२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिहारमा जुवातास खेल्दै हुनुहुन्छ ? यस्तो छ सजायको व्यवस्था

२०७८, १९ कार्तिक शुक्रबार १५:१३

कार्त्तिक १९, काठमाडौं । जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ।  २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था गरेको छ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।

जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।


बाजी राख्नेलाई १ वर्षसम्म कैद

कुनै खेलको जित वा हारको पक्षमा बाजी राख्नेलाई पनि कैद र जरिवानाको व्यवस्था छ । कुनै पक्षले जितेमा वा हारेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल गुमाउने गरी बाजी राखेमा बाजीको सबै रकम जफत हुनुका साथै संलग्नलाई १ वर्षसम्म कैद र १० हजार जरिवानाको व्यवस्था छ । 

तर, सार्वजनिक महोत्सव, मेला पर्व, प्रदर्शनीमा सरकारी अनुमति लिई थोरै चलअचल सम्पत्ति पाउने वा गुमाउने गरी जुवा खेलाएमा भने त्यसलाई जुवा मानिने छैन । सरकारी अनुमति लिएर चिठ्ठा सञ्चालन गरे पनि कानुन लाग्ने छैन । सरकरको अनुमति विना चिठ्ठा कटाउन पाइने छैन ।

पौने ९ करोडको तास आयात

कानुनले तास खेल्न बर्जित गरेको छ तर मुलुकमा हरेक वर्ष करोडौं रुपैयाँको तास खुलेआम आयात र बिक्री भइरहेको छ ।चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा मुलुकमा झन्डै ९ करोडको तास आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन, भदौ र आसोज महिनामा मात्र ८ करोड ७२ लाख ४१ हजारको ४३ लाख ३० हजार प्याकेट आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले वृद्धि हो । गत वर्ष २०७७/७८ पहिलो तीन महिनामा मुलुकमा ७ करोड ९५ लाख ७० हजारको ३८ लाख १६ हजार ३ सय १७ प्याकेट तास आयात भएको थियो ।

नेपालमा सबैभन्दा धेरै चीनबाट तास ल्याइन्छ । यस वर्षको तीन महिनामा चीनबाट मात्रै ७ करोड ९१ लाखको ३३ लाख ५३ हजार ३ सय ५८ प्याकेट तास आयात भएको छ । त्यसपछि भारतबाट ८१ लाख २७ हजारको ९ लाख ७६ हजार र अमेरिकाबाट एक हजारको ३६ प्याकेट तास आएको छ ।

गत वर्ष भने नेपालले यी तीन मुलुकबाहेक जर्जिया, इजरायल, मलेसियाबाट पनि तास ल्याएको थियो । वार्षिक रुपमा हेर्ने हो भने मुलुकमा २८ करोडभन्दा धेरैका तास भित्रिरहेको छन् ।गत आर्थिक वर्ष २०७७/७८ मा २८ करोड ६२ लाख ६४ हजारको १ करोड ३९ लाख ६९ हजारभन्दा धेरै प्याकेट तास आयात भएको थियो ।

कानुनले तास खेल्न बन्देज गरेको छ तर हरेक पानपसलदेखि ठूला सपिङ महलमा खुलेआम बिक्री भइरहेको छ । नेपाल सरकारको अनुमतिमा क्यासिनोमा जुवा खेल्न र खेलाउन पाइने भए पनि त्यहाँ नेपाली प्रवेश गर्न भने अनुमित दिइएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै