४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालविरुद्ध हङकङ : पुजाको स्थानमा विमलाले खेल्ने

५ आश्विन २०७८, मंगलवार ०८:४०

न्युज कारखाना। ५ असोज, काठमाडौं । एएफसी महिला एसियन कप २०२२ छनोटअन्तर्गत दोस्रो खेलमा हङकङसँग खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्वजनिक भएको छ  ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने दोस्रो खेलमा लागि नेपाली टोलीको प्लेइङ सेट सार्वजनिक भएको हो । खेल नेपाली समयअनुसार दिउसो ३:४५ बजे सुरु हुनेछ । प्रशिक्षक फिलिप्स ग्यारीले फिलिपिन्ससँगको खेलबाट १ मात्रै खेलाडी परिवर्तन गरेका छन् । चोट बोकेकी पुजा रानाको स्थानमा विमला विकले हङकङविरुद्ध खेल्ने छिन् । विमलाले फिलिपिन्सविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्युसमेत गरेकी थिइन् । 

रेनुका नगरकोटीको कप्तानीमा हङकङविरुद्ध खेल्ने सुरुवाती-११ मा प्रिती राई, सविता राना मगर र विमला चौधरीले अट्याकको भूमिका निभाउने छन् ।
यस्तै मिडलाइनमा रेनुकासहित, दिपा राई, मन्जली कुमारी योन्जन र सरु लिम्बुलाई जिम्मेवारी दिइएको छ ।

यस्तै डिफेन्समा हिरा कुमारी भुजेल, गीता राना, अमृता जैशी र विमला विक रहेकी छन् । गोलरक्षकमा भने एन्जिला तुम्बाप्पो सुब्बा रहेकी छन् ।
यसअघि पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
नेपालको सुरुवाती-११
गोलकिपर – अन्जिला सुब्बा
डिफेन्डर – हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, विमला विक
मिडफिल्डर – रेनुका नगरकोटी, सरु लिम्बु, मन्जली कुमारी योन्जन
फरवार्ड – प्रिती राई, सबिता राना मगर, विमला चौधरी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल