साउन ४, सिन्धुपाल्चोक । गत असार २१ गते मङ्गलबार रातिदेखि आएको भोटेकोसी नदीको बाढीले सिन्धुपाल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, सिन्धुपाल्चोक । गत असार २१ गते मङ्गलबार रातिदेखि आएको भोटेकोसी नदीको बाढीले सिन्धुपाल्"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोटेकोसी आतंक जारि: अहिलेसम्म ७९ घर बगायो

४ श्रावण २०७३, मंगलवार ०४:५३


साउन ४, सिन्धुपाल्चोक । गत असार २१ गते मङ्गलबार रातिदेखि आएको भोटेकोसी नदीको बाढीले सिन्धुपाल्चोक जिल्लाका तातोपानी, लिपिङ, बाह्रबिसेलगायतका क्षेत्रबाट हालसम्म ७९ वटा घर बगाएको छ । 

अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोक जिल्लासँग सीमा रहेको चिनियाँ क्षेत्रबाट आएको भोटोकोसी बाढीका कारण नदी किनारका घर क्षति हुँदा जिल्लावासीले ठूलो दुर्घटना खेप्नुपरेको छ । हालसम्म बाढीले तातोपानी, लिपिङ, बाह्रविसेका गरी ४३ वटा पक्की घर र ३६ वटा कच्ची घर बगाएको छ । तातोपानी भन्सारको क्यान्टिन र त्यहाँ रहेका दुई वटा टिपरसहित तातोपानीको मानसरोवर बोर्डिङ स्कुल बाढीका कारण पूर्णरुपमा ध्वस्त भएका छन् । 

बाढीका कारण विद्युत्को खम्बा ढल्दा हालसम्म तातोपानी, लिपिङ क्षेत्र फोन सम्पर्क तथा विद्युतीय सेवा बाहिर छन् । बाढीका कारण अरनिको राजमार्गअन्तर्गतको करिब ३१ किलोमिटर सडक ठाउँठाउँमा नदीले कटान गरेको छ भने कतिपय ठाउँमा पहिरोको कारण अवरुद्ध बनेको छ । 

गाति गाविसको जम्बु भन्ने स्थानमा बाढीका कारण सडक कटान भएपछि यातायात अवरुद्ध भएकाले हालसम्म पनि बससेवा सञ्चालन हुन सकेको छैन । तातोपानीका स्थानीय अझै पनि पहिरोको जोखिम मोलेर उक्त बाटो हिँड्न बाध्य छन् । अवरुद्ध भएको सडकमा जालीको ग्याबिन भरेर निर्माण गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।  

तातोपानीलगायतका विभिन्न स्थानबाट सम्पर्कविहीन बनेका ६३ महिला, ३७ पुरुष, ६ बालिका र २ बालक गरी जम्मा १०८ जनालाई हेलिकोप्टरबाट स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बाढीले घर बगाएपछि ओतलाग्ने ठाउँ खोज्दै तातोपानी–१ का श्यामबहादुर घताली यतिबेला चौकीडाँडामा गएर शरण लिन बाध्य छन् । उनी जस्तै घरबार विहीन भएका पीडित कोही जिल्लाभित्रै रहेका आफन्तकामा शरण लिन पुगेका छन् भने कतिपय काठमाडौँ गएका छन् । 

बाढीपीडितले यत्रो विपत्ति पर्दा पनि सरकार पक्षबाट केही सहयोग नहुँदा आफूहरु झन् समस्यामा परेको गुनासो गरेका छन् । केही मात्रामा रेडक्रसले सहयोग गरेको भएपनि सरकारको उपस्थिति नहुँदा निकै दुःख लागेको घताली बताए ।  

असार साउनको समयमा पानीको बहाव बढ्ने हुनाले नदी किनारमा रहेका स्थानीय अझै पनि ढुक्कले निदाउन सकेका छैनन् । जुनसुकै समयमा पनि पानीको सतह बढ्ने हुनाले सतर्कताका साथ बस्न आग्रह गरेको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।  

 उनले नदीमा पानीको बहाव घट्ने बढ्ने हुँदा नदीले धार परिवर्तन गरी सडक कटान गर्ने गरेको बताए । बाह्रविसे बजारमा अवस्थित यातायात आवतजावत गर्ने पक्की पुलमा समेत बाढीका कारण सामान्य क्षति पुगेको सडक विभागले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला