२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विज्ञान भन्छः अन्डा शाकाहारी नै हो

२०७८, १३ कार्तिक शनिबार ०७:२९

कात्तिक १३, काठमाडौँ | सामान्यतः शाकाहारी भन्नाले जनावरको निश्चित उत्पादन नखाने व्यक्तिलाई जनाउँछ। सबै शाकाहारीले मासु खाँदैनन्। तर, शाकाहारीले अन्डा खान्छन् भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ।

प्रायःजसो शाकाहारी खानेकुरा भन्नाले जनावरको मासु नखानु भन्ने बुझिन्छ। तसर्थ, कतिपय शाकाहारीले अन्डा खान्छन्। यद्यपि, उनीहरुले कुखुरा र माछालाई भने आफ्नो दैनिक खानेकुरामा समावेश गरेका हुँदैनन्।

अझै धेरै व्यक्तिले अन्डालाई शाकाहारी खानेकुराका रुपमा मान्यता दिँदैनन्। यदि पोथी र भालेको सम्भोगपछि उत्पादित अन्डाबाट चल्ला कोरलिन्छ। त्यही भएर जनावरको मासु नखाने शाकाहारीले अन्डा खान नहुने तर्क राख्छन्।   

यदि अन्डा निषेचित गरिएको छैन र चल्ला कोरलिने सम्भावना छैन भने त्यसलाई शाकाहारी मान्नुपर्छ भन्ने तर्क पनि छ। त्यस्तो अन्डालाई दूध र नौनीजस्तै जनावरको उत्पादन मान्ने गरिन्छ। व्यवसायिक रुपमा उत्पादित ग्रसरीमा पाइने अन्डा अनिषेचित हुन्, तिनीहरुबाट चल्ला कोरल्न मिल्दैन। हिन्दु, जैनजस्ता केही धर्मले शाकाहारी खानेकुरालाई जोड दिन्छन् र उनीहरुले अन्डालाई पूर्ण रुपमा निषेध गर्नुका साथै पटक्कै शाकाहारी मान्दैन। 

तर, पछिल्लो समयमा विज्ञानले भने अन्डा शाकाहारी भएको पुष्टि गरिसकेको छ। वैज्ञानिकहरुका अनुसार अन्डामा बाहिरी बोक्रा, सेतो र पहेलो गरी तीन भाग हुन्छ। सेतो भागमा प्रोटीन हुन्छ भने पहेलो भागमा प्रोटीन, कोलेस्टेरोल र फ्याट हुन्छ। हामीले खाने अन्डा निषेचित (फर्टिलाइज्ड) नभएको हुनाले त्यसबाट चल्ला कोरिलिने सम्भावना हुँदैन। त्यही भएर वैज्ञानिकहरुले अन्डालाई शाकाहारी पुष्टि गर्दै वर्षौदेखिको विवाद अन्त्य गरिदिएका छन्।

शरीरमा पौष्टिक पदार्थ परिपूर्ति गर्नका लागि अन्डा खानुपर्ने विज्ञहरुको सुझाव छ। अन्डालाई अत्यधिक पौष्टिक पदार्थ मानिन्छ। एउटा ठूलो अन्डामा ६ ग्राम प्रोटीनका साथै भिटामिन र मिनरल्स पाइन्छ। वस्तवमा अन्डाको पहेलो भाग शरीरलाई तन्दुरुस्त राख्न चाहिने कोलिन भन्ने तत्त्वको सबैभन्दा उत्कृष्ट स्रोत हो। कतिपय शाकाहारी व्यक्तिले मासु र माछा नखाए पनि अन्डालाई पोषक खानेकुराका रुपमा छनोट गर्छन्।

अर्कोतर्फ, कतिपय अवस्थामा अन्डामा उच्च मात्रामा कोलेस्टेरोल हुने भएकाले यसलाई अस्वस्थ खानेकुरा पनि मानिन्छ। केही अनुसन्धानले कोलेस्टेरोलयुक्त अन्डा खाँदा रगतमा यसको मात्रा बढ्ने देखाएका छन् भने केही अनुसन्धानले चाहिँ खानेकुरामा भएको कोलेस्टेरोलले मुटुसम्बन्धी रोगमा जोखिम नपार्ने उल्लेख गरेका छन्।

एक अध्ययनअनुसार अन्डा खाने ७० प्रतिशत व्यक्तिमा यसको मात्रा बढेको पाइएन। अनुसन्धानमा एकरुपता नभएको अवस्थामा केही शाकाहारीले अन्डा त्याग गरिरहेको देखिन्छ भने अन्यलाई डाइटको भागकै रुपमा अन्डा खाइरहेका छन्।

कुनै शाकाहारी व्यक्तिले अन्डा खायो भने उसलाई फरक नामले सम्बोधन गरिन्छ। शकाहारीका पनि विभिन्न प्रकार रहेका छन्। अन्डा, माछा र मासु नखाने तर दूध मात्र खाने शाकाहारीलाई लेक्टो–भेजेटरियन भनिन्छ। मासु, माछा र दूध नखाने तर अन्डा चाहिँ खानेलाई ओभो भेजेटरियन भनिन्छ। त्यसैगरी, मासु र माछा नखाए पनि अन्डा र दूध चाहिँ खानेलाई लेक्टो–ओभो भेजेटरियन भनिन्छ। मासु, माछा, दूधजनयअन्डा, महजस्ता जनावरको कुनै पनि उत्पादन नखाने व्यक्तिलाई भेगान भनिन्छ। (एजेन्सीको सहयोगमा )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ