2026-08-23 08:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सातै प्रदेशबाट उत्साहपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको छ । जस अन्तर्गत ३५३ जनाले देशभरबाट उम्मेदवारी दिएका छन् ।

पार्टीका अनुसार प्रदेशगत रूपमा कोशी प्रदेशबाट ६० जना, मधेश प्रदेशबाट ६१ जना, बागमती प्रदेशबाट सबैभन्दा बढी ९४ जना, गण्डकी प्रदेशबाट ४३ जना, लुम्बिनी प्रदेशबाट ४४ जना, कर्णाली प्रदेशबाट २१ जना र सुदूरपश्चिम प्रदेशबाट ३० जनाले समानुपातिकतर्फ उम्मेदवारी दिएका छन् ।

रास्वपाले गत संघीय निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा प्रदेशगत रूपमा बन्द सूचीमा समेटिने उम्मेदवारहरुको संख्या तय गर्दैछ । पार्टीका अनुसार बागमती प्रदेशबाट सबैभन्दा बढी ३० जना, लुम्बिनी प्रदेशबाट २१ जना, कोशी प्रदेशबाट २० जना, मधेश प्रदेशबाट १५ जना, गण्डकी प्रदेशबाट १३ जना, सुदूरपश्चिम प्रदेशबाट ७ जना र कर्णाली प्रदेशबाट ४ जना समानुपातिकको बन्द सूचीमा पर्नेछन् । जसको लागि क्रमश उम्मेदवारी दिएकाहरुले छनौट प्रक्रियामा भाग लिनु पर्नेछ ।

पार्टी नेतृत्वले समानुपातिक उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, समावेशी र योग्यता–आधारित हुने बताउँदै यस प्रक्रियाले पार्टी संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ । आन्तरिक निर्वाचन र छनौट प्रक्रियाको पारदर्शिताको लागि पार्टीले छुट्टै उम्मेदवार छनौट अडिट समिति समेत बनाएर काम गरिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको गत मङ्सिर २५ गते बसेको पार्टी सचिवालय बैठकले पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका सदस्यहरूको प्राकृतिक आवश्यकता, उच्च संवाद समितिको तर्फबाट भइरहेको सम्भाव्य सहकार्य तथा एकता, साथै जेन–जी अगुवा र सरकारबीच भएको सम्झौतालाई समेत ध्यानमा राख्दै आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारी दिने म्याद आगामी पौष ५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको थियो । तर पार्टीले पौष ३ गतेनै समानुपातिकतर्फ उम्मेदवारी दिने म्याद राखेर उम्मेदवारहरुको नाम समेत सार्वजनिक गरेको छ ।

समानुपातिक तर्फ उम्मेदवारी दिएकाहरुको बिरुद्ध दावी/बिरोध गर्न चाहे आजलाई समय दिईएको छ । त्यस्तै सनिबार सातै प्रदेशमा उम्मेदवारहरुसँग छलफल र अन्तिम नामावली प्रकाशन हुँदैछ । त्यसपछि उम्मेदवारहरुको लिडरसिप एकेडेमी, पोलीटिकल प्रोक्सिमिटि र समावेशिताको मापन हुनेछ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फ अन्तिम बन्द सुचीको लागि सदस्यहरुले उम्मेदवार छनौट गर्न आफ्नै एपबाट प्रारम्भिक निर्वाचनमा मतदान गर्नेछन् ।

अब पार्टीले प्रदेश अनुसार फरक फरक मितिमा छलफल‌ गर्दैछ । जसको लागि प्रदेश अनुसार स्थान र समय समेत निर्धारण भईसकेको छ । प्रक्रिया अन्तर्गत उम्मेदवारहरुले सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो