४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अल्पकालिन आदेशले खेल क्षेत्रमा दीर्घकालिन असर गर्‍याे’

१३ पुष २०७८, मंगलवार १०:५७

पुस १३, काठमाडौँ | युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली खेलाडीहरु सबै प्रकारको खेल खेल्न सक्षम रहेको बताएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले प्राकृतिक रुपमै उच्च मनोबल भएका नेपाली खेलाडीहरुमा विश्वका सबै प्रकारका खेल खेल्न सक्ने क्षमता रहेको बताएका हुन्।

‘हामी प्राकृतिक रुपमै उच्च मनोबलका धनि छौं’, सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको आफ्नै भवनमा आयोजित १२ औं साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले भने, ‘हामीसँग संसारका सबै प्रकारका खेल खेल्न सक्ने भौगोलिक भू–वनावट छ । त्यसको अधिकतम प्रयोग गरेर खेल क्षेत्रको गुणात्मक विकास गर्न आवश्यक छ र त्यो हाम्रै पालामा सम्भव छ ।’

एक फरक प्रसङ्गमा बोल्दै मन्त्री अथकले खेल क्षेत्रमा राजनिती गरिनु दुःखद भएको पनि उल्लेख गरे । बिगतदेखी नै खेलाडीहरुलाई सत्ता निकटका ब्यक्तिहरुले गलत रुपमा प्रयोग गर्दै आईरहेको जिकिर गर्दै उनले पछिल्लो समय खेल क्षेत्रमा ब्यापक राजनिती मौलाएकाले अपेक्षित उपलब्धी हासिल हुन नसकेको दावी गरे।

यसैबिच राष्ट्रिय खेलकुद परिषद (राखेप) का विषयमा हालै अदालतबाट आएको आदेशले खेल क्षेत्रको विकासमा दीर्घकालिन असर गरेको मन्त्री अथकले बताए। ‘राखेपको सन्दर्भमा आदेश त अल्पकालिन थियो तर त्यसले खेलकुदमा दीर्घकालिन असर गरेको छ ।’ मन्त्री अथकले भने, ‘खेलकुदमा दीर्घकालिन असर गर्ने काम अदालतबाट हुने छैन भन्नेमा विश्वस्त छु ।’

समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई प्राथमिकतामा राखेर हेरिनुपर्नेमा अदालतको ढिलासुस्तीका कारण खेलकुदमा दुर्भाग्यपूर्ण अवस्था सृजना भएको भन्दै मन्त्री अथकले असन्तुष्टि जनाए। ‘यो रमेश सिलवालको विषय मात्र हैन, अथवा टंकलाल घिसिङको विषय मात्र हैन । यो समग्र खेल क्षेत्रसँग जोडिएको विषय हो ।’ अथकले भने, ‘अदालतको निर्णयमा ढिला सुस्ती भईरहेको छ ।’

उनले खेलकुदमा दीर्घकालिन असर गर्ने काम अदालतबाट नहुने अपेक्षा समेत व्यक्त गरेका छन्। सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई हटाएर टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । सोही विषय अदालतमा पुगेपछि अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलका लागि बोलाएको थियो । तर १२ गते समय अभावको कारण देखाउँदै मुद्धामाथी बहस भएन । उक्त मुद्धा अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता