सन्तोषकुमार गुप्ता/भदौ ४, देउखुरी । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माकी आमा लोककुमारी रिजालको स्मृतिमा श्रद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ४, देउखुरी । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माकी आमा लोककुमारी रिजालको स्मृतिमा श्रद"/>
२८ पुष २०८२, सोमबार
दाङ्ग - DNG

आमाको स्मृतिमा विद्यालय, महासंघ र प्रेस सेन्टरमा अक्षयकोष

४ भाद्र २०७३, शनिबार ०९:४५

सन्तोषकुमार गुप्ता/भदौ ४, देउखुरी । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माकी आमा लोककुमारी रिजालको स्मृतिमा श्रद्धाञ्जलीसभा गरिएको छ । 

नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा शर्माकै निवास नारायणपुरमा श्रद्धाञ्जलीसभा गरिएको हो । महासंघले दाङले केन्द्रीय सदस्य शर्मा, शुभेच्छुकहरु हरिप्रसाद रिजाल, लक्ष्मी सुवेदी, श्रीकुमार रिजाल, गणेशप्रसाद रिजाल र अर्जुन रिजालकी आमा लोककुमारी रिजालको निधन भएको १२ दिनमा श्रद्धाञ्जली सभा गरेको हो । 

कार्यक्रममा बोल्ने वक्ताहरुले समयसापेक्षरुपमा मृत्यु संस्कारलाई परिवर्तन गर्दै जानुपर्ने बताएका थिए । त्यस्तै उनीहरुले समाजमा राम्रा प्रतिभा जन्माउन र हुर्काउन आमाको महत्वपूर्ण भूमिका हुने भन्दै सफल आमाले सफल समाज निर्माण गर्नसक्ने बताए । 

स्वर्गीय रिजालले श्रीमान्को निधनपछि पनि बाबुको अभाव खड्कन नदिएर छोराछोरीलाई राम्ररी हुर्काएर शिक्षा दिक्षा दिनसकेको भन्दै समाजमा आमाहरुको उच्च मूल्यांकन गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ दाङका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यको अध्यक्षता तथा बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्यसमेत मृतक रिजालका कान्छा छोरा अजयदीप शर्माले आमाको स्मृतिमा तीन वटा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो । 

सिद्धरत्ननाथ उमावि नारायणपुरमा ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ भने नेपाल पत्रकार महासंघ दाङ शाखा र प्रेस सेन्टर दाङ शाखामा ५१र५१ हजारका अक्षयकोष स्थापना गरिएको छ । 

विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट हरेक बर्ष एक जना टुहुरा अनाथ र एक जना नियमित विद्यालयमा उपस्थित हुने विद्यार्थीलाई पुरस्कृत गरिने छ भने पत्रकारितासम्बन्धी अक्षयकोषबाट बृद्धबृद्धा र असहायको पक्षमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गरिने छ । 

कार्यक्रममा नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतम, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल, स्थानीय अगुवा माधव पाण्डे र सिद्धरत्ननाथ उमाविका प्राचार्य टोपबहादुर केसीले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कान्छा छोरा शर्माले आफूले बुवाको अनुहार देख्न नपाए पनि आमाले आमा र बुवाको अभाव हुन नदिएर हुर्काएको स्मरण गर्दै जीवनका अन्तिम क्षणमा आफूले सेवा गर्ने अवसर पाएको भावानुभूति सुनाउनुभयो । कार्यक्रम सञ्चालन महासंघ दाङका सचिव गजेन्द्र बोहराले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…