१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटै वडाका तीन नेता प्रदेशसभाको चुनावी मैदानमा

२५ आश्विन २०७९, मंगलवार ०५:०८

असोज २५, खोटाङ । खोटाङमा एउटै वडाका तीन नेता प्रदेशसभाको चुनावी मैदानमा उत्रिएका छन् । आगामी ४ मंसिमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेशसभा (क)मा नेकपा एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका पाँचकर्ण राई (पिके), नेकपा (एकीकृत समाजवादी)बाट बीरवलकाजी राई र जनता समाजवादी पार्टीबाट राकेश राई चुनावी दौडमा उत्रिएका हुन् । एकै वडाका तीन नेताले आइतबार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन् । 

तश्वीरमा क्रमश: बीरवलकाजी राई, पाँचकर्ण राई (पिके) र राकेश राई । 

पाँचकर्ण र राकेश साविकको बुईपा–२ का स्थायी बासिन्दा हुन् भने वीरवलकाजी साविकको बुईपा–१ का हुन् । साइनोमा एकै दाजुभाइभित्रका पाँचकर्ण काका र राकेश भतिजा हुन् । एकैठाउँबाट तीन नेता उम्मेदवार उठेपछि आफन्तकै मत बाँडिने भएको छ । दलहरुले भने एकै वडाका तीन नेताले टिकट पाउनुलाई संयोग भनेका छन् । उम्मेदवारी दर्तासँगै तीनै जना नेताहरु चुनावी अभियानमा जुटेका छन् । उनीहरुलाई मतदाताको घरमा पुग्ने, चुनावी कार्यक्रम सम्बन्धी योजना बनाउने चटारो सुरु भएको छ । 

आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित नौ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै, प्रदेशसभा (क)मा नौ जना र प्रदेशसभा (ख)मा छ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह