२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पा: बजार सरसफाइमा वडा अध्यक्ष निष्कीएपछि…

२६ जेष्ठ २०७५, शनिबार १७:१३

टेकबहादुर शाही | जेष्ट २६, दुनै | वडा अध्यक्ष नै बजार सरसफाइमा निष्किएपछि सर्वसाधारण अचम्म मानेका छन । डोल्पाको ठुलीभेरि नगरपालिका ३ का वडा अध्यक्ष अर्णबहादुर न्यौपाने सरसफाइ सप्ताहको अबसरमा आफै दुनै बजार सरसफाइमा कुचो लिएर निष्कीएपछि सर्वसाधारणले मुखामुख गरेका थिए । 

बिहानै बडा अध्यक्ष न्यौपाने सबैलाइ सरसफाइमा जुट्न आग्रह गर्दै बजारमा हातमा कुचो लिएर हतारीदै थिए राम्रो कुराको सूरुवात गरेछन केहि स्थानीयहरु बाटोमा कुरा गर्दै थिए । सरसफाइ सप्ताहमा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरु सक्रियताका साथ सरसफाइ अभियानमा लागेपछि अभियान सफल पार्न स्थानीयलाइ जागरुक गर्दै आफै अभियानमा निष्किएको वडा अध्यक्ष न्यौपानेले बताए । 


घरआगन सफा र स्वच्छ राखौ भन्ने जनचेतना फैलाउदै जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले सरसफाइ सप्ताहलाइ बिशेष जोड दिएको निमित्त सव डिभिजन प्रमुख केबलकुमार खत्तिवडाले बताए । उलने भने गैर सरकारी कार्यालयहरुको निकै ठुलो सहयोग छ तर यस पटक वडाका जनप्रतिनिधिनै सक्रिय भएपछि अझै प्रभाबकारी हुने आसामा छौ । 

अभियानको क्रममा सरसफाइ गर्न कुनै समस्या नभएको तर स्थानीयनै सक्रिय हुनु पर्ने बातावरणिय कृषि तथा बिकास केन्द्र (केड) थिम कोर्डिनेटर धारणा बुढाथोकीले बताएन । उनले भनिन घरआगन सफा,स्वच्छ राख्नु पर्छ भन्ने कुराको जनचेतना स्थानीयमा अझै नपुगेकाले जनप्रतिनिधिले बिशेष भुमिका खेल्नु पर्ने बताइन । 


हरेक दिन घरबाट निष्कने फोहोर ब्यवस्थापन गर्न नसकेपछि दुनै बजार फोहोर खेखिएको हो । घर,होटेल तथा पसलबाट निष्कने फोहोर ब्यवस्थापनका लागि डम्पीङ साईडको ब्यवस्था गरे पश्चात मात्रै सहज हुने नगारिक समाजका अगुबा योगेन्द्र बुढाले बताए । उनले भने फोहोर जम्मा गरेर फाल्ने कुनै ठाउनै नभए पछि जताततै फोहोर बढ्न थालेको र फोहोर संकलन तथा ब्यवस्थापन केन्द्रको ब्यवस्था नगरे दैनिक सफा गरेर कुनै उपलब्धी नहुने दावी गरे । 

दुनै बजारका मुख्य सडकहरु अभियान कर्ताले सरसफाइ गरेपनि वरिपरिका सड्क तथा आगनहरु फोहोरले भरिभराउ भएका छन । टोल तथा बजार सरसफाइका लागि हरेक क्षेत्रमा टोल सुधार समिति गठन गरि सरसफाइलाइ बिशेष जोड दिने वडा अध्यक्ष अर्णबहादुर न्यौपानेले बताए । उनले भने घर तथा आगन सफा भएन भने सबै क्षेत्रमा प्रभाब पार्छ बिकास मात्र हैन सरसफाइ पनि मेरो प्राथमिकतामा छ । 


हरेक क्षेत्रमा सुधार हुनको लागि स्थानीयको महत्वपूरर्ण भुमिका हुने भएकोले स्थानीय नै जागरुक हुनु पर्ने नेपाल रेडक्रस सोसाइटिका जिल्ला संयोजक टेकम ओलीले दावी गरे । उनले भने यहाका स्थानीयले त सरसफाइ अभियानमा गएका टोलिलाइ मेरो घरको यता पट्टि फोहोर धेरै छ भनेर सिकाउदै तिमिहरुको काम हो फोहोर उठाउने भनेर उल्टै गालि गर्ने गरेको आरोप लगाए । अपनत्वको भावना र सकारात्मक सोचको कमि छ स्थानीयमा ओलीले थपे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान