२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवा आयोगद्वारा नायव सुब्बाको लागि विज्ञापन, कति छ कोटा ? (विज्ञापनसहित)

२०७७, २९ पुष बुधबार ०५:३२

पुस २९, काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बाको विज्ञापन आह्वान गरेको छ । आयोगले आज (बुधवार) सूचना प्रकाशित गर्दै राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक)तर्फ नायब सुब्बाको विज्ञापन आह्वान गरेको हो ।

लोकसेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन गरेको छ | आयोगले बुधबार खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी (अप्राविधिक) पदमा विज्ञापन गरेको हो |

काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन मागेको छ | त्यस्तै धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ ।

जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना सुब्बाको माग गरेको छ | पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति गरिने आयोगले जनाएको छ |

बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जना माग गरेको छ | यस कार्यालयबाट ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने छ | सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको लागि विज्ञापन गरेको छ |

त्यस्तै दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन खुलेको छ | यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोक सेवा आयोगले जनाएको छ |

आयोगको वार्षिक कार्यतालिका अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको लागि तथा खुल्ला पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हो । दरखास्त बुझाउने अन्तिम मिति माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरी माघ २७ गतेसम्म रहेको छ । दरखास्त अनलाइनमार्फत बुझाउन सकिने छ ।

परीक्षा केन्द्र आयोगको केन्द्रीय कार्यालय बाहेक आयोगका सबै कार्यालयहरू तथा  जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदका लागि सिरहाको लाहान र पर्साको वीरगन्जबाट पनि परीक्षा दिन सकिने छ । यस्तै सुर्खेतबाट विज्ञापन हुने पदका लागि डोल्पा र हुम्ला जिल्लाबाट पनि परीक्षा दिन सकिने आयोगले जनाएको छ ।

दरखास्त दस्तुर प्रत्येक समूहका लागि ४०० सय र थप समूहका लागि २०० थप दस्तुर बुझाउनु पर्ने छ । परीक्षा दस्तुर राष्ट्रिय वाणिज्य बैङ्क, ग्लोबल आइएमई बैङ्क, एनआइसी एसिया बैङ्क र कुमारी बैङ्कबाट बुझाउन सकिने छ ।

हेर्नुस विज्ञापन :  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै