१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईयूमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेकाे विमानमा पनि माेबाइल फाेन प्रयाेग गर्न पाउने

१८ मंसिर २०७९, आईतवार १५:२२

मंसिर १८, काठमाडौँ । युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि मोबाइल फोन प्रयोग गर्न पाउने भएका छन् । उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित 'फाइभ जी' प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगले जनाएको छ ।

याे निर्णयपछि विमानका यात्रुले अब आफ्नो मोबाइललाई 'फ्लाइट मोड' मा राखिरहन पर्दैन । यद्यपि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अझै स्पष्ट नरहेको बीबीसीले जनाएको छ ।

युरोपेली सङ्घका सदस्य देशहरूलाई विमानका लागि फाइभ जी फ्रिक्वेन्सी उपलब्ध गराउन आउँदो वर्षको जुन ३० सम्मको समय दिइएको छ । सम्पूर्ण प्रविधि तयार भएपछि यात्रुले उडिरहेको विमानबाट पनि फोन गर्न र मोबाइल डेटाबाट गीत, सङ्गीत सुन्न र भिडिओ पनि हेर्न सक्नेछन् ।

अमेरिकामा फाइभ जी फ्रिक्वेन्सीले विमानकाे उचाइ मापानमा समस्या हुने, उडानहरू प्रभावित गर्न सक्ने चिन्ता व्यक्त भए पनि युरोपेली सङ्घका देशमा यसले कुनै समस्या नहुने बीबीसीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह