गौरव पोखरेल |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गौरव पोखरेल | 
२०८२, २९ चैत्र आईतवार
झापा - JP

झापाको अमरपथ सडकखण्ड जलमग्न, यातायात अबरुद्ध

२०७३, ५ श्रावण बुधबार ०६:१४

गौरव पोखरेल | साउन , झापा । गएरातिदेखि परेको अविरल वर्षाका कारण सुरुंगा खोलामा पानीको बहाव बढ्दा झापाको कनकाई नगरपालिका ५, तुलसीबारी चोकबाट माथिल्लो चप्रामारीसम्मको मानव वस्ती डुबेको छ । अहिले तुलसीबारी चोकदेखि चप्रामारीसम्म जलमग्न छ ।

सुरुंगादेखि पूर्वी नाका डिगलबैंक जोड्ने अमरपथ खण्डको करिब १ किलोमिटर कालोपत्रे बाटो समेत पूरै डुबेको छ । पूरै बाटो जलमग्न देखिन्छ । बाटोमा ४ फुटसम्म गरिहाइमा पानी छ । बाटोको केही भाग पानीले बगाएको छ  । 

बाटो जलमग्न भए पछि अमरपथ सडक खण्डमा यातायत समेत अबरुद्ध भएको छ । मोटरसाइकल र साइकल समेत तार्न समस्या भएको छ । बाढी विहान ७ बजेदेखि गाउँमा पसेको स्थानीय श्रीप्रसाद खरेलको भनाई छ । बाटो अबरुद्ध भएपछि विरामी लिएर आएको एम्बुलेन्स समेत अड्किएको छ । करिब ४/५ घरमा खोला पस्न लागेको छ । घरका मानिसहरु सुरक्षित स्थानतर्फ आएका
छन् ।

खोला गाउँ पसेर बाटो समेत अबरुद्ध भए पछि सुरुंगा बजारदेखि झापा चोकसम्म जाने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । बाटोको दुवै तिर करिब २ सय यात्रुहरु बसिरहेका छन् । स्थानीय मोहन बयलकोटीले पानी अझ बढि रहेको बताए । अहिले यहाँ पानी समेत परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन