२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुकुर तिहार /नरकचतुर्दशी/ लक्ष्मी पूजा/दिपमालिका

२९ कार्तिक २०७७, शनिबार १०:२३

कात्तिक २९, काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन शनिबार  घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ। घरको सुरक्षा गर्ने हुँदा कुकुरको बेग्लै महत्व छ। घर पालेको कुकुरको पूजा गरेर, माला लगाएर मीठो खानेकुरा दिने चलन छ।कुकुरलाई पूजा गर्दा भन्ने मन्त्र यस प्रकार छ। "द्वौ श्वानौ श्यामशवलौ वैवश्वतकुलोद्भवौ। ताभ्यामन्नं प्रदास्यामि रक्षतां पथि सर्वदा ।।" धार्मिक विश्वास अनुसार यमलोकमा यमराजको ढोकामा पाले भएर बस्ने कुकुरले यमलोक जाँदा बाटो छाडिदिने बताइन्छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो ।


वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।

शनिबार  बिहान अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको छ। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।यमदीपदान गर्ने मन्त्र यस प्रकार रहेको छ।  "दत्तो दीपश्चतुर्दश्यां नरकप्रितये मया ।चतुर्वतिर्समायुक्तः सर्वपापापनुत्तये।।"  यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर–घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ । तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ । 

आज दिनको १/४९ मिनेट बाट औंसी  लागेकोले लक्ष्मीपूजा पनि अाजै परेको छ।भोलि राति सम्म  औंसी नभएको र बिशेष लक्ष्मीपूजा साझमा हुने भएकाले अाज लक्ष्मी पूजा भएको हो ।बिशेषतः भगवती लक्ष्मीका आठ रुप रहेका छन् ।जस्को जे कामना हुन्छ सोही अनुसार बिशेष लक्ष्मीको पूजा गरिन्छ । 

सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामना सहित माता लक्ष्मीको पूजा गरि आफ्ना दराज सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गरिन्छ ।दिपावलीमा "तमसोमा ज्योतिर्गमय" अर्थात अन्धकारबाट प्रकाशतर्फ लागि आफुलाई  आत्मिक रुपमा सुख सन्तोष प्रदान गर्न दियो र झिलिमिली बत्ती  पनि बालिन्छ।  आजकै दिन चेलीबेटीले भैलो खेल्ने चलन पनि छ। विशेष सतर्कताका साथमा चाडपर्व मनाउनु होला ।(कुकुर तिहारको दिन शनिबार मध्यपुर थिमि–२ सानोठिमीस्थित भैरव बहान गुल्ममा कुकुरको तालिम नमूना अभ्यास प्रस्तुत गरिँदै । तस्वीर : रत्न श्रेष्ठ/रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान