मुल नाराका साथमा नगरलाइ स्वच्छ, सुन्दर र हराभरा बनाउने उद्देश्यले थालनी गरेको सरसफाई अभियान चलिरहंदा जिल्लाकै प्रतिष्ठित ठाउँमा फोहोरको ह्रासले सरसफाई अभियानमाथी प्रश्न खडा भएको छ भन्ने, प्रश्नमा रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले त्यो बिषय नगरभित्र भए पनि सम्बन्धित कार्यालयले समाधान गर्नुपर्ने बताएका छन् । 

 जिल्ला समन्वय समितिको समिक्षालय हल बाहिर रहेको फोहोरमा खेल्दै बालक 

उक्त फोहोरले नगरसफाई अभियानलाई सफल बनाउनमा असहयोग पुग्ने भएकाले तत्काल फ्लोअप गरी कार्यालयलाई नगरले परिपत्र गर्ने बताए ।

जिल्लामा हुने अधिकांस महत्वपुर्ण तथा ठूला कार्यक्रमहरु गर्ने स्थान समिक्षालय हलको पछाडी फोहोरको थुप्रो हुंदा रुपाकोट मझुवागढी नगरपालिकाले गरेको सरसफाई अभियान हाँस्यसपद र लज्जासपदको बिषय बनेको छ । बिशेषगरी हलको पछाडी प्लाष्टिकका खाली बोतल, चाउचाउ, खैनीका खोल, पुरानो कपडा, कागजका टुक्रा, प्लाष्टिकका झोला लगायतका फोहोरको थुप्रे छ ।

समिक्षालय हलमा कुनै पनि कार्यक्रम हुंदा सबैले सोझै देखिने ठाउँमा फोहोरको थुप्रो हुंदा कार्यक्रमका लागि पुगेका विशिष्ट अतिथि तथा अन्य सर्वसाधरण मुख छोपेर हिड्नुपर्ने बाध्यता छ । भित्र कार्यक्रम भईरहने तर, बाहिर फोहोरको डंङगुरमा झिंगा भन्किने अवस्थाले समन्वय समितिको काम कर्तव्यप्रति हाँसो मजाक उडाउने कारण बनेको छ । 

गत मंगलबार साईनो कला केन्द्रको उद्घाटनमा पुगेका प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, रुपाकोट मझुवागढी नगरपालिका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई,खोटाङ एमालेका उपसचिव कुमार आचार्य सोही स्थानमा गफ गरेर कार्यक्रम ढिलाईको समय कुरेका थिए । यद्यपी, हालसम्म उनीहरुको नजर फोहोर डंगुरमा नगएको आँकलन गर्न सकिन्छ । 

 प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईसहित जिल्लाका प्रमुख ब्यक्तिहरु फोहोर अगाडी उभिएर गफ गर्दै  

अपवाद बाहेक दैनिकरुपमा समिक्षालय हलमा कार्यक्रमका अतिथि बनेर पुगेका जिल्लाका सरोकारवाला कार्यक्रम हुंदै गर्दा फोन अथवा शौचालय प्रयोगमा निस्कदा त्यही फोहोरको डंङगुरमा टेकेर आउने जाने गरेका छन् । तर, त्यसप्रति उनीहरुको आँखा नपर्दा ‘बाहिर रुमाले भित्र गुन्द्रक उमाले’ भन्ने नेपाली उखान चरितार्थ भएको छ ।   

आफ्नो कार्यालय माताहतको परिसरभित्र रहेको फोहोरलाई भोली (आईतबार) कार्यालय समयभित्रमा कुनैपनि हालतमा ब्यवस्थापन गरिने जिल्ला समन्वय समिति संयोजक बबि चाम्लिङले बताउनुभयो । 

राष्ट्रसेवक र कर्मचारी बस्ने परिसरभित्रै फोहोरका डंङगुर हुंदा लज्जासपद बिषय भएको स्वीकार्दै कम्तीमा दुईदिनमा समन्वय समितिको समिक्षालय हल पसिरका सम्पुर्ण समस्या समाधान गरिने जिसस संयोजक राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई