प्रेम सुनार/भदौ १७, गुल्मी ।  गुल्मीको  रेसुङ्गा नगरपालिका घोषणा भएको झण्डै दुई वर्ष पछि गठन हुन लागेको वडा नागरिक मञ्चमा जिल्लाका शिर्ष नेताहरुले संयोजक पदका लागि गरेको भाग बण्डा प्रति असमती जनाउँदै  यहाँका केहि वडाहरुका जनता विरोधमा उत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/भदौ १७, गुल्मी ।  गुल्मीको  रेसुङ्गा नगरपालिका घोषणा भएको झण्डै दुई वर्ष पछि गठन हुन लागेको वडा नागरिक मञ्चमा जिल्लाका शिर्ष नेताहरुले संयोजक पदका लागि गरेको भाग बण्डा प्रति असमती जनाउँदै  यहाँका केहि वडाहरुका जनता विरोधमा उत्र"/>
३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा दलहरुको भाग–बण्डा विरुद्ध जनता उठे

१७ भाद्र २०७३, शुक्रबार ०९:१३

प्रेम सुनार/भदौ १७, गुल्मी ।  गुल्मीको  रेसुङ्गा नगरपालिका घोषणा भएको झण्डै दुई वर्ष पछि गठन हुन लागेको वडा नागरिक मञ्चमा जिल्लाका शिर्ष नेताहरुले संयोजक पदका लागि गरेको भाग बण्डा प्रति असमती जनाउँदै  यहाँका केहि वडाहरुका जनता विरोधमा उत्रेका छन् । जनताको यो विरोधलाई यहाँका राजनैतिक दलहरु भने सञ्चार माध्यममा ल्याउन चाहदैनन् । उनिहरु भन्छन् हामी फेरी तिन प्रमुख दलका नेताहरु बसेर मिलाउछौं ।

  जिल्ला स्तरिय नेताले यस भनि रहँदा  वडा स्तरमा रहेका उनका कार्यकर्ता र सर्व साधरण जनताले भने आफुहरुले नेता छान्न पाउनु पर्ने   खटिएका कर्मचारीहरुले टिका लगाएर संयोजक छान्न नपाईने भन्दै विरोध गरेका छन् । साविकको दुविचौर, हाल नगर पालिकको वडा नम्वर १४ मा भदौं १५ गते वडा  नागरिक मञ्च गठन गर्न गएको टोली , नेपाली काग्रेसका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ता विच झण्डै झडपको स्थिती आएको  थियो ।

माओवादी केन्द्रका जिल्ला सदस्य रहेक  गिरीसिंह महाकिमले भने –‘ विधि र प्रकृया मिचेर वडा नागरिक मञ्च गठन गर्न आएका कर्मचारीहरुले नेकपा एमाले र माओवादीका कार्यकर्ताहरुलाई थाह नदिई सुटुक्क कांग्रेसका कार्यकर्ताहरुलाई मात्र जम्म गरेर गठन गर्न लागिएको वडा नागरिक मञ्च आफुहरुलाई मान्य नहुने भन्दै विरोध गरिएको बताए ।

   उनले विधी र प्रकृया अनुसार स्थानिय जनताको महुमत पक्षले छानेको वडा नागरिक मञ्च हुनु पर्ने अडान लिदै भने–‘ हाम्रो पार्टीकै संयोजक हुनु पर्छ भन्ने होईन जुन दलको भए पनि यहाँका जनताले छानेको हुनु पर्छ अन्यथा उक्त दिन खटिएका कर्मचारीहरुले किर्ते हस्ताक्षर गराएको , वाटोमा जो भेटिन्छ उसैलाई हस्ताक्षर गराएर हिडेको आरोप लगाउँदै भने–‘ हामीले उक्त कागज खोस्न खोज्दा झडपको स्थिती आएको थियो , हामी विधी र प्रकृयाको पक्षमा छौं   । ’वडा नम्वर १२ सिमीचौरमा पनि नेकपा एमालेका स्थानिय कार्यकर्ताले विरोध जनाएको बताईएको छ ।

यस्तो छ दलिय भाग बण्डा

वडा नागरिक मञ्चको संयोजक दलहरुको आ–आफ्नै दावि र विवादका कारण नगरपालिका घोषणा भएको झण्डै दुई वर्ष सम्म पनि वडा नागरिक मञ्च गठन हुन नसकेको लाज मर्दो परिस्थती भए पनि जिल्ला स्तरका नेताहरु वसेर सहमती गरेर वडा नागरिक मञ्च गठन सुरु गरेका हुन् ।

उनिहरुको सहमती अनुसार नेपाली कांग्रेसले ७ वटा वडामा संयोजक  र २ वटा सह संयोजक , नेकपा एमालेले ४ वटामा संयोेजक र ३ वटा वडामा सह संयोजक , माओवादी केन्द्रले २ वटामा संयोजक र ६ वटा वडामा सह संयोजक , राप्रपा नेपाल र राप्रपाले एक एक वडामा संयोजक पाउने र अन्य दलहरुलाई सह संयोजक पाउने भएका हुन् ।

सोही अनुरुपम अर्खलेको चेक्मी लगायतका स्थान वडा नम्वर ७ मा माओवादी केन्द्रले संयोक पाएको छ । सिमीचौरका राङ्गवास भेगको वडा नम्वर १३ मा पनि उसैले संयोजक बनाएको छ । वडा नम्वर १४ पनि उसको वाहुल्य रहेको भन्दै संयोजक दावी स्थानिय कार्यकर्ताले गरेको बताईएको छ ।

त्यसो त वडा नम्वर १ साहु टोल लगायतको स्थान नेपाली कांग्रेसको अत्याधिक वहुमत रहेको ठाउँ हो, कांग्रेसले राप्रपा नेपाललाई संयोजक दिन सहमत भएर सहमतीको मार्ग खुलाएको छ । वडा नम्वर १२ को सिमीचौरमा एमालेको वाहुल्य रहेको भनिएको स्थानमा पनि एमालेले संयोजक राप्रपालाई दिन मञ्जुर भएको छ ।  एमालले अर्खलेको भण्डारी टोल लगायको स्थानलाई जोडेर बनाइएको वडा नम्वर ४ मा संयोजक बनाएको छ । वडा नम्वर १० रहेको स्थान उपल्लो तम्घास लगायतका स्थानमा पनि एमालेले नै संयोजक पाएको हो ।

 भुजेलखर्क लगायतको स्थान रहेको वडा नम्वर ८  र सिमीचौको वडा नम्वर  १ मा  पनि उसैले संयोजक पाएको छ ।  वडा नम्वर २ , ३ , ५ , ६ , ९ , १४ र १५ मा कांग्रेसले संयोजक पाउने भागबण्डा भएको नेताहरुले बताका छन् ।  

के भन्छन त दलका नेताहरु ?  

वडा नागरिक मञ्च गठनको सहमतीको विन्दु खोजेको यहाँका प्रमुख तिन दलका नेताहरु संग केहि वडाहरुमा देखिएको विवादका सम्वन्धमा हामीले प्रतिकृया मागेका थियो ।  नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले सरकार गठनमा समेत कांग्रेसले देशका जटिल परिस्थतीलाई मध्य नजर गर्दै तेश्रो दल माओवादी केन्द्रका अध्यक्षलाई प्रदान मन्त्री बनाएको बेला नगरपालिकाको वडा नागरिक मञ्च गठन जस्तो सानो कुरामा सहमतीको विकल्प नभएको  प्रतिकृया दिए ।

चुनाव गराउने परिस्थी नभएको र लामो समय सम्म गठन हुन नसके पछि आफुहरुले दलहरु विचको हारजितको विषय भन्दा पनि वडा नागरिक मञ्च गठन गर्न सक्नु सवै दलको जितको विषय भएको उनले बताए ।  उनले भने–‘ कुन वडामा को कसको वाहुल्य छ भन्ने सवाल उठाउने हो भने वडा नम्वर १ मा हाम्रो अत्याधिक वाहुल्य छ जहाँ हामी राप्रपा नेपालललाई संयोजक दिन मञ्जुर भयौं , यसलाई हाम्रो कम्जोरी नमानियोस सहमतीका लागि यो हाम्रो महानता हो । ’

नेकपा एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्थले पनि उस्तै प्रतिकृया दिदै भने विधि र प्रकृयालाई टेकेर सहमतीको वातवरण मिलाईएको र त्यसमा नेकपा एमालेका स्थानिय कार्यकर्ताले विरोध गरेको पाईएको छैन् ।  नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य  सुदर्शन बरालले पनि सहमतीको विकल्प नभए पनि विधी र प्रकृया मिच्न नहुने प्रतिकृया दिए ।

उनले भने –‘कैयौं वडामा त्यहाँका सवै जनतालाई सहभागी नवनाई , उनिहरुको हस्ताक्षर समेत नगराई उनिहरुलाई नेता चुन्न पाउने लोकतान्त्रिक मुल्य र मान्यतालाई समेत तोड्दै गठन गरिएको वडा नागरिक मञ्च प्रति आफुले नगरपालिकाका कार्यकारी अधिकृत वावुराम पल्लीको ध्यानकृष्ट गराएको बताए ।

यस सम्वन्धमा कार्यकारी अधिकृत पल्लीको प्रतिकृया माग्दा उनले गठन गर्ने जिम्मा पाएको सेवा प्रदायिक संस्थाले रिर्पोट आफुहरुलाई नबोलाए सम्म प्रतिकृया दिन नसक्ने बताए ।  गठन गर्ने जिम्मा पाएको जन विकास केन्द्र गुल्मीका अध्यक्ष भुपाल पोखरेललले अलि अलि विवाद हुनु स्वभाविक भएको भन्दै कर्मचारीहरुले आफुलाई रिर्पोट नबुझाएकोले के भएको छ भन्ने कुरा आफुलाई जानकारी नहुने बताए ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरे संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाइ गरिए आन्दोलन गर्ने चेतावनी दियो मन्त्री प्रदीप यादवद्वारा मेलम्चीमा छड्के अनुगमन, १६ कर्मचारी अनुपस्थित पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरे प्रधानमन्त्री ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए रवि लामिछाने थुनाः सर्वोच्च अदालतले मगायो उच्चको कैफियत प्रतिवेदन नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, अधिकांश पर्यटकीय गन्तव्य पर्यटकले भरिभराउ शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए नेप्से परिसूचक आठ अङ्कले घट्यो करेन्ट लागेर २ जनाको मृत्यु लागुऔषध र अवैध पेस्तोलसहित एक जना भारतीय नागरि पक्राउ राजावादी प्रदर्शनका क्रममा चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थाले भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्था लगायत सेयर बजार बन्द रहने पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरे इसेवाले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधिको माग गर्यो अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकियो अवैध लागुऔषधसहित १७ जना पक्राउ प्रधानमन्त्री ओलीले तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरे रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता