सन्तोषकुमार गुप्ता/भदौ १, देउखुरी ।  हिन्दु नेपाली महिलाहरु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता/भदौ १, देउखुरी ।  हिन्दु नेपाली महिलाहरु"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राती साढे १० बजेपछि नाचगान नगर्न भालुवाङ्ग प्रहरीको अनुरोध

१ भाद्र २०७३, बुधबार ११:२३


सन्तोषकुमार गुप्ता/भदौ १, देउखुरी ।  हिन्दु नेपाली महिलाहरुको महान् चार्ड हरितालिका तीज आउन करिब १७ दिन बाँकी छ । 

तीज पर्वलाई मर्यादित, अनुशासित र भयरहित वातावरणमा बनाउन तथा कुनै अप्रिय तथा अपराधिक घटना हुन नदिन ईलाका प्रहरी कार्यालय भालुवाङ्गले आफ्नो कार्य क्षेत्र भित्र तीज बिशेष सुरक्षा अभियान शुरु गरेको छ । 

तीज पर्वको समयमा कुनै घटना, दुर्घटना हुन नदिन भालुवाङ प्रहरीले आफ्नो क्षेत्र भित्र प्रहरी गस्ती बढाउनुका साथै सुरक्षा व्यवस्थामा समेत कडाई गरेको छ । 

भालुवाङ प्रहरीले दाङ्ग—कपिलबस्तु जिल्लाको सिमाना धानखोला देखि सिसहनियाँको सिंगई खोला सम्मको एरियामा प्रहरी गस्ती बढाउनुका साथै ठाउँ—ठाउँमा प्रहरी टोली समेत परिचालन गरेको छ । 

विगतका वर्षहरुमा चार्ड पर्वहरुमा हुने गरेका अपराधिक घटना तथा सडक दुर्घटनालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडाई बनाएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । तीज पर्वको पूर्व सन्ध्यामा राती गरिने नाचगानलाई राती साढे १० बजे सम्म सञ्चालन गर्न सम्पूर्ण दिदीबहिनी तथा नागरिकहरुमा आग्रह गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए । 

रातीमा गरिने नाचगानमा लडाई, झगडा तथा कुटपिट तथा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडाई बनाईएको प्रहरी प्रमुख केसीले बताए । 

प्रहरलिे तीज बिशेष सुरक्षा अभियान अन्र्तगत प्रत्येक दिन राती ९ बजे देखि १२ बजे सम्म मोटरसाइकलमा सादापोशाक तथा युनिफर्म सहितको प्रहरी टोलीले पूर्व पशिचम राजमार्ग तथा गा्रमिण ईलाका बस्तीमा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख केसीले बताए । 

गस्तीका क्रममा मादकपदार्थ तथा लागुऔषध सेवन गरी वार्ड, एरिया तथा राजमार्गमा हो—हल्ला गरी अब्छानिय क्रियाकलाप गरी हिडडुल गरेको पाईएमा तत्काल प्रहरीले आफ्नो नियन्त्रणमा लिई कानुन बमोजिम सार्वजनिक अपराध ऐन २०२७ बमोजिम कडा भन्दा कडा कार्वाही गरिने प्रमुख केसीले जानकारी दिए ।  

चार्ड पर्वका समयमा मार्दक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा हुन सक्ने सडक दुर्घटना कम गर्न सडक गस्तीका साथै सवारी चेकजाँचमा समेत कडाई गरिइको अस्थाई ट्राफिक प्रहरी कार्यालय भालुवाङले जनाएको छ । 

सवारी साधनहरुले क्षमता भन्दा बढी यात्रु चढाउने, मादकपदार्थ सवेन प्रयोग गरी सवारी साधन चलाउने चालकहरुको चेकजाँचमा निरन्तरता दिदैँ दैनिक छडके चेकजाँचमा समेत कडाई गरेको छ । यसरी मादकपदार्थ सेवन गरी गाडी चलाउने चालकलाई कडा कर्वाही गर्ने अस्थाई ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरिक्षक अम्मरबहादुर थापाले जानकारी दिए ।

 चार्ड पर्वका समयमा यस क्षेत्रमा हुन सक्ने अपराधिक घटना तथा गल्त कृयाकलाप नियन्त्रण गर्न सिसहनियाँमा असईको कमाण्डमा ८ जनाको प्रहरी टोली २४ सै घण्टा परिचालन गरेको गरिएको छ भने धानखोला, मौरीघाट, लालमटिया, राप्ती प्राविधिक शिक्षालय मौरीघाट र वडा प्रहरी कार्यलय लमही र ईप्रका भालुवाङ्गको सिमानामा पर्ने नर्ती जंगलमा समेत दैनिक प्रहरी टोली परिचालन गरेको प्रहरी प्रमुख केसीले राप्ती समाचारलाई जानकारी दिए । 

हामीले जति सक्दो छिटो प्रहरी घटनास्थल सम्म पु¥याउन विशेष योजना लागु गर्ने तयारीमा समेत रहेको केसीले बताए । यसैबीच ईलाका प्रहरी कार्यलय भालुवाङ्गले आफ्नो एरियाका उच्च मावि तथा माविहरुमा लागुऔषध नियन्त्रण तथा ट्राफिक सचेतना सम्वन्धी सचेतना तालिम समेत शुरु गरेको छ । 

प्रहरीले आर्दश उच्च मावि लालमटिया, उच्च मावि मौरीघाट, एरावती आर्दश बहुमुखी क्याम्पस लालमटिया, राप्ती प्राविधिक शिक्षालय मौरीघाट, सर्वोदय उच्च मावि सिसहनियाँ र जनता उच्च मावि कालाकाटेमा लागुऔषध दुर्वसनी नियन्त्रण तथा सडक दुर्घटना कम गर्नका लागि सचेतना तालिम शुरु गरेको प्रहरी प्रमुख केसीले बताए । 

साथै ईप्रकाले आफ्नो एरियाका गाउँ टोलहरुमा गठित टोल सुधार समितीलाई  वरेन्टेसन दिई प्रभावकारी बनाई सुरक्षा व्यवस्था अझ मजबुत बनाउने उनले बताए । आम नागरिकहरुलाई सुरक्षाको पूर्ण अनुभुति गराउन हामी आन्तिरिक गुहकार्यमा समेत जुटिरहेका छौँ उनले भने । 

अपराधिक घटना न्युनिकरण गर्न प्रहरी मात्र नभई नागरिकको पनि महतवपूर्ण भुमिका हुने भएकाले हामीले टोल सुधार समिती पुर्नगठनमा अभियानमा पनि लाग्ने बताए । नागरिकलाई जसरी प्रहरीले पूर्ण सुरक्षाको ज्ञारेण्टीको जिम्मा हुन्छ त्यसरी नै नागरिकहरुले पनि बिना बर्दीको प्रहरी भएकाले प्रहरीको हरेक क्रियाकलापमा सहयोग हुन सके हरेक नागरिकको सुरक्षामा पूर्णरुपले ज्ञारेन्टी हुने समेत बताए । अहिले हामी डर लाग्दो र भर लाग्दो प्रहरी अभियानमा समेत लागेको उनले बताए ।

 प्रहरीले पूर्व—पश्चिम महेन्द्र राजमार्ग र प्यूठान रोल्पा सडक खण्डमा समेत मपासे चेकजाँचमा कडाई गरेकोले मपासे प्रयोग गरी सवारी साधन चलाउने चालकहरुमा समेत कमी भएको प्रतिक्रिया दिएका छन् । सिसहनियाइमा प्रहरी चौकी मार्फत समेत गा्रमिण स्तरमा सुरक्षा प्रदान संगै गस्ती थालिएको केसलिे बताए । 

कार्यालयमा प्रहरीको ड्युटीमा समेत कटौती गरी बजार र गाउँ टोल केन्द्रित सुरक्षा अवधारणा लागु गरेकोले पहिले भन्दा अहिले सुरक्षा व्यवस्थामा कडाई भएकोमा स्थानियबासी खुसी भएका छन् । 

रातीको समयमा हुने हो—होल्ला, चोरी, डकैटी र लडाई झगडामा समेत कमी भएको स्थानियबासी रामप्रसाद चौधरीले बताए । बिगतका बर्षहरुमा बिशेष गरी चार्डवाडृको बेला सडक दुर्घटना बढी हुने तथा लडाई झगडा समेत बढी हुँदा रात्रीको समयमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा समस्या हुने भएकाले अहिले देखि नै सुरक्षा सर्तकर्ता अपनाउनु कार्य अत्यन्तै स्वागत योग्य कुरा हो स्थानियबासी शिशिर चोधरीले भने । 

हरेक कामको तयारी तत्काल गर्दा बिग्रिन सक्छ तर त्यसको तयारी पहिले नै गरे पछि मजबुट हुने उनले बताए । यस्तो सुरक्षा तयारीले यस वर्षको तीज तथा अन्य चार्डबार्ड समेत शान्त वातावरणमा हने अधिकांश नागरिकको आसा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य