२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटन महोत्सव बैशाख १ देखि ७ गते सम्म चल्दै, ५ लाख पर्यटकले अवलोकन गर्ने अनुमान

१९ चैत्र २०७४, सोमबार ०३:४२

बिमल खड्का | चैत १९, बागलुङ | पश्चिमी बागलुङ स्तरीय कृषि, पर्यटन तथा औधोगिक व्यापार मेला तथा ढोरपाटन महोत्सव २०७५  जिल्लाको पश्चिम भेग निशि भुजी तमान र बडिगाडको संगम स्थल बुर्तिबाङ बजारमामा  बैशाख १ देखि ७ गते सम्म संचालन हुने भएको छ । 

बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने स्थानीय भेषभुषाको उजागर गर्ने कला संस्कृतिको संरक्षण गर्ने  उदेश्यका साथ महोइत्सव आयोजना गरिएको उद्योग बाणिज्य संघ ईकाई बुर्तिबाङका महासचिव राम सुवेदीले बताए ।


महोत्सवले स्थानीय कला, संस्कृतिको संरक्षण  रमणीय स्थलको अवलोकन  संगै पर्यटन विकासका लागि महोत्सवले महत्त्वपुर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

आगामी बैशाख १ गते देखी ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा ६१ लाख रुपैँया आम्दानी गर्ने र सोही रकम बराबरको खर्च हुने अनुमान गरेको बताइएको छ । 

बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ इकाईका अध्यक्ष चिन्तामणी शर्माका अनुसार ढोरपाटन नगरपालिकाले मात्रै महोत्सवका लागि १० लाख रुपैँया बिनियोजन गरिसकेको जानकारी  दिएका छन । भने सहआयोजकमा निशिखोला गाउँपालिका तमान खोला गाउँपालिका  र बडिगाड गाउँपालिका लगाएतका अन्य संघ संस्था रहेको बताएको छ ।

७ दिन सम्म चल्ने महोत्सवमा ५ लाख भन्दा बढि स्थानीय तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । ७० देखी एक सयको हाराहारीमा स्टल राखिने आयोजकले जनाएको छ । 

यस्तै कृषि प्रदर्शनी, विभिन्न स्थानीय खानाका परिकारहरु, स्थानीय स्रोत, साधनबाट निर्मित सामाग्रीहरु राखिने छ । महोत्सव अवधीभर प्रदेश स्तरीय ब्याडमिन्टर प्रतियोगिता, पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता राष्ट्रिय तेक्वादो, पञ्चेबाजा, छेलो, रस्साकस्सी, कविता प्रतियोगिता लगायतका विविध कार्यक्रमहरु रहेका छन् । 

राष्ट्रिय तथा स्थानीय कलाकारहरु बेजोड प्रस्तुति सहितको सांगीतिक प्रस्तुती समेत राखिने आयोजकले  जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य