४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई १२८ रनको लक्ष्य

१२ मंसिर २०७८, आईतवार ०७:४३

मंसिर १२, काठमाडौं | चामनी सेनेभिरात्नाको अर्धशतक मद्दतमा आइसीसी महिला टि-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाललाई आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको विशाल योगफल तयार पारेको हो । यूएईको विशाल योगफलमा चामनी सेनेभिरात्नाले अर्धशतकसहित सर्वाधिक ५२ रन बनाइन् । ३६ बल खेलेकी चामनीले ७ चौका प्रहार गरेकी थिइन् । यस्तै थीर्थ सतिशाले ४७ रन बनान् । अर्धशतक बनाउन ३ रनले चुकेकी सतिशाले ४६ बलमा ३ चौका प्रहार गरेकी थिइन् । यस्तै, कभिशा इगोदगेले २२ रनको योगदान गरिन् । 

यता, टस जितेर फिल्डिङ गरेको नेपालको लागि कविता कुँवरले दुई विकेट लिइन् । सब्नम राई, सीता राना मगर र संगीता राईले एक एक विकेट लिए ।  निर्णायक खेल (यही खेल)को विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि-२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउँनेछ ।

आइतबार नेपाल र यूएई दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन् । यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले पुग्दैन । रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल