२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शरीरमा देखिने यस्तो लक्षण हुनसक्छ असामयिक मृत्युको कारण !

२०७८, १४ माघ शुक्रबार ०८:०१

माघ १४, काठमाडौँ | मानिसहरु सामान्यतयाः वृद्ध अवस्थामा पुगेपछि निस्क्रिय बन्न पुग्छन् । उमेर बढेसँगै मानिसमा थकावट पनि बढ्न थाल्छ । एउटा नयाँ अध्ययनका अनुसार मानिसको असामयिक अर्थात समयभन्दा अगाडि नै मृत्युको संकेत देखिन थाल्छ । जर्नल अफ ग्रोन्टोलोजीः मेडिकल साइन्सेजमा प्रकाशित एक अध्ययनका अनुसार तनावका कारण हुने मानसिक र शारीरिक थकावटले मानिसको मृत्यु छिट्टै हुन्छ । यस अध्ययनमा सहभागी ६० वर्ष र त्यो वर्ष धेरै उमेरका २ हजार ९ सय ६ जनालाई थकावटको स्तर सोधिएको थियो । 

अध्ययनमा सहभागीहरुलाई ३० मिनेट हिँड्न, घरका सामान्य काम गर्न, बगैँचाका काम गर्न लगाइएको थियो । मृत्युदरलाई प्रभाव पार्ने कारक तत्वको खोजी गर्नका लागि उक्त गतिविधिमा सहभागिहरुमा थकावटको महसुस गरेका थिए । उनीहरुमा असामयिक मृत्युको खतरा धेरै हुनेहरुमा धेरै थकावट महसुस हुनेहरु थिए । यस्तो जोखिममा हुनेहरुमा डिप्रेशन, दीर्घरोगी, उमेर र लिंग जस्ता कारक तत्वहरु थिए । 

पिट्स ग्रेजुएट स्कुल अफ पब्लिक हेल्थका एपिडेमायोलोजी डिपार्टमेन्टमा एसोसिएट प्रोफेसर तथा स्टडीका प्रमुख लेखक न्यान्सी डब्लु ग्लिनले भनेका छन्, मानिसहरु जीवनको कुनै समयमा शारीरिक रुपमा फिट रहनका लागि विभिन्न व्यायामहरु गर्ने गर्छन् । व्यायामले मानिसलाई धेरै नै सहयोग गर्छ ।

पछिल्लो एक अध्ययनले शारीरिक रुपमा सक्रिय रहने मानिसको भित्र थकावटको स्तर कम हुन्छ । अगाडिको अध्ययनले गम्भीर थकावटले छिट्टै मृत्यु निम्त्याउँने बताएको थियो । तर, शारीरिक रुपमा सक्रिय रहँदा मानिसमा मृत्यु छिट्टै आउँदैन । नियमित रुपमा १५ मिनेट शारीरिक रुपमा सक्रिय रहनुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै