सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । हिन्दु नेपाली महिलाहरुको महान् चार्ड हरितालिका तीजको अवसरमा आईतबार देउखुरीको राजपुर—५ जगं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । हिन्दु नेपाली महिलाहरुको महान् चार्ड हरितालिका तीजको अवसरमा आईतबार देउखुरीको राजपुर—५ जगं"/>
२९ पुष २०८२, मंगलवार
दाङ्ग - DNG

तीजको गीतबाटै संविधान कार्यान्वयन र महिला अधिकारमा जोड

६ भाद्र २०७३, सोमबार १०:२१

सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । हिन्दु नेपाली महिलाहरुको महान् चार्ड हरितालिका तीजको अवसरमा आईतबार देउखुरीको राजपुर—५ जगंहवामा गाविस स्तरिय तीज बिशेष प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

समाजकल्याण मूल समिती राजपुर, जानकी महिला विकास बचत तथा ऋण सहकारी संस्था राजपुर—५ जगंरहवा, दक्षिण देउखुरी अधिकार मञ्च गढवाको आयोजना एवम् आस्था परियोजना सिसा नेपालको सहयोगमा भएको तीज गीत प्रतियोगितामा राजपुर गाविस भरिबाट ५ वटा समूहले भाग लिएका थिए । 


कार्यक्रममा सहभागी प्रतियोगीहरुले तीज गीतको माध्यमबाट संविधान जारी भए पनि हामीलाई केही फरक नभएको, राष्ट्रपति, सभामुख, न्यायधिस महिला नै भए पनि हामी अधिकार पाउन नसकेको, महिला धर्तीका आधा हिस्सा भए पनि महिलाहरु महिलाबाटै पिडित भईरहेका र महिला हिंसाका घटनामा कुनै कमी नआएको गुनासो व्यक्त गरेका छन् । 

उनीहरुले महिलाले पनि देश चलाउन सक्षम रहेकोले चुकोचौला छाडेर अधिकारका लागि सबै महिला एक जुट भएर लाग्नु पर्ने, महिलाले चाहे देशमै आमूल परिवर्तन गर्न सक्ने समेत तीज गीत मार्फत व्यक्त गरेका थिए । प्रतियोगितामा दियालो आमा समूह राजपुर—४ महतिनिया खोला प्रथम, ज्योति समूह राजपुर—२ राईनियाँ दोस्रो र लालीगराँस महिला समूह राजपुर—३ र ९ तृतीय भएका छन् । 

जानकी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष धनपति यादवको अध्यक्षता एवम् दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कँवरको प्रमुख आतिथ्य तथा मञ्चकै संस्थापक अध्यक्ष रामप्रताप यादवको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । 

सहकारी संस्थाकी व्यवस्थापक मायारुपी चौधरीको स्वागत गीतबाट शुरु भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महेश रिजाल, प्रहरी चौकीका प्रहरी ,सहायक निरिक्षक नरबहादुर खड्का, राजपुर गाविस कार्यालयका सहायक तथा सुचना अधिकारी साधराम यादव,  मनिहवा सामुदायिक वनका अध्यक्ष भोगेन्द्र सिंह, वार्ड नागरिक मञ्चका अध्यक्ष रामबरण यादव, सिसा नेपालकी सहजकर्ता राधा यादव, पारालिगल कमिटीकी अध्यक्ष सिता योगी, समाजकल्याण मूल समितीकी अध्यक्ष लालसरी हमाल, देउखुरी टुडे साप्ताहिकका प्रकाशक÷सम्पादक सन्तोषकुमार गुप्ता, दलित संघकी रिता विक र स्थानिय कलाकार रेकबहादुर बुढा लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

कार्यक्रमको सञ्चालन राजपुर गाविसकी समाजिक परिचालक मिना चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…