कविता उपाध्याय/भदौ १७, रोल्पा । “तीन महिनाको गर्भ छोडेर वैदेशिक रोजगारीका लागि घरबाट निस्किएका श्रीमान् फर्कने आशले दोस्रो विवाह गरिनँ । कुर्दाकर्दै जवानी रित्तियो” लिबाङ–४ हरिगातिना रोल्पाकी ३८ वर्षीया प्रतिमा थापाले गहभरि आँसु पार्दै भन्नुभयो ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कविता उपाध्याय/भदौ १७, रोल्पा । “तीन महिनाको गर्भ छोडेर वैदेशिक रोजगारीका लागि घरबाट निस्किएका श्रीमान् फर्कने आशले दोस्रो विवाह गरिनँ । कुर्दाकर्दै जवानी रित्तियो” लिबाङ–४ हरिगातिना रोल्पाकी ३८ वर्षीया प्रतिमा थापाले गहभरि आँसु पार्दै भन्नुभयो । 
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४ वर्ष अघि वैदेशिक रोजगारीमा गएका श्रीमानलाई कुर्दाकुर्दै जवानी रित्तियो

१७ भाद्र २०७३, शुक्रबार ०८:४५

कविता उपाध्याय/भदौ १७, रोल्पा । “तीन महिनाको गर्भ छोडेर वैदेशिक रोजगारीका लागि घरबाट निस्किएका श्रीमान् फर्कने आशले दोस्रो विवाह गरिनँ । कुर्दाकर्दै जवानी रित्तियो” लिबाङ–४ हरिगातिना रोल्पाकी ३८ वर्षीया प्रतिमा थापाले गहभरि आँसु पार्दै भन्नुभयो । 

उहाँको गुनासो थियो–“त्यतिबेला जिल्लामा अहिलेको जस्तो सहज वातावरण थिएन । दिनदहाडै गोली चल्थ्यो, बिहान घरबाट बाहिर निस्केको मान्छे साँझ घर फर्कन्छ कि फर्कंदैन भनेर घरपरिवारलाई दिनभरि चिन्ता भइरहन्थ्यो ।” 

देशमा काम गर्ने वातावरण नभएपछि सशस्त्र युद्ध चलिरहेका बेला थापाका श्रीमान् ढाँटे थापा आजभन्दा करिब १४ वर्ष पहिले वैदेशिक रोजगारीका लागि घरबाट निस्कनुभएको थियो । 

घरबाट बिदाबारी भएका आफ्ना श्रीमान्लाई नेपाली सेनाले आतङ्ककारीको अभियोगमा रोल्पाको होलेरीमा हत्या ग¥यो भन्ने हल्ला थापा छरछिमेकबाट पाए पनि आजसम्म आधिकारिक जानकारी आएको छैन । 

आजभन्दा २० वर्ष पहिले प्रतिमा थापाको हरिगातिना रोल्पाका ढाँटे थापासँग मागी विवाह भएको थियो । विवाहपछि श्रीमान्सँग करिब साढे दुई वर्षमात्रसँगै बसेको बताउने थापाको हाल एउटा १७ वर्षको छोरा र ७५ वर्षकी वृद्ध सासूआमा हुनुहुन्छ । 

“परिवारको खुसी र रोजीरोटीका लागि उहाँ वैदेशिक रोजगारीमा हिँड्नुभएको थियो तर राज्यले हाम्रो खुसी देख्न चाहेन ।” आक्रोशित थापाले भन्नुभयो, मेरा श्रीमान्ले कस्को के बिगारेका थिए र हामीलाई किन यत्रो सजाय ?” उहाँको एउटै प्रश्न छ राज्यसँंग । 

बेपत्ता परिवारका लागि राज्यले दिएको राहत मात्र पर्याप्त नहुने उहाँको भनाइ छ । हामीलाई हाम्रा बेपत्ता सदस्यका बारेमा राज्यबाट आधिकारिक जानकारी चाहिन्छ । “कि लास देखाऊ कि सास देखाऊ अनि मात्र हाम्रो मन बुझ्छ । बेपत्ता पारिएकाको आत्माले शान्ति पाउँछ छ । ” थापाले भन्नुभयो । 

हिँड्ने बेलामा श्रीमान्ले भनेका कुरा सम्झिएर दोस्रो विवाह गर्न नचाहेको उल्लेख गर्दै उहाँले स्मरण सुनाउनुभयो– “गर्भको बच्चा जम्मियो भने राम्ररी स्याहार सुसार गर्नु आमाको ख्याल गर्नु । देशको यो अवस्था छ म दुई तीन वर्षपछि मात्र फर्कन्छु होला । बिदेसिनु मेरो रहर होइन बाध्यता हो । धेरै कमाएर फर्किएँ भने सुखले जीवन काटौँला ।” 

सुखसँग जीवन बिताउने सपना देखाएर हिँडेका श्रीमान्को पर्खाइमा थापाका १४ वर्ष त्यसै बिते । कमाउने मान्छेको अत्तोपत्तो छैन सासूआमा बूढी हुनुहुन्छ छोरा सानो छ । आफ्नो आयस्रोतको बाटो छैन । राहतबाट आएको सानो रकम खाँदैमा सकिन्छ बाँकी जीवन कसरी चलाउने उहाँ अन्योलमा हुनुहुन्छ । 

थापाले भन्नुभयो – “योभन्दा अझ असह्य पीडा त छोरो सानो हुँदा उसले बाबा खै भनेर प्रश्न गर्दा हुन्थ्यो । चाडपर्व आउँदा छोराले बाबा सम्झन्थ्यो । उसले मसँग बाबा किन दसैँमा घर आउनुभएन आमा भनेर प्रश्न गर्दा मन छियाछिया हुन्थ्यो । आज मैले कोसँग यो प्रश्न गरुँ मेरा श्रीमान् खै भनेर ? राज्य कतिञ्जेल बेखबर रहन्छ ? थापाले भन्नुभयो । 

यसरी श्रीमान्को पर्खाइमा जीवन काट्नेहरु धेरै छन् जिल्लामा । उनीहरुको एउटै अनुरोध छ राज्यसँग कि सास देऊ कि लास देऊ । यथाशीघ्र बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव