२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

इन्टरनेट हेरेर ‘भगवान्’ बनाउँछन् दिनेश

२०७४, २० फाल्गुन आईतवार ११:५२

शेरबहादुर सिंह/ फागुन २०, भीमदत्तनगर | कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–७ सिमलफाटाका ३१ वर्षीय दिनेश विक परिवारको कमजोर आर्थिक हैसियतका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनुभयो । 


एसएलसी पढ्दै गर्दा अध्यापन प्रभावित भएपछि इन्टरनेटको सहारामा विभिन्न कलात्मक मूर्तीहरु बनाउन थाल्नुभएका उहाँ पछिल्ला वर्षहरुमा विभिन्न देवीदेवताका मूर्ती बनाएर मासिक रु ४० हजार भन्दा बढी आम्दानी गरिरहनुभएको छ । ‘अन्य खर्च कटाएर मासिक रु ४० हजारभन्दा बढी नै बचत हुन्छ,’ उहाँले भन्नुभयो – ‘परिश्रम गरे विदेशिनु पर्दैन ।’ 

उहाँको परिवार शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएका हुन् । आफूसहित तीन भाइ÷बहिनी अध्ययनमा रहेका बेला पारिवारिक समस्याका कारण आफू विद्यालय छाड्न वाध्य भएको उहाँले बताउनुभयो । ‘परिवारको अवस्था सुध्रोस् भनेर बुबाआमा टहरामा भगवान् पुकारेर बस्थे,’ विकले विगत सम्झिँदै भन्नुभयो – ‘तिनै भगवानका मूर्ति बनाउने सीपले म आज परिवारको खर्च धान्न सक्ने भएको छु ।’ 

शुक्लाफाटाको झलारी बजारमा मूर्ति र कलाको पसल थापेको पाँच वर्षमै आफूले राम्रो आम्दानी लिन सकेको उहाँले बताउनुभयो । ‘धेरै नपढेको भएपनि इन्टरनेटमा मूर्ति बनाउने भिडियोहरु हेरेरै मूर्तिको व्यापार बढाएको छु,’ विकले भन्नुभयो – ‘इच्छाशक्ति भए अध्ययन नै चाहिन्छ भन्ने होइन रहेछ ।’ मूर्ति बनाउने भिडियोहरुबाट आफूले बनाउन सिकेको उहाँको भनाइ छ । 

‘कलात्मक मूर्ति बनाउन सिकाउने गुरु भनेकै इन्टरनेट हो,’ उहाँले भन्नुभयो – ‘एउटा मूर्ति महिना दिनमा तयार हुन्छ ।’ नयाँ वर्ष र दशैं लगायतका चाडपर्वका बेला मूर्तिहरु धेरै बिक्री हुने गरेको उहाँले बताउनुभयो । ‘चाडपर्वका बेला त खर्च कटाएर मासिक रु ७०÷७५ हजार सम्म बचत हुन्छ,’ उहाँले भन्नुभयो – ‘एउटै मूर्ति रु १ लाख २० हजारसम्ममा बिक्री गरेको छु ।’ आफूले सिमेन्टका तीन फिटभन्दा अग्ला मूर्तिहरु बनाउने गरेको र धेरैजसो रु ३० हजारदेखि माथिको मूल्यमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । ‘शुरुमा घरकै अभिभावकहरु मूर्ति बनाएर के गुजारा होला भन्थे,’ उहाँले भन्नुभयो – ‘यही व्यापारबाट घर चलेको छ ।’ 

उहाँले भगवान् शिव–पावर्ती, गणेश, कालिका लगायतका देवताका धेरै मूर्तिहरु बनाएर बिक्री गरिसक्नुभएको छ । अब निकट भविष्यमै कृष्णसारको मूर्ति बनाउने उहाँको योजना छ । झलारी बजारमा सन्देश आर्ट नामक पसल सञ्चालन गर्नुभएका विकले दुई जनालाई रोजगारी समेत दिनुभएको छ । ‘दुई जनालाई पेन्टिङ्गको काम दिएको छु,’ उहाँले भन्नुभयो – ‘मैले बनाएका मूर्तिले ग्राहक सन्तुष्ट छन् जस्तो लाग्छ । अहिलेसम्म असन्तुष्टिका शब्द सुन्नुपरेको छैन ।’ 

सिमलफाटामा अढाई कट्ठा जग्गा लिज लिएर बस्दैआएको विक परिवारले निकुञ्जबाट विस्थापित हुँदा कुनै सहयोग पाएका थिएनन् । ‘विस्थापित भएपछि परिचय पत्र त पायौं, अरु सहयोग केही पाएको छैन,’ उहाँले भन्नुभयो –‘आश्वासनमै दशक बित्यो । राहत पाएनौं ।’ 

सानै उमेरदेखि कलात्मक चित्रहरु बनाउन सौखिन विकले मूर्ति बनाउन थाल्नुभएको पनि एक दशक भयो । 

उहाँले भन्नुभयो – ‘अहिले आधुनिक मूर्ति बनाउने यहाँ अरु कोही भेटेको छैन ।’ 

कञ्चनपुरका विभिन्न ठाउँका साथसाथै बैतडी, डडेल्धुरा र कैलालीबाट समेत आफ्नो मूर्तिको माग हुने गरेको उहाँ बताउनुहुन्छ ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै