३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज काग तिहार, कागलाई यमराजको दूतका रुपमा पुजा गरि मनाइदै

२८ कार्तिक २०७७, शुक्रबार ०२:२३

कात्तिक २८, काठमाडौँ |  कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । 

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । 

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

“काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

यमपञ्चक शुरु, बिहीबारदेखि यमदीप दान

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने बिहीबार साँझदेखि नै शुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यमदीपदानसहित यमपञ्चक भने बिहीबार बेलुकीदेखि नै शुरु भएको छ ।

कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने बिहीबार नै शुरु भएको छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक बिहीबार बेलुकीदेखि नै शुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार नै मनाइन्छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री आरजु राणासहित १५ देशका राजदूत कन्याममा प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरे संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाइ गरिए आन्दोलन गर्ने चेतावनी दियो मन्त्री प्रदीप यादवद्वारा मेलम्चीमा छड्के अनुगमन, १६ कर्मचारी अनुपस्थित पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरे प्रधानमन्त्री ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए रवि लामिछाने थुनाः सर्वोच्च अदालतले मगायो उच्चको कैफियत प्रतिवेदन नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, अधिकांश पर्यटकीय गन्तव्य पर्यटकले भरिभराउ शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए नेप्से परिसूचक आठ अङ्कले घट्यो करेन्ट लागेर २ जनाको मृत्यु लागुऔषध र अवैध पेस्तोलसहित एक जना भारतीय नागरि पक्राउ राजावादी प्रदर्शनका क्रममा चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थाले भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्था लगायत सेयर बजार बन्द रहने पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरे इसेवाले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधिको माग गर्यो अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकियो अवैध लागुऔषधसहित १७ जना पक्राउ प्रधानमन्त्री ओलीले तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरे रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा