२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

‘बजारमा पाइने रेडिमेट माला फिटिक्कै किनिन्न’

२०७५, १७ कार्तिक शनिबार ०५:११

डि आर भट्ट | कात्तिक १७, बैतडी | दिदिबहिनिहरुका यो तिहारमा भाइलाई माला बुन्नको लागि सयपत्रि फुलहरु  फुलेर तयार भैसकेका छन । दाजुभाइलाई टिका लागाउनको लागि यसपालि दिदीबहिनीहरु बजारमा पाइने रेडिमेट माला भन्दा  आफ्नै बारीमा फुलेका  फुलको माला लगाउने भएका छन । 

आगनमा फूल फुलेर ढकमक्क भएको छ । मखमली र सयपत्रीले घरआगननै पँहेलपुर देखिन्छ । विशेष गरि गाउँघरमा अहिले सबैको घर–आँगन, डिल, बारी, कान्लामा ढकमक्क विभिन्न प्रजातिका फूल फुलेका छन् । आँगनको डिलमा फुलेका सयपत्री, फूलले कार्य क्षेत्रबाट गाउमा आउने सबैको मन लोभ्याएको छ । ढकमक्क फूलेका फुलहरुले सबैलाई तिहार आएको आभाष भइसकेको छ ।  यसपालि यहाका दिदीबहिनीहरु बजारमा पाइने रेडिमेट भन्दा आफ्नै आगनमा फुलेका फुलहरुको माला दाजुभाइलाई लागाइदिने भएका छन ।

 तिहारमा भाईलाई आफ्नै घरआगनमा फुलेको फुलहरुको माला आफ्नो दाइलाई लागाउने सोचमा हुनुहुन्छ पाटन १० पानालीकि कलावती बिष्ट । ‘तिहारको बेला आफ्नै घरआगनमा फुलेको, आफ्नै हातले टिप्दै बुनेर बनाएको माला आफ्नो दाजुभाइलाई लगाइदिने उहा बताउनुहन्छ । ‘बजारमा पाइने माला फिटिक्कै किन्दिन आगन ढकमक्क छ, किन रेडिमेड किन्नु, आफ्नै हातले बुनेर घरआगनमा फुलेका फुलको माला लगाइदिदा खुशी छुट्टै हुन्छ’ । खुसि हुदै अहाले भन्नुभयो । 

यस्तै अन्य ग्रामिणभेगका दिदिबहिनिहरु पनि बजारमा पाइने रेडिमेट माला नलाउने बताउछन । भाइलाई माइत जान तयार भएकाकि हेमा ऐर पनि भाइलाई टिका लागउन आफ्नै आगनका फुलहरु प्रयोग गर्ने बतानुभयो । उनले भनिन “माइत कञ्चनपुर बेलौरि हो ‘मैले अहिलेम्म बजारमा पाइने माला, फूल किनेकै छैन, तिहारमा । घरमै लगाउन, हुर्काउन सकिन्छ, फूल । 

आफ्नो घरमा फुलेको, आफ्नै हातले टिपी, गाँसेको माला दाजुभाईलाई लगाइदिँदा प्रेम झल्कन्छ । सद्भाव हुन्छ । त्यसरी आफ्ना दाजुभाईलाई फुलको माला, सप्तरंगी टिका लगाइदिँदाको खुशी नै बेग्लै हुन्छ । महत्व नै छुट्टै हुन्छ,’ उनले भनिन ।  घरमै फुलेका फूलको मालाले यसपाली तिहारमा आफ्ना ३ दाजुहरुको ‘गला’ सजाइदिने उहाँको योजना छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण