शर्मिला पाठक/भदौ १३, काठमाडौँ । रानीपोखरी पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काठमाडौँ महागरपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शर्मिला पाठक/भदौ १३, काठमाडौँ । रानीपोखरी पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काठमाडौँ महागरपालिक"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

पुरातत्व विभागले रानीपोखरी पुनःनिर्माणमा रोक लगायो

१३ भाद्र २०७३, सोमबार ०८:५६

शर्मिला पाठक/भदौ १३, काठमाडौँ । रानीपोखरी पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काठमाडौँ महागरपालिकालाई आजदेखि काम रोक्न निर्देशन दिएको छ । 

हालसम्मको निर्माण कार्य मापदण्ड विपरीत देखिएकाले उक्त संरचना तत्काल भत्काउन पनि निर्देशन दिइएको पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो । 

ऐतिहासिक महत्वको बालगोपालेश्वर मन्दिर भत्कनु पूर्व जस्तो अवस्थामा थियो सोही अवस्थामा हुनुपर्ने विभागको दाबी छ । हाल निर्माण गरिएको जति पनि भाग छ ती सबैमा सिमेन्ट, गिट्टी, बालुवा रडलगायतका बस्तु प्रयोग भएकाले विभागले आजैदेखि निर्माण कार्यमा रोक लगाएको हो । 

पुनःनिर्माणको जिम्मा लिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले भत्किनु मन्दिरमा कङ्क्रिट प्रयोग भएकाले आफूहरुले अहिले पनि सोहीअनुरुपको सामान प्रयोग गरेको भन्दै नियम विपरीत कुनै काम नभएको दाबी गर्नुहुन्छ । 

कँडेल भन्नुहुन्छ – “पुरानो मन्दिरको बाहिरी भागमा पिल्लर राखेकाले अहिले पनि सोहीअनुरुप काम गरेका हौँ, भत्केको र अहिलेको निर्माण भएसम्मको सबै तस्बिर हामीसँग छ, के–कस्ता सामान प्रयोग भएका छन् हेर्न सकिन्छ ।” 

गत वैशाख दोस्रोसातादेखि सुरु गरिएको पुनःनिर्माणअन्तर्गत मन्दिरमा पिल्लर राख्ने क्रमसँगै पोखरीको बाहिर भागमा पर्खाल लगाउने काम पनि भइरहेको छ । रानीपोखरी निर्माणका लागि रु छ करोड २९ लाखमा ठेक्का पाएकामा हालसम्म रु एक करोड ५० लाख खर्च भइसकेको सो कम्पनीले जनाएको छ । 

विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगेपछि पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई बनाउने जिम्मा दिएको थियो । 

यो मन्दिर भाइटीकाको दिनमात्र खुल्छ, यस वर्ष पनि सर्वसाधारणले मन्दिरमा बसेर टीका लगाउन पाउँछन्, जहाँ दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन्, आउँदो तिहारलाई लक्षित गरेर निर्माणको काम भइरहेको कँडेलले भनाइ छ । रानीपोखरीमा केही वर्षदेखि छठ पर्व पनि मनाउन थालिएको छ । 

पोखरीमा रहेको केही पानी निकालिसकिएको भए पनि वर्षात्को कारणले बाँकी पानी फाल्ने काम गर्न समस्या रहेको निर्माण कम्पनीले जनाएको छ । बर्षा कम भएपछि पानी फल्ने र झन्डै ४०० वर्षदेखि सफा नगरिएको पोखरीको हिलो फाल्ने योजना थियो । 

पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि रानीपोखरीको पुनःनिर्माणअन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलीमिली बनाइने, पोखरीे संरक्षणका लागि चारैतिर बार बारिने, बगैँचा बनाइने, हरियाली र रङ्गीन पानीको फोहोरा राखिने महानगरपालिकाको योजना छ । 

त्यसैगरी, पोखरीको वरिपरि घुम्नका लागि दुईवटा बाटोसँगै छेउछेउमा कफी पसल राखिने, चारसय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको रानीपोखरी प्रताप मल्लले कान्छा छोरा चक्रवर्तिन्द्र मल्लको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराएको इतिहासमा उल्लेख छ । 

दुई वर्ष लगाएर विसं १७२७मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेशसहितका मन्दिर छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प