साउन २,ओखलढुंगा |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २,ओखलढुंगा | 
३१ चैत्र २०८१, आईतवार
ओखलढुङ्गा - OKL

ओखलढुंगाका तिन पत्रकारहरुद्धारा खाजा खर्च जोगाएर पत्रिका प्रकाशन सुरु

२ श्रावण २०७३, आईतवार १४:१०

साउन २,ओखलढुंगा | समुदायको विकासका लागि भन्दै ओखलढुंगाका तिन जना पत्रकारहरुले खाजा खर्च जोगाएर पत्रिका प्रशासन सुरु गर्नुभएको छ । पत्रकारहरु पूर्णप्रसाद न्यौपाने,रविन श्रेष्ठ र एसबी जेरोले आफुहरुले दैनीक खाने खाजा खर्च जोगाएर भिजन नेपाल ओखलढुंगा नामको पत्रिका प्रकाशन सुरु गर्नुभएको हो ।

जिल्लामा एउटा पनि पत्रिका नियमित प्रकाशनमा आउन नसकेको अवस्थामा समाजको विकास र परिवर्तनमा टेवा पुर्याउने उद्धेश्यले साप्ताहिक खबर पत्रिका प्रकाशन सुरु गरिएको भिजन नेपाल ओखलढुंगाका प्रबन्ध निर्देशक पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । जिल्लामा अहिले सम्म एउटा पनि प्रेस नभएको र पत्रपत्रिकामा सुचना तथा विज्ञापन दिने र पत्रिका किनेर पढ्ने समेत बानीको विकास नभएकाले आफुहरुले खाजा खर्च बापतको रकम जम्मा गरेर पत्रिका प्रकाशन सुरु गरेको उहाँको भनाई छ ।

उक्त पत्रिकाको पहिलो अंक सार्वजनिक तथा विमोचन समेत भईसकेको छ । पत्रिका सार्वजनिक गर्दै व्यवस्थापक रविन श्रेष्ठले सुचना विज्ञापन दिन र पत्रिका किनेर पढि दिन सबैलाई आग्रह गर्नुभयो । ओखलढुंगामा ११ वटा पत्रपत्रिका दर्ता भएको भएपनि एउटा पनि पत्रपत्रिका नियमीत प्रकाशनमा आउन नसकेको अवस्थामा आफुहरुले सबैको साथ लिएर अघि बढ्ने योजना बनाएको सम्पादक एसबी जेरोले बताउनुभयो । पत्रिका विमोचन कार्यक्रमका सबैजसो वत्ताहरुले सत्य र तथ्यमा रहेर निष्पक्ष भई पत्रिका नियमीत प्रकाशन गर्न आग्रह गर्दै जस्तो सुकै सहयोग गर्न आफुहरु तयार रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रुद्र अधिकारी,एमाले जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र माओवादी नेता शर्मा लगाएतका राजनैतीक दलका अगुवाहरुले पनि यस अघिका पत्रपत्रिकाहरु जिल्लामा निरञ्तर प्रकाशनमा आउन नसक्नु दुःखद् भएको भन्दै भिजन नेपाल निरञ्तर प्रकाशनमा ल्याउन आफुहरुले सबैखाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पत्रिका विमोचन कार्यक्रमका विषेश अतिथी एवम् पत्रकार महासंघका जिल्ला सचिव कुम्भराज राईले पत्रकारीता जगतमा धेरै चुनौती र थोरैमात्रै सम्भावनाहरु रहेको बताउनुभयो । सरोकारवालाहरुले प्रतिवद्धता जनाए अनुसार सहयोग गर्न सके पत्रपत्रिका नियमीत प्रकाशनमा आउन सक्ने उहाँको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले भिजन नेपाल पत्रिका प्रकाशनमा रहेको न्यौपाने,श्रेष्ठ र जेरो लगाएतको टिम आशलाग्दो रहेको भन्दै पत्रिका अब निरञ्तर प्रकाशन हुने विश्वास व्यक्त गर्नुभयो । जिल्लाको पत्रकारीताको विकासका लागि जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

जिल्लामा एधारौँ नम्बरमा दर्ता भएको भिजन नेपाल ओखलढुंगा साप्ताहिकले जिल्लाका बढि भन्दा बढि विषय वस्तु उठान गर्ने बताईएको छ । हरेक अंकमा ओखलढुंगाका खबरहरु मात्रै प्राथकिमताका साथ प्रकाशन गरिने पत्रिकाले जनाएको छ ।  ओखलढुंगामा पत्रकारीताको विकास पत्रपत्रिकाको निरञ्तरताका लागि विगत देखि नै निकै चासो र चिन्ता व्यक्त गर्ने गरिएको भएपनि अपेक्षीत विकास र परिवर्तन हुन सकेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरे संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाइ गरिए आन्दोलन गर्ने चेतावनी दियो मन्त्री प्रदीप यादवद्वारा मेलम्चीमा छड्के अनुगमन, १६ कर्मचारी अनुपस्थित पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरे प्रधानमन्त्री ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए रवि लामिछाने थुनाः सर्वोच्च अदालतले मगायो उच्चको कैफियत प्रतिवेदन नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, अधिकांश पर्यटकीय गन्तव्य पर्यटकले भरिभराउ शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए नेप्से परिसूचक आठ अङ्कले घट्यो करेन्ट लागेर २ जनाको मृत्यु लागुऔषध र अवैध पेस्तोलसहित एक जना भारतीय नागरि पक्राउ राजावादी प्रदर्शनका क्रममा चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थाले भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्था लगायत सेयर बजार बन्द रहने पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरे इसेवाले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधिको माग गर्यो अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकियो अवैध लागुऔषधसहित १७ जना पक्राउ प्रधानमन्त्री ओलीले तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरे रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता