२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा कम्पनीको सुचना चुहाएको अभियोगमा एक नेपाली निश्काशित

२०७७, २९ मंसिर सोमबार ०४:५०

मङ्सिर २९, काठमाडौं । मलेसियामा एक नेपाली कम्पनीको गोप्यता भङ्ग गरेको अभियोगमा कामबाट निकालिएका छन् । टप ग्लोव्स कम्पनीमा कार्यरत उनलाई कम्पनीको एक तस्वीर अनधिकृत रुपमा बाहिर पठाएको भन्दै कामबाट निश्काशन गरिएको हो ।

कम्पनीको कार्यस्थल धेरै भिडभाडयुक्त भएको भन्ने जानकारी दिएको अभियोगमा उनलाई निकाला गरिएको समाचार सार्वजनिक भएको छ । समाचार संस्था रोयटर्सका अनुसार सो अभियोगमा युवराज खडकालाई कम्पनीको गोपनियता भंग गरेको अभियोगमा कामबाट निकालिएको हो । उनले कम्पनीमा काम गर्ने स्थलमा एकजना र अर्कोजनाबीच एक मिटरको दुरी कायम नगरेको तस्वीर खिचेको अभियोग लागेको छ । उनले सो तस्वीर नेपालमा श्रमिकको अधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मीलाई पठाएको समाचारमा उल्लेख छ ।

उनलाई कम्पनीको सुचना अनधिकृत रुपमा बाहिर दिएको अभियोगमा करार भंग गरिएको पत्र दिइएको छ । उनी क्लाङ स्थित टप ग्लोव्सको एक कारखानामा कार्यरत थिए जहाँ ५ हजार भन्दा धेरै कोभिड १९ का संक्रमित फेला परेका थिए ।

मलेसियको टप ग्लोव्स लगायतका ग्लोव्स कम्पनीहरुले आप्रवासी श्रमिकलाई आर्थिक रुपमा शोषण गरेको मुद्धा रोयटर्सले केहि समययता चर्को रुपमा उठाएपछि ति कम्पनीहरु श्रमिकले तिरेको लागत शुल्क फिर्ता गर्न बाध्य भएका छन् ।

अमेरिकाले टप ग्लोव्स लगायतका कम्पपनीहरुको उत्पादनलाई बन्देज लगाएपछि ति कम्पनीहरु श्रमिकको भर्ना शुल्क वापत तिरेको रकम फिर्ता गर्न बाध्य भएका हुन् । पछिल्लो समयमा कोभिडका कारण ग्लोव्स लगायतको माग आकाशिएर ठूलो फइदामा रहेका उद्योगहरुलाई महामारीको समयमा स्वास्थ्यका न्यूनतम मापदण्ड पुरा नगरेको भन्दै आलोचना भइरहेको छ । सोही सन्दर्भमा कम्पनीको रात्रीकालिन काम सुरु हुने समयमा श्रमिकहरुको शरिरको तापक्रम नाप्ने क्रममा लागेको लाममा भौतिक दुरी कायम नगरिएको झल्किने तस्वीर पठाएको अभियोग खड्कालाई लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै