२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जनप्रतिनिधि तथा शैक्षिक सरोकारवालाहरुबीच अन्तरक्रिया

१८ फाल्गुन २०७४, शुक्रबार १५:२६

फागुन १८, कालिकोट । जिल्लाका जनप्रतिनिधि तथा शैक्षिक सरोकारवालाहरुबीच स्थानीय तह सञ्चालन ऐन २०७४, आधारभुत तथा माध्यामिक शिक्षा सम्बन्धिका बिभिन्न क्षेत्रहरुका बारेमा अभिमुखीकरण गरिएको छ ।

सेभ द चिल्डे«नको आर्थिक सहयोग, किर्डाक नेपाल र भिडिसेफ नेपालको सहजीकरण तथा जिल्ला समन्वय समिति कालिकोटको आयोजनामा कालिकोट जिल्लाका ९ वटै स्थानीय तहका प्रमूख, उप प्रमूख, अध्यक्ष उपाध्यक्ष तथा अन्य जिल्लाका शैक्षिक सरोकारवालाहरुलाई नेपाल सरकारले जारी गरेको स्थानीय तह सञ्चालन ऐन २०७४, आधारभुत तथा माध्यामिक शिक्षा सम्बन्धिका बिभिन्न क्षेत्रहरुका बारेमा अभिमुखीकरण गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमूख अनिपाल शाहीको अध्यक्षता तथा शिक्षा बिभागका उप निर्देशक रामाकान्त शर्माको प्रमूख आतिथ्यततामा भएकोे कार्यक्रममा शिक्षा क्षेत्रमा रहेको नीतिगत व्यवस्था तथा वर्तमान अभ्यासका बारेमा सहजीकरण गरिएको बताईएको छ । 

यस्तै कार्यक्रममा नेपालले अन्तराष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता, अन्तराष्ट्रिय स्तरमा स्वीकार गरेका मुल्य मान्यताहरु, स्थानीय तहबाट गुणस्तरीय शिक्षा प्रबद्र्धनमा देखा परेका चुनौती तथा त्यसको समाधानका उपायहरुका बारेमा छलफल गरिएको छ ।

कार्यक्रममा शिक्षा विभागका उप निर्देशक रामाकान्त शर्माले कार्यक्रमका सहभागीहरुलाई नेपालमा रहेका शिक्षा सम्बन्धिका नितिगत व्यवस्थाहरुका बारेमा जानकारी दिँदै शैक्षिक सुधारका लागि स्थानीय सरकारको मुख्य दायित्व रहेको बताए । 

उनले नेपालको संबिधानले स्थानीय सरकारलाई प्रयाप्त अधिकारहरु दिएको बताउँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार नगरी शैक्षिक गुणस्तर अभिबृद्धि गर्न नसकिने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमूख, उप प्रमूख, जिल्लाका सबै स्थानीय तहका मेयर, उप मेयर, अध्यक्ष, उपाध्यक्ष, शिक्षा विभाग प्रमूख, स्थानीय तहका शिक्षा तथा सामाजिक समितिका संयोजकहरु, प्रशासकीय प्रमूख, जिल्ला शिक्षा अधिकारी, जिल्लामा शिक्षाको क्षेत्रमा काम गर्ने गैरसरकारी निकायहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य